तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध


बुटवल
नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खाेलामा पहिरो गएपछि सडक अवरूद्ध भएकाे छ।
सोमबार बिहान ११:३० बजे पहिराे जाँदा सडक अवरूद्ध भएको बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगरले जनाएको छ।

तुइन खाेलामा पटकपटक पहिराे गएपछि अवरुद्ध भएको सडक गत शुक्रबार रातिबाट सन्चालनमा आएकाे थियो।
पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिन सडक खण्ड भदाै महिनामा मात्रै १५ पटक पहिराे गएर अवरुद्ध भएकाे छ। पछिल्लोपटक गएकाे मंगलबार सबैभन्दा ठुलो पहिराे गएपछि ७ वटा उपकरण प्रयाेग गरेर शुक्रबार राति हटाइएकाे थियो।

‘केहीबेर अघि ठूलाे पहिराे सडकमा थुप्रिएकाे छ, सडकमा थुप्रिएकाे माटो हटाउन कम्तिमा ४ घण्टा लाग्छ,’ कार्यालय रामनगरका एसपी डिल्ली नारायण पाण्डेले भने।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...