शिक्षा

चार महिनासम्म पनि सकिएन ‘जेनजी’ आन्दोलनका घटनाको जाँचबुझ, म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

चार महिनासम्म पनि सकिएन ‘जेनजी’ आन्दोलनका घटनाको जाँचबुझ, म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं‘जेनजी’ आन्दोलनका क्रममा गएको २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको काम नसकिएपछि पुनः म्याद थपका निम्ति मन्त्रिपरिषद्‌मा प्रस्ताव लगिएको छ । मन्त्रिपरिषद्‌बाट कम्तीमा दुई साताका निम्ति दोस्रोपटक म्याद थप्ने तयारी छ ।गएको भदौ २३ मा राज्यपक्ष र २४ गते प्रदर्शनकारीबाट घटाइएका घटनामा भएको धनजनको क्षति छानबिन र दोषीलाई कारबाहीका निम्ति पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको थियो । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले छानबिनका निम्ति तीन महिनाको समय दिएर आयोग गठन गरेको थियो ।जाँचबुझ आयोगले असोज ८ गतेदेखि काम थालेको थियो । आयोगको सुरुको तीनमहिने म्याद पुस ९ गते नै सकिएको हो । समयमा काम नसकिएपछि मन्त्रिपरिषद्को निर्णयबाट पुनः एक महिना म्याद थपिएको थियो । थपिएको उक्त म्याद भोलि ९माघ ८० सकिँदै छ ।कार्की नेतृत्वक...
प्रतिनिधि सभा निर्वाचन: प्रतिस्पर्धामा चार पूर्व प्रधानमन्त्री

प्रतिनिधि सभा निर्वाचन: प्रतिस्पर्धामा चार पूर्व प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन नजीकिएसंगै पुर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन्।२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनले ओलीलाई हराएका थिए। जनआन्दोलनपछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनदेखि २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचन, २०७० र संविधान जारी भएपछि भएको २०७४ र २०७९ को निर्वाचनमा ओलीले जीत हासिल गरेका थिए। तीन पटक प्रधानमन्त्री भइसकेका उनलाई फेरि पनि एमालेले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ। ओलीका लागि यसपटक बालेन्द्रसँग रोचक प्रतिस्पर्धा हुने भएको छ। गृह जिल्लामा प्रतिस्पर्धा गर्न आएका बालेन्द्रको सामना गर्न उनले कडा मेहनत गर्नुपर्ने देखिन्छ । ‘जेन–जी’ आन्दोलनले प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी चुनावी ‘निशानामा’ छन्। रास्वपा वरिष्ठ नेता बालेन्द्रसँग यसपटकको उनको प्रत...
प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँमंगलबार उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता सम्पन्न भएपछि आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने बताएको छ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बज...
सुनको मूल्य १० हजार ४सय रुपैयाँ बढ्यो, तोलामा २ लाख ९५ हजार नाघ्यो

सुनको मूल्य १० हजार ४सय रुपैयाँ बढ्यो, तोलामा २ लाख ९५ हजार नाघ्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १सय रुपैयाँ पुगेको छ।यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा भूराजनीतिक कारणले सुनचाँदीको मूल्य प्रभावित भइरहेको बताइएको छ । ...
रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी दर्ता

रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी दर्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलफागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपले उम्मेदवारी दर्ता गराएका छन् ।एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्वस्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् । उम्मेदवारी दर्तापछि पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरे । निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीका अनुसार राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष...
निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय

निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले प्रचार प्रसारका लागि दुई साता समय पाउने भएका छन् ।निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार फागुन ४ देखि १८ सम्म निर्वाचन प्रचारप्रसारको समय तय गरिएको छ ।प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय दिइएको भएता पनि उम्मेदवारी दर्ता गरेर निर्वाचन चिह्न लिएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जान सक्नेछन् ।मौन अवधि सुरु भएपछि भने प्रचारप्रसार गर्न पाइने छैन । आयोग निर्वाचन आचारसंहिता पालना गराउन कडाइका साथ प्रस्तुत हुने पनि भण्डारीले बताएका छन् ।२सय७५ सदस्यीय प्रतिनिधिसभामा १सय१० जना समानुपातिक तर्फबाट र १सय६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो । ...
अन्तरिम सरकारका चार मन्त्री राजीनामा दिएर चुनावमा

