अपराध

यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पतालमा एक्सरे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।  अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी महिलालाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  ...
बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
विश्वास ढकालबुटवल रुपन्देहीको तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका विभिन्न जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोतका पाँच जना कर्मचारी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसरी मुद्दा चल्नेहरूमा मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू जिवलाल भुसाल, पुनाराम पन्थी, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसमध्ये अर्याल, भुसाल र श्रेष्ठ पक्राउ परेका हुन भने पन्थी आफै आत्मसमर्पण गरेका हुन् । विष्णु पुरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा, बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तु...
लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90 काठमाडौं लागूऔषधको अवैध कारोबार र ओसार पसार नियन्त्रणमा संचालन गरिएको विशेष अभियानबाट अहिलेसम्म ८ हजार भन्दा बढी पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिएका छन् । मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि द्रुत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुँदै गएको छ । मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक वर्ष भन्दा १ ...
कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा उल्लेख गरेको छ । विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु. ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु. ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु. २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु. ४ करोड ८३ लाख २५ हजार ८...
बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ

बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल नकली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन्। घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। ...
भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना

भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
कोहलपुर सोमवार बिहान ७ बजे आसपास ईलाका प्रहरी कार्यालयमा फोनको घण्टी बज्छ। फोन गर्नेले सुचना दिन्छ हाम्रो होटलमा आईतवार सांझ आएर बास बसेकाहरुको गतिबिधी शंकास्पद छ, एकपटक चेक जांच गर्न आउनुहुन्छ की? सुचना पाए लगत्तै प्रहरी निरिक्षक रेशमलाल पौडेलको नेतृत्वको ७ जनाको प्रहरी टोली सुचना पाएको लोकेशनमा पुग्छ। पाएको सुचनाका आधारमा होटल कालिकोटेमा पुगेको प्रहरी टोलीले होटलको कोठा नं ७ मा बसेकाहरुको झोला र अन्य लगेजहरु खानतलासी गर्छ।  कोठामा बसेकाहरुलाई अलग अलग राखेर सोधपुछ गर्दै खान तलासी गरेको प्रहरीले उनीहरुको साथबाट १५ तोला सुनका गहना र झण्डै आठलाख रुपैया बरामद गर्छ। सुनका गहना र नगद लिएर कोठामा बसेकाहरुले त्यसको श्रोत खुलाउन नसकेपछि प्रहरी टोलीले कोठामा रहेका ६ जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पुर्याउछ।  प्रहरीले नियन्त्रणमा लिएकाहरु सबै कालिकोटका हुन्।  ...
नक्कली नोट र अफिमसहित दुई जना पक्राउ

नक्कली नोट र अफिमसहित दुई जना पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बाँके बाँकेको कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई पत्रकारका रूपमा चिनाउने मनबहादुर सहकारी र रुकुम बाँफेकोट नगरपालिका–१० की सपना पुन छन् । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर–११ स्थित न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालि को शाखा कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनबहादुर सहकारी कपिलवस्तु शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर–११ मा बसोबास गर्दै आएका छन् । उनले सञ्चालन गरेको कार्यालयकै कार्यकक्षबाट ५१ थान हजारका नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ । साथै नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको छ । बाँके प्रहरीले दिएको जानकारीअनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्...
डेढ अर्ब बढी अवैध क्रिप्टो कारोबार गरेको आरोपमा २ भारतीय पक्राउ

डेढ अर्ब बढी अवैध क्रिप्टो कारोबार गरेको आरोपमा २ भारतीय पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनमा भारतीय नागरिकलाई पक्राउ गरी मँगलबार सार्वजनिक गरेको छ ।  १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितपुरको सानेपाबाट सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा भारतीय नागरिक रुपेश कुमार गुप्ता र बिपिन कुमार रहेका छन् । पक्राउ परेकामध्ये गुप्ता भारतको बिहार राज्य मोतिहारीका स्थायी बासिन्दा हुन् भने कुमार पूर्वी चम्पारण, बिजबनीका हुन्। दुवै हाल ललितपुर सानेपामा बसोबास गर्दै आएका थिए । उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डीको समेत कारोबार गरेको पाइएको ब्युरोका सूचना अधिकारी युजराज खड्काले जानकारी दिए । ...
रुपन्देहीको दूरगामी सहकारी संकटमाः २५ करोड अपचलनको आशंका, अध्यक्ष, सचिव र व्यवस्थापक फरार

रुपन्देहीको दूरगामी सहकारी संकटमाः २५ करोड अपचलनको आशंका, अध्यक्ष, सचिव र व्यवस्थापक फरार

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारी संकटमा परेको छ । सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी फरार भएका छन् भने सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् । तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारी संकटमा परेपछि ठूलो संख्यामा बचतकर्ताहरुले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ । सोमबार संस्थामा भएको अनियमितताबारे छानविन गर्न छानविन समिति बनाउने र उक्त छानविन समितिलाई सघाउन स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो । तर मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिंडेपछि माहौ...
२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 

२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार
विश्वास ढकाल, बुटवल २०६८ साल कार्तिक ११ गते राती करिब १० बजेको समयमा पाल्पाको माथा गढी गाउँपालिका चिदीपानी १ मा १८ वर्षका नरवीर सार्कीको अज्ञात व्यक्तिले हत्या गर्छन् । श्रीमतीलाई हातपात गरेको विषयले सन्त बहादुर सार्कीले नरवीरको हत्या गरेको प्रहरीको अनुसन्धानमा पुष्टि हुन्छ । घटना भएको केही समयपछि पुगेको प्रहरीले घटनामा मृतकका आफ्नै काका सन्त बहादुर सार्की नै भएको अनुसन्धान बाट पुष्टि गर्दै मुद्दा दायर गरे पनि घटनामा संलग्न सन्त बहादुर घटनाकै दिन फरार हुन्छन् । सार्कीको खोज कार्य भए पनि फेला परेका थिएनन् । भारतको हरीयाणा बस्दै आएका सन्तलाई १४ वर्षपछि पाल्पा प्रहरीले भारतबाट समाएर पाल्पा ल्याएको छ । उनी १४ वर्षदेखि भारतमा बस्दै आएका थिए । यस्तै पाल्पा प्रहरीले २१ वर्षदेखि फरार रहेका पाल्पाको सिलुवा गाविस हाल पूर्व खोला गाउँपालिका ९ बस्ने वर्ष ६६ का पूर्ण बहादुर सार्कीलाई प्रहरीले...