बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी युवाहरूको क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन लागेको बताएका छन्।
उनले यसअघि जेनजीको आन्दोलनलाई समर्थन गर्ने क्रममा भेडाको खोल ओढेर आउने ब्वाँसाहरूसँग सतर्क रहन गरेको आग्रह स्मरण गरेका छन्।
भट्टराईले जेन-जीको आन्दोलनमा त्यस्ता व्यक्तिहरू पसेको हुन सक्ने शंका व्यक्त गरेका छन्।
भट्टराईले संसद, सिंहदरबार, अदालत र दलका नेताहरूको निवास आदि छानीछानी आगो लगाउने काम जेनजीले गरेको विश्वास नरहेको उल्लेख गरेका छन्।
'लोकतन्त्रका प्रमुख आधार, स्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला,' भट्टराईले फेसबुकमा लेखेका छन्, 'त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!'
भट्टराईले ब्वाँसाहरूलाई चिन्ने प्रयास गर्न सुझाव दिएका छन्। उनले फ्रान्सेली क्रान्तिको इतिहास पढ्न पनि सुझाव दिएका छन्।'एक दशकदेखि लोक...







