२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 


विश्वास ढकाल, बुटवल

२०६८ साल कार्तिक ११ गते राती करिब १० बजेको समयमा पाल्पाको माथा गढी गाउँपालिका चिदीपानी १ मा १८ वर्षका नरवीर सार्कीको अज्ञात व्यक्तिले हत्या गर्छन् । श्रीमतीलाई हातपात गरेको विषयले सन्त बहादुर सार्कीले नरवीरको हत्या गरेको प्रहरीको अनुसन्धानमा पुष्टि हुन्छ । घटना भएको केही समयपछि पुगेको प्रहरीले घटनामा मृतकका आफ्नै काका सन्त बहादुर सार्की नै भएको अनुसन्धान बाट पुष्टि गर्दै मुद्दा दायर गरे पनि घटनामा संलग्न सन्त बहादुर घटनाकै दिन फरार हुन्छन् । सार्कीको खोज कार्य भए पनि फेला परेका थिएनन् । भारतको हरीयाणा बस्दै आएका सन्तलाई १४ वर्षपछि पाल्पा प्रहरीले भारतबाट समाएर पाल्पा ल्याएको छ । उनी १४ वर्षदेखि भारतमा बस्दै आएका थिए ।

यस्तै पाल्पा प्रहरीले २१ वर्षदेखि फरार रहेका पाल्पाको सिलुवा गाविस हाल पूर्व खोला गाउँपालिका ९ बस्ने वर्ष ६६ का पूर्ण बहादुर सार्कीलाई प्रहरीले भारतबाट समाएर नेपाल ल्याएको हो । २०६१ सालमा आफ्नै सासु चिनीसरा सार्कीको हत्या गरी फरार रहेका पूर्ण बहादुरलाई भारतको देरादुन बाट पक्राउ गरेको हो । श्रीमती अर्को विवाह गरेर गएपछि सासुले दिएको भैँसी मागेको विषयमा भएको झगडाले चिनी सराको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।

पुराना घटनाहरूलाई पुनः फाइल खोलेर घटनामा संलग्नहरूको व्यापक खोजतलास सुरु गरेको भट्टराईको भनाई छ । खोज र कारबाही गर भन्ने मान्यता सहित पाल्पा प्रहरीले विभिन्न समयमा जिल्लामा घटेका विभिन्न घटनाका फाइलहरूको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा हालै सरुवा भई आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले घटनामा दोषी कसैलाई नछाड्ने नीति सँगै विभिन्न समयमा आपराधिक घटनामा संलग्न रहेका लुकीछिपी बस्दै आएकाहरूलाई फाइल पल्टाउँदै पक्राउ गर्दा र थुना पठाउन लागेका छन् । प्रहरीले काम गर्नुपर्छ भन्ने मान्यता रहेका प्रहरी प्रमुख भट्टराई पाल्पा आएपछि दुई ठुला हत्यामा सङ्लग्नहरूलाई पक्राउ गरी जेल पठाएका हुन । प्रहरीका अनुसार पुराना घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी अधिकृतको टोली परिचालन गरेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...