शिक्षा

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

Breaking news 3, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौंप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको चाड यमपञ्चक सुरु भएको छ ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज आइतबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ । समितिले यमदीपदान पनि आजै शुरु हुने जानकारी दिएको छ ।कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू भएको छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका...
तिहारमा कस्तो रहला मौसम ?

तिहारमा कस्तो रहला मौसम ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंनेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।यस्तै कात्तिक ४ गते देशका पहाडी भूभागमा आंश...
जेन्जी आन्दोलन र त्यसपछिको नजरिया

जेन्जी आन्दोलन र त्यसपछिको नजरिया

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुजन ज्ञवाली १३ देखि २८ बर्ष उमेरका तातो रगत भरिएका जेन्जी युवापुस्ताले आन्दोलन को घोषणा गरे।जुन एजेन्डा उठाएर सडकमा आउने उद्घोष गरे त्यो निकै नै महत्त्वपूर्ण र अर्थपूर्ण माग थिए।बिडम्बना त्यो आन्दोलन उनिहरुले सोचे जस्तो भएन र एउटा नरसंहार मा परिणत भयो।।उक्त आन्दोलनमा ज्यान आहुती दिने सम्पुर्णमा हार्दीक श्रद्धाञ्जली। त्यो आन्दोलन को जुन मर्म थियो र जुन उदेश्य थियो त्यसको बिपरित अर्को दिन एउटा विध्वंस देखा पर्यो।तर कतै पनि जेन्जी पुस्ताका युवाहरु त्यसमा देखिएनन।बरु त्यसमा बिघटित प्रतिनिधि सभाका सदस्य,र पाका उमेर समूह र साना बालबालिका को प्रयोग देखियो।जसको सहभागिताले देशलाइ खरानी बनाउने काम भयो।त्यो दुबै दिनको छानबिन निष्पक्ष हुन जरुरी छ र खरानिलाई उडाउने होइन त्यसमा माटो मिसाएर बीउ रोप्ने काम गरौ।खरानी उडाए केही बाकी रहदैन तर माटो मिसाए उत्पादन गर्न सकिन्छ।अब खुसी रोपौ।जनताका आ...
तीन दिने ‘डिजिटल क्षितिज ‘डिजिटल शिक्षा शिविर सम्पन्न

तीन दिने ‘डिजिटल क्षितिज ‘डिजिटल शिक्षा शिविर सम्पन्न

ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवल कलिका आईसीटी क्लब, इन्टर्याक्ट क्लब अफ बुटवल, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, इन्टर्याक्ट क्लब अफ वाल्मिकी तथा लियो क्लब अफ अल्फा कलिकाको संयुक्त आयोजनामा तीन दिने डिजिटल क्षितिज’ डिजिटल शिक्षा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर असोज २९, ३० र ३१ गते स्याङ्जाको गिँचौर एकेडेमी र पाल्पाको सनराइज एकेडेमीमा सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई डिजिटल साक्षरता, इन्टरनेटको सुरक्षित प्रयोग, कम्प्युटरका आधारभूत सीप, तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कलिका आईसीटी क्लबका अध्यक्ष सिद्धान्त पन्थीका अनुसार, यो कार्यक्रम क्लबको वार्षिक अध्यक्षीय कार्ययोजना प्रिसिडेण्टल प्लान एक्सन अन्तर्गतको पहिलो चरण हो। उनले आगामी दिनमा फरक–फरक स्थानहरूमा गएर नयाँ–नयाँ विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्ने योजना ...
प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले त्यस्तो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे। अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन स...
नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : अध्यक्ष ओली

नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला नेपो बेबी भनेर नेता र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताएका छन्। शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा उनले त्यसले कलिला मनमाथि असर गरेको समेत उल्लेख गरे। ‘यो सम्भय समाज हो कि असभ्यहरूको भिड हो?,’ ओलीले भने, ‘एउटाको प्रश्न होइन। नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ। राम्रोसँग पढ्दैन। विद्यालय जान छोड्छ मलाई नेपो बेबी भनेर पिट्छन कि भनेर।’पूर्व मिस नेपाल शृखला खतिवडातर्फ लक्षित गर्दै उनी कुनै धनी बाउ-आमाकी छोरी नभएको उनले बताए। ‘माया गरेर हुर्काए, नेपो बेबी। एउटी राम्रै अनुहार लिएर, राम्रै पढेकी, कुनै अमिर बाबु आमाकी छोरी होइनन्,’ ओलीले भने, ‘उनका लागि अप्रत्यासित भयो।’ ...
रुपन्देहीको सिद्वार्थनगरमा अगरबत्ती उद्योगमा भीषण आगलागी, करिब २ करोड ३२ लाखको क्षति

रुपन्देहीको सिद्वार्थनगरमा अगरबत्ती उद्योगमा भीषण आगलागी, करिब २ करोड ३२ लाखको क्षति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको हो ।विद्युत सट भएर आज (शनिबार) बिहान न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको थियो । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको बताए । ...
राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबार लगायतका क्षेत्रमा दुई महिनासम्म जुलुस, धर्ना, प्रदर्शन गर्न रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ। विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्...
गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध

गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध

खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
गुल्मीगुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड जनबोध माविले जितेको छ । अहिलेसम्म जनबोधले लगातार छ पटक राष्ट्रपति रनिङ्गशिल्ड जितेर शिल्ड कब्जा गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको घ्युबेँसी खेल मैदानमा गत असोज २९ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा १४ स्वर्ण, चार रजत र पाँच कास्य गरेर २३ पदकसहित जनबोध माविले राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो । त्यस्तै, ग्वादी माविले सात स्वर्ण, एक रजत र ११ कास्य गरेर १९ पदकसहित द्वितीय स्थान प्राप्त गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । जनज्योति माविले पाँच स्वर्ण, ११ रजत र तीन कास्य गरेर २१ प्दकसहित तृतीय स्थान प्राप्त गरेको छ । प्रथम जनबोध माविले नगद १० हजार रुपियाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, द्वितीय स्थान प्राप्त गरेको ग्वादी माविले...
दिपावली र छठ लक्षित गर्दै बुटवलमा यि स्थानबाट फुलमाला बिक्री हुने

दिपावली र छठ लक्षित गर्दै बुटवलमा यि स्थानबाट फुलमाला बिक्री हुने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलदिपावली र छठ पर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिकाले नगरका ११ स्थानबाट फुल तथा माला बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ।बुटवल उपमहानगरपालिकाको आयोजनामा स्थानीय फुल उत्पादक कृषकहरूसँगको छलफलपछि यस वर्षको दिपावली र छठमा बुटवलमै उत्पादन भएका फुलमालाको बिक्री वितरण नगरका विभिन्न स्थानबाट हुने व्यवस्था गरिएको कृषि अधिकृत सन्तोष जिसीले जानकारी दिनुभयो ।प्लास्टिकजन्य फुलमालाको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोगलाई निरुत्साहित गरिएको उपमहानगरपालिकाले जनाएको छ।नगर प्रमुख खेलराज पाण्डेयका अनुसार स्थानीय स्तरमा उत्पादन भएका स्वदेशी फुलमालाको प्रयोग बढाउने र उत्पादक कृषक तथा व्यवसायीलाई प्रोत्साहन दिने उद्देश्यले बिक्रीका लागि स्थान तोकिएको हो। यसले नगरभित्रका फुल उत्पादकलाई आर्थिक बल पुग्नेछ र स्थानीय उत्पादनप्रति नागरिकक...