नेकपा रुपन्देहीले गर्याे एमसिसि बिरुद्ध बुटवलमा प्रदर्शन
विनोद खनाल, बुटवल
एमसिसि परियोजना ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशैभरि तेसका बिरुद्ध प्रदर्शन गरिएको छ।
यसैबिच बुटवलमा पनि नेकपा रुपन्देहीले प्रदर्शन गरेको छ ।बुटवलको पुरानो बषपार्कदेखी एमसिसि बिरुद्द नाराजुलुस गर्दै पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो।कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य बिनोद सीले दक्षीण एसियालाई फौजि ढंगले कब्जामा राख्ने रणनीतिस्वरुप आएको एमसिसि कुनैपनि हालतमा कार्यान्वयनमा जान दिन नहुने ठोकुवा गरे । उनले भने -" यो सैन्य रणनीति हो अमेरिकाले नेपाललाई आधार बनाएर दक्षिण एसियामा उसको प्रभाव बनाउन चाहन्छ तेसैले उ जसरी पनि कार्यान्वयनमा जान्छ। तर शासकदलहरु यसखालको राष्ट्रघाति कदमलाई जसरी अगाडी बढाउन खोज्दैछन यसले संकट उनिहरुलाई समेत निम्त्याउँछ भन्नेकुरामा हेक्का राखुन ।" हामीले बलिदानीपुर्ण संघर्ष गरेर ल्याएको गणतन्...








