
बुटवल
नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खाेलामा पहिरो गएपछि सडक अवरूद्ध भएकाे छ।
सोमबार बिहान ११:३० बजे पहिराे जाँदा सडक अवरूद्ध भएको बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगरले जनाएको छ।
तुइन खाेलामा पटकपटक पहिराे गएपछि अवरुद्ध भएको सडक गत शुक्रबार रातिबाट सन्चालनमा आएकाे थियो।
पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिन सडक खण्ड भदाै महिनामा मात्रै १५ पटक पहिराे गएर अवरुद्ध भएकाे छ। पछिल्लोपटक गएकाे मंगलबार सबैभन्दा ठुलो पहिराे गएपछि ७ वटा उपकरण प्रयाेग गरेर शुक्रबार राति हटाइएकाे थियो।
‘केहीबेर अघि ठूलाे पहिराे सडकमा थुप्रिएकाे छ, सडकमा थुप्रिएकाे माटो हटाउन कम्तिमा ४ घण्टा लाग्छ,’ कार्यालय रामनगरका एसपी डिल्ली नारायण पाण्डेले भने।