बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ



पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी युवाहरूको क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन लागेको बताएका छन्।

उनले यसअघि जेनजीको आन्दोलनलाई समर्थन गर्ने क्रममा भेडाको खोल ओढेर आउने ब्वाँसाहरूसँग सतर्क रहन गरेको आग्रह स्मरण गरेका छन्।

भट्टराईले जेन-जीको आन्दोलनमा त्यस्ता व्यक्तिहरू पसेको हुन सक्ने शंका व्यक्त गरेका छन्।

भट्टराईले संसद, सिंहदरबार, अदालत र दलका नेताहरूको निवास आदि छानीछानी आगो लगाउने काम जेनजीले गरेको विश्वास नरहेको उल्लेख गरेका छन्।

‘लोकतन्त्रका प्रमुख आधार, स्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!’

भट्टराईले ब्वाँसाहरूलाई चिन्ने प्रयास गर्न सुझाव दिएका छन्। उनले फ्रान्सेली क्रान्तिको इतिहास पढ्न पनि सुझाव दिएका छन्।
‘एक दशकदेखि लोकतन्त्रको जगमा टेकेर मुख्यतः सुशासन र समृद्धिको वैकल्पिक राजनीतिलाई अघि बढाउनुपर्छ भनेर उकाली ओराली गर्दै रातदिन खट्दै आएको मानिसलाई तपाईंहरूले मार्नुहुन्छ र घरमा आगो लगाउनुहुन्छ भन्ने विश्वास गर्दिनँ,’ भट्टराईले लेखेका छन्, ‘त्यसैले सुरक्षाकर्मी र निकट सहयोगी साथीहरूले जोड गर्दागर्दै पनि आत्मविश्वासपूर्वक घरमै बसेर तपाईंहरूको आन्दोलनलाई हौसला दिँदै थिएँ। पन्ध्र मिनेटअगाडि मात्र सुरक्षाकर्मी र सहयोगीहरूले जोडबल गरेर ननिकालेको भए ९६ वर्षीय पितासहित एकै चिहान हुने रहेछौं। आखिर ती बाहिरबाट आएका मानिसहरू को थिए? सुनेअनुसार कतिपयले विशेष रङको स्कार्फ पनि लगाएका थिए रे! तपाईं जेन-जीका युवाहरूजस्ता देखिने कोही थिएनन् रे!’

भट्टराईले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल आउँदा नयाँ किताब ल्याइदिन आग्रह गरेका छन्।

‘किताब नै मेरा सम्पत्ति हुन्! अब ती किताब सबै खरानी भए रे! धन्न निस्कने बेलामा एक्काइसौं शताब्दीका डार्विन भनिने एडवार्ड ओ विल्सनको चर्चित पुरानो पुस्तक ‘द ह्युमन नेचर’ लिएर निस्कन भ्याएँ। अहिले किन मान्छेमा परोपकारी र स्वार्थी गुण सँगसँगै हुन्छ भन्ने पढ्दैछु र अझै राम्ररी बुझ्दैछु। जेनजीलाई पनि काम लाग्ला कि,’ उनले भनेका छन्।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...