अन्तरिम सरकारका चार मन्त्री राजीनामा दिएर चुनावमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंवर्तमान अन्तरिम सरकारका चार जना मन्त्री राजीनामा दिएर चुनावी मौदानमा उत्रिएका छन् । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम मन्त्रिपरिषद्मा रहेका शिक्षामन्त्री पुनसहित चार जना राजीनामा दिएर चुनावमा होमिएका हुन् ।आज बिहान मात्रै राजीनामा दिएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभास सदस्यमा उम्मेदवारी दिर्ता गरेका छन् ।निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् ।निर्वतमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावमा होमिएका छन् । गुप्ता सिराहा १ बाट चुनाव लड्द...
न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल

न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा आएर रुपन्देहीलाई भुल्न नसक्ने बताएका छन् । विगतमा आफूले अघि सारेका योजनाहरुलाई पूर्णता दिनका लागि रुपन्देही-२ बाट आफ्नो उम्मेदवारी रहने बताउँदै उनले रुपन्देही बासीले पनि आफूलाई भुलन नसक्ने विश्वास व्यक्त गरे । एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवल सुख्खानगरमा नेता कार्यकर्ताहरुबीच बोल्दै उनले भने- ‘न मैले रुपन्देहीलाई भुल्ने छु, न मलाई रुपन्देहीले भुल्ने छ ।’ शनिबार बसेको एमाले सचिवालय कमिटीको बैठकले पौडेललाई पाल्पा-२ बाट चुनाव उठाउने निर्णयसँगै रुपन्देहीका नेता कार्यकर्ताले आवाज उठाएपछि निर्णय सच्चिएको सन्दर्भमा उनले उक्त कुरा व्यक्त गरेका हुन् । पार्टीको निर्णयभन्दा फरक भएर आफू जान नसक्ने बताउँदै उनले सचिवालय बैठकमा आफूलाई पाल्पा पठाउन छलफल चलाए पनि रुपन्देहीका नेता कार्य...
निर्वाचनका लागि ४४ दिन बाँकी: प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी आज

निर्वाचनका लागि ४४ दिन बाँकी: प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभाको प्रत्यक्षतर्फ १सय६५ निर्वाचन क्षेत्रमा मंगलबार हुने मनोनयनका लागि सोमबार बेलुकीसम्म नेकपाले १सय६५, एमालेले १सय६३ र कांग्रेसले ५० उम्मेदवारको टुंगो लगाएका छन् । कांग्रेसमा शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरिसकेका छन् भने उनका पक्षधरका नेताहरु र शेखर कोइराला पक्षका उम्मेदवारसहित छनोट गर्नुपर्ने भएकाले ढिलाइ भएको हो, बाँकी उम्मेदवारको मंगलबार बिहानसम्म टुंगो लाग्ने नेताहरूको भनाइ छ । यस्तै रास्वपाले ९२ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । राप्रपाले नयाँ र पुराना अनुहारलाई मिलाएर टिकट वितरण गरेको छ । एमालेले दाङ–१ र काठमाडौं–४ बाहेक सबै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । यस पटक कांग्रेस र नेकपाले नयाँ र युवालाई प्राथमिकतामा राखेर टिकट वितरण गरेको जनाएका छन् । एमालेमा पनि यसअघि अवसर नपाएका धेरै नयाँ अनुहारलाई अघि सारिएको छ । यद्यपि फरक मत राख्न...
रुपन्देहीसहित देशभर भोलि हुने मनोनयन दर्ताका लागि दलहरु आयोग जाने कार्यतालिका

रुपन्देहीसहित देशभर भोलि हुने मनोनयन दर्ताका लागि दलहरु आयोग जाने कार्यतालिका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनिर्वाचन आयोले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न मुख्य ५ राजनीतिक दललाई फरक-फरक समय विभाजन गरेको छ। उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न भन्दै आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई समय निर्धारण गरेको हो। रुपन्देहीसहित भोेलि देशभर उम्मेदवारी दर्ता हुँदै छ। आयोगका अनुसार सबै भन्दा पहिले रास्वपालाई समय दिइएको छ भने सबैभन्दा पछि कांग्रेसलाई समय तोकिएको छ । रास्वपाका उम्मेदवारले १ बजे उम्मेदवारी दर्ता गर्नुपर्ने छ भने २ बजे राप्रपाका लागि छुट्याइएको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवारका लागि साढे २ बजे समय तोकिएको छ भने नेपाली कांग्रेसका उम्मेदवारलाई ३ बजेको समय दिइएको छ। त्यस्तै सबैभन्दा अन्तिममा नेपाली कांग्रेसका उम्मेदवारका लागि ४ बजेका समय तोकिएको छ। ...