राजनीति

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं घाइते जेनजीहरू आइतबार दिउँसो एक बजे सिंहदरबार छिर्ने तरखरमा थिए । करिब २५ जनाको समूह भित्र जाने पास कुर्दै थियो । कतिपय भने अगाडि नै नाम आएकाले छिर्न भ्याइहाले । कतिपय बाहिर अड्किए । केही सदस्य त्यहीँ थपिँदै थिए । सिंहदरबार गेटमा भेटिएका थिए- अम्बादत्त भट्ट । बैतडीका उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका रहेछन् । उनकाअनुसार बानेश्वरमा भदौ २३ गते राज्यतर्फबाट चलेको गोलीको घाइतेको लागि आवश्यक रगत उपलब्ध गराउने क्रममा उनी घाइते बने। ‘त्यो दिन जताजतै रगत अभाव भइरहेको भन्ने सुनेँ । अनि बानेश्वरमा संकलन भइरहेको रहेछ। त्यहीबेला रगत दिन लाग्दा ममाथि लाठ्ठीचार्ज भयो । टाउको फुट्यो,’ उनले भने ।आन्दोलनका यी घाइते आइतबार दिउँसो सिंहदरबार गेटमै भेटिए । उनीसँगै अन्य पाँचजना सदस्य पनि थिए । एकजना बोलेपछि अरु नबोल्ने भन्दै पन्छिए । भट्टले नै ती पाँचजनाको प्रतिनिधित्व गर्दै...
संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा थप पाँच वटा रिट निवेदन दर्ता भएका छन् ।सर्वोच्च अदालत प्रशासनले ती सबै निवेदनहरू संवैधानिक इजलासमा सुनुवाइ हुने गरी दर्ता गरेको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यसअघि दर्ता भएका ११ वटा र आइतबार थपिएका पाँच वटा गरी अब कुल १६ वटा रिट निवेदन संवैधानिक इजलासमा एकैसाथ पेश हुनेछन् ।प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारा उल्लेख नगरी गरिएको भन्दै रिट निवेदकले त्यसलाई असंवैधानिक दाबी गरेका छन् । संविधानको धारा ७६ अनुसार मात्र तीन प्रकारका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि त्यस बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाइएको आरोप लगाइएको छ । यससँगै, देशको प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई संविधानले स्पष्ट रूपमा ...
जेन्जी आन्दोलन र त्यसपछिको नजरिया

जेन्जी आन्दोलन र त्यसपछिको नजरिया

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुजन ज्ञवाली १३ देखि २८ बर्ष उमेरका तातो रगत भरिएका जेन्जी युवापुस्ताले आन्दोलन को घोषणा गरे।जुन एजेन्डा उठाएर सडकमा आउने उद्घोष गरे त्यो निकै नै महत्त्वपूर्ण र अर्थपूर्ण माग थिए।बिडम्बना त्यो आन्दोलन उनिहरुले सोचे जस्तो भएन र एउटा नरसंहार मा परिणत भयो।।उक्त आन्दोलनमा ज्यान आहुती दिने सम्पुर्णमा हार्दीक श्रद्धाञ्जली। त्यो आन्दोलन को जुन मर्म थियो र जुन उदेश्य थियो त्यसको बिपरित अर्को दिन एउटा विध्वंस देखा पर्यो।तर कतै पनि जेन्जी पुस्ताका युवाहरु त्यसमा देखिएनन।बरु त्यसमा बिघटित प्रतिनिधि सभाका सदस्य,र पाका उमेर समूह र साना बालबालिका को प्रयोग देखियो।जसको सहभागिताले देशलाइ खरानी बनाउने काम भयो।त्यो दुबै दिनको छानबिन निष्पक्ष हुन जरुरी छ र खरानिलाई उडाउने होइन त्यसमा माटो मिसाएर बीउ रोप्ने काम गरौ।खरानी उडाए केही बाकी रहदैन तर माटो मिसाए उत्पादन गर्न सकिन्छ।अब खुसी रोपौ।जनताका आ...
प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले त्यस्तो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे। अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन स...
नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : अध्यक्ष ओली

नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला नेपो बेबी भनेर नेता र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताएका छन्। शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा उनले त्यसले कलिला मनमाथि असर गरेको समेत उल्लेख गरे। ‘यो सम्भय समाज हो कि असभ्यहरूको भिड हो?,’ ओलीले भने, ‘एउटाको प्रश्न होइन। नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ। राम्रोसँग पढ्दैन। विद्यालय जान छोड्छ मलाई नेपो बेबी भनेर पिट्छन कि भनेर।’पूर्व मिस नेपाल शृखला खतिवडातर्फ लक्षित गर्दै उनी कुनै धनी बाउ-आमाकी छोरी नभएको उनले बताए। ‘माया गरेर हुर्काए, नेपो बेबी। एउटी राम्रै अनुहार लिएर, राम्रै पढेकी, कुनै अमिर बाबु आमाकी छोरी होइनन्,’ ओलीले भने, ‘उनका लागि अप्रत्यासित भयो।’ ...
राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबार लगायतका क्षेत्रमा दुई महिनासम्म जुलुस, धर्ना, प्रदर्शन गर्न रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ। विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्...
राजनितिमा बितृष्ण युवा र अबको बाटो

राजनितिमा बितृष्ण युवा र अबको बाटो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुजन ज्ञवाली नेपालको राजनीतिक परिदृश्यमा आज एक विचित्र विरोधाभास देखिन्छ: देशको सबैभन्दा ठूलो जनसङ्ख्या युवाको हो, तर राजनीतिक निर्णयप्रक्रियामा तिनको उपस्थिति नगण्य छ। युवाहरू राजनीतिप्रति गहिरो बितृष्णा र निराशाको भावना बोकेका छन्। यो बितृष्णा र युवाको आवश्यकतालाई बुझ्नु आजको राजनीतिको सर्वाधिक जरुरी आवश्यकता हो।तर यहि युवाहरुको मुद्दालाइ पुराना राजनितिक दलका नेतृत्वले उठाएको भए यो अबस्था आउने पनि थिएन।अझै पनि यस्ता मुद्दालाइ पाका नेतृत्वले उठाए पनि कुनै फरक पर्दैन तर त्यो अबस्था अहिलेको परिदृष्यमा देखिएको छैन।आज राजनितिक दल प्रतिको बितृष्णा किन यति सम्म पुग्यो भन्ने दलका नेतृत्व ले बुझ्न चाहेको देखिदैन।तल्लो तह सम्म पुग्ने हो भने मात्र यो भयावह स्थिती देखिन्छ तर बिडम्बना निर्णायक तहमा बसेका र सार्बजनिक पद धारण गरेका यो तह सम्म पुग्न नै चाहेनन तर जो ग्रासरुट लेभल सम्म पुगेको छ उ...
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले दिएको समय आइतबार सकिँदै

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले दिएको समय आइतबार सकिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँडेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम बुझाउन नेपाल विद्युत् प्राधिकरणले दिएको पछिल्लो समय आइतबार सकिँदै छ । उक्त अवधिमा प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा लिई पहिलो किस्तासम्म नतिरे उद्योगहरूको बिजुली फेरि काट्ने तयारी प्राधिकरणको छ । यसैबीच शुक्रबार उद्योगीहरूले आफूहरूले तिर्न बाँकी कुनै बक्यौता नरहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा पत्र बुझाइएको बताएका छन् ।प्राधिकरणले १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने उक्त सूचनामा उल्लेख छ । १३ असोजमा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको हो । उक्त अवधि आगामी आइतबार सकिँदै छ । प्राधिकरणले दिएको अवधि ...
नयाँ राजनीतिक दल घोषणा गर्दै मिराज ढुंगाना

नयाँ राजनीतिक दल घोषणा गर्दै मिराज ढुंगाना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन् । उनले यही शनिबार काठमाडौँको होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टीको औपचारिक घोषणा गर्ने बताएका छन् । एक टिकटक भिडियो सार्वजनिक गर्दै ढुंगानाले पार्टी खोल्नैपर्ने अवस्था आएको बताएका छन् । उनका अनुसार यसका लागि वार्ता समिति गठन भइसकेको छ र काम भइरहेको छ । “राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी देशको अहिलेको अवस्थामै निर्वाचनमा जान्छौँ,” उनले भनेका छन्, “जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने व्यवस्था, र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय गठन पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ ।”उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ लाई परिवर्तनको सुरुआतको रूपमा व्याख...
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै

प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्। परराष्ट्र मन्त्रालयको स्रोतले दिएको जानकारीअनुसार यसका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक राख्दै छिन्। बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।‘कूटनीतिक समुदायलाई अहिलेको अवस्था, आसन्न निर्वाचन, अपेक्षित सहयोग, हामीले गर्न खोजेका कामहरू, लगानी, पर्यटनका विषयमा प्रधानमन्त्रीज्यूले ब्रिफिङ गर्नुहुन्छ’, स्रोतले भन्यो। जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तिरम सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाच...