न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल


बुटवल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा आएर रुपन्देहीलाई भुल्न नसक्ने बताएका छन् । विगतमा आफूले अघि सारेका योजनाहरुलाई पूर्णता दिनका लागि रुपन्देही-२ बाट आफ्नो उम्मेदवारी रहने बताउँदै उनले रुपन्देही बासीले पनि आफूलाई भुलन नसक्ने विश्वास व्यक्त गरे ।

एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवल सुख्खानगरमा नेता कार्यकर्ताहरुबीच बोल्दै उनले भने- ‘न मैले रुपन्देहीलाई भुल्ने छु, न मलाई रुपन्देहीले भुल्ने छ ।’ शनिबार बसेको एमाले सचिवालय कमिटीको बैठकले पौडेललाई पाल्पा-२ बाट चुनाव उठाउने निर्णयसँगै रुपन्देहीका नेता कार्यकर्ताले आवाज उठाएपछि निर्णय सच्चिएको सन्दर्भमा उनले उक्त कुरा व्यक्त गरेका हुन् । पार्टीको निर्णयभन्दा फरक भएर आफू जान नसक्ने बताउँदै उनले सचिवालय बैठकमा आफूलाई पाल्पा पठाउन छलफल चलाए पनि रुपन्देहीका नेता कार्यकर्ताको बलियो साथले रुपन्देहीमै उम्मेद्वार बनाउने निर्णय गरेको उनले बताए । सोमबार पौडेल रुपन्देही आउने भएपछि सयौंको सङ्ख्यामा नेता कार्यकर्ता भैरहवा विमानस्थलमा उनलाई स्वागत गर्न पुगेका थिए । रुपन्देही क्षेत्र नम्बर-३ बाट उम्मेदवारी पाएका बासुदेव घिमिरे, एमाले केन्द्रीय सदस्य गोपाल राना, एमालेबाट समानुपातिक उम्मेद्वार तथा उद्योगी एजाज आलम, एमाले रुपन्देही अध्यक्ष लगायतका नेताहरुका साथै ठूलो सङ्ख्यामा युवा विद्यार्थीले पौडेललाई भैरहवा विमानस्थलबाट बुटवलस्थित पार्टी कार्यालयमा ल्याएका थिए ।
सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा पौडेलले रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये ४ वटा निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित भैसकेको र सतप्रतिशत नतिजा ल्याउने लक्ष्यसहित चुनाबी अभियानमा लाग्न आह्वान गरे । उनले सोमबारनै एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेल तथा रुपन्देही अध्यक्ष यज्ञ गैरेबाट संयुक्त रुपमा चुनावका लागि टिकट ग्रहरण गरेका थिए । कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर-५ का उम्मेद्वार खिमलाल भट्टराई, रुपन्देही-१ का उम्मेद्वार दधिराम न्यौपाने, लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी तथा एमाले लुम्बिनीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतका नेताहरु स्वागतका लागि पुगेका थिए ।

छुटाउनुभयो कि ?

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

काठमाडौँस्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान ...
बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...