शिक्षा

सरकारले आन्दोलनको म्याण्डेट पुरा गर्न सक्ने देखिएन :विभाग प्रमुख पूर्ण बस्नेत

सरकारले आन्दोलनको म्याण्डेट पुरा गर्न सक्ने देखिएन :विभाग प्रमुख पूर्ण बस्नेत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको म्याण्डेट क्यारी गर्न सक्ने सम्भावना नरहेको बताउनुभएको छ । विजया दशमी–२०८२ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बस्नेतले सरकार लोकप्रियता, स्टन्ट, बदला र प्रचारबाजीमै सीमित रहने देखिएको भन्दै सरकारमाथि थप खबरदारी कायम राख्न युवालाई सुझाव दिनुभएको छ । बस्नेतले भन्नुभयो–‘वर्तमान सरकारले आन्दोलनको मर्म बुझेको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्न सक्नुपर्छ । २०८४ मा हुने निर्वाचनलाई २०८२ फागुनमा गर्नका लागि यो सरकार बनाइएको होइन । यसो भयो भने आन्दोलनमाथि सबैभन्दा ठूलो धोका हुन्छ । निर्वाचनसँगै आन्दोलनको औचित्य समाप्त हुन्छ ।’ भ्रष्टाचार काण्डको छानबीन गरी कारबाही गर्ने जेनजी आन्दोलनको अर्को म्याण्डेट भएको बस्नेत बताउनहुन्छ ।...
आज नवरात्रको अन्तिम दिन, महानवमी पर्व मनाइँदै

आज नवरात्रको अन्तिम दिन, महानवमी पर्व मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वक...
बाहिरिने बेला सक्रिय हुँदै मनसुन, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

बाहिरिने बेला सक्रिय हुँदै मनसुन, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका छन् ।मौसम प्रक्षेपणका लागि प्रयोग गरिने युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फरकास्ट सिस्टम -जीएसएफ)ले भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका हुन् ।यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक...
जेनजीको माग, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त नेपाल

जेनजीको माग, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त नेपाल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
प्रवेश दाहालदाहाल जेन-जी आन्दोलनका प्रतिनिधि हुन् । भदौ २३ र २४ को जेन–जी विद्रोह असन्तुष्टिको विस्फोट मात्रै थिएन, त्यो हाम्रो पुस्ताले पुरानो प्रणालीलाई दिएको चुनौतीको अपूर्व क्षण थियो । भ्रष्टाचार, नातावाद, अवसरहीनता र विभेदले भरिएको समाजमा बस्नु हामीलाई स्वीकार्य थिएन । हामीले देखेका सहिदका सपना, घाइतेका बलिदान र आम नेपाली युवाको पीडाले नै यो विद्रोहलाई ऊर्जा दिएको हो ।हामी जेन–जी पुस्ता अब विद्रोहमा मात्रै सीमित रहन चाहँदैनौं । अब हाम्रो प्राथमिकता नयाँ नेपाल निर्माण हो । समृद्ध, पारदर्शी र आत्मनिर्भर नेपाल हाम्रो परिकल्पना हो । हामी शून्य भ्रष्टाचार, प्रत्यक्ष कार्यकारी नेतृत्व, रोजगारी सिर्जना, युवालाई अवसर, सामाजिक न्याय, प्रविधि–मैत्री विकास र उत्पादनमा आत्मनिर्भरता चाहन्छौं । हामीले चाहेको परिवर्तन नारामा मात्रै सीमित हुनेछैन । व्यवहारमा उतार्नुपर्ने ऐतिहासिक आवश्यकता ...
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि उठ्यो नैतिक प्रश्न

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि उठ्यो नैतिक प्रश्न

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ ।विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी आन्दोलन जारी रहेकै बेला आन्दोलनको पक्षमा राजनीतिक दलका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा लगातार लेखेका थिए । जहाँ कार्कीले ओली, देउवासहित नेताहरूलाई थुन्नुपर्ने र भाग्न दिन नहुने लगायत उल्लेख गरेका थिए । अहिले उनले गरेका पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने कतिपय वरिष्ठ कानुन व्यवसायी तथा सर्वसाधारणले समेत आन्दोलनमा पक्षधरता देखिएकाले उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् । यसैबीच मानवअधिकार एलाइन्सले मंगलबार अपिल जारी गर्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ । ‘जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानबि...
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौंनवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको...
नेपालको वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला

नेपालको वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ । २ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो ।वेस्ट इन्डिजसँगको सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा गजबको प्रदर्शन गर्‍यो । विपक्षी खेलाडीलाई नै चकित पार्ने नेपालको फिल्डिङ जोशले मैदानभित्रदेखि संसारभर हेरिरहेका समर्थकहरूमाझ तरंग पैदा गरेको थियो ।कप्तान रोहित पौडेलले सिरिजअघि बोलेको कुरा प्रमाणित गरेर देखाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।आजको खेलपछि कप्तान रोहितले शृंखला जित्न पाउँदा धेरै खुसी लागेको बताए । ‘२ दिनमै शृंखला जित्न पाउँदा धेरै खुसी लागेको छ, महत्वपूर्ण सिरिज थियो हा...
कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
बुटवलजेन–जी आन्दोलनका बेला मौका छोपेर कारागारबाट भागेका कैदीमध्ये ठूला अपराधमा संलग्नहरु अझै फरार छन् ।उनीहरु सहजै सम्पर्कमा आउँछन् भन्नेमा प्रशासन ढुक्क छैन । उनीहरुलाई कारागार फर्कन, कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले निरन्तर आग्रह गरिरहेको छ । जेन–जी आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएपछि कारागारबाट सबैभन्दा बढी तनाव गम्भीर अपराध (हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्दा, अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दा) मा सजाय पाएकाहरु फरार भएकोमा छ। ‘समान्य कसुरमा जेल परेका र सजाय सकिन लागेकाहरु धेरैजसो कारागार फर्किए ,ठूला अपराध गरेकाहरु फर्केलान् जस्तो देखिंदैन। उनीहरुलाई व्यापक खोजतलास गरेर ल्याउनुपर्ने अवस्था छ ।’प्रशासनलाई सबैभन्दा बढी तनाव भारतीय कैदीबन्दीको छ । ...
पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक

पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवल तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो । आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो । चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरु गन्तव्यमा प्रस्थान गरिरहेका छन् । ...
तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवलनारायणगढ-मुग्लिन सडक खण्डको तुइन खाेलामा पहिरो गएपछि सडक अवरूद्ध भएकाे छ।सोमबार बिहान ११:३० बजे पहिराे जाँदा सडक अवरूद्ध भएको बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगरले जनाएको छ। तुइन खाेलामा पटकपटक पहिराे गएपछि अवरुद्ध भएको सडक गत शुक्रबार रातिबाट सन्चालनमा आएकाे थियो।पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिन सडक खण्ड भदाै महिनामा मात्रै १५ पटक पहिराे गएर अवरुद्ध भएकाे छ। पछिल्लोपटक गएकाे मंगलबार सबैभन्दा ठुलो पहिराे गएपछि ७ वटा उपकरण प्रयाेग गरेर शुक्रबार राति हटाइएकाे थियो। ‘केहीबेर अघि ठूलाे पहिराे सडकमा थुप्रिएकाे छ, सडकमा थुप्रिएकाे माटो हटाउन कम्तिमा ४ घण्टा लाग्छ,’ कार्यालय रामनगरका एसपी डिल्ली नारायण पाण्डेले भने। ...