काठमाडौँ
सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
साहलाई मन्त्री पदमा आजै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ ।
...
२५ भाद्र २०८३, बिहीबार२५ भाद्र २०८३, बिहीबार२५ भाद्र २०८३, बिहीबार by संचार पत्रNo Comments
काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
आज (बिहीबार) बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ।
...
२५ भाद्र २०८३, बिहीबार२५ भाद्र २०८३, बिहीबार२५ भाद्र २०८३, बिहीबार by संचार पत्रNo Comments
२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।
बिहीबार १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको उपसमिति गठन लगायत विविध पक्षमा छलफल हुने कार्यसूची छ ।
यसैगरी बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनायसँग छलफल गर्ने कार्यसूची छ । छलफलका लागि समितिले कानुनमन्त्री, मन्त्रालयका सचिव र महानिर्देशकलाई बोलाएको छ ।
...
२५ भाद्र २०८३, बिहीबार२५ भाद्र २०८३, बिहीबार२५ भाद्र २०८३, बिहीबार by संचार पत्रNo Comments
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिएका हुन् ।साथै उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए ।राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।
...
२४ भाद्र २०८३, बुधबार२४ भाद्र २०८३, बुधबार२४ भाद्र २०८३, बुधबार by संचार पत्रNo Comments
काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने भएकी छन् । बैठकमा मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत पेस गर्नेछिन्। साथै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, मन्त्री गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि प्रतिनिधिसभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
...
२४ भाद्र २०८३, बुधबार२४ भाद्र २०८३, बुधबार२४ भाद्र २०८३, बुधबार by संचार पत्रNo Comments
काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् ।
जेनजी शहीदहरूको स्मृतिमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापति लामिछानेले आफूलाई दिएको जिम्मेवारीप्रति इमानदार रहने बताएका हुन् ।
‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जुन विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।उनले आफू मन्त्री मात्र नभई दाइ, भाइ र छोरा पनि रहेको उल्लेख गर्दै आफूलाई जिम्मेवारीबाट हटाउने अवस्था सिर्जना हुन अर्को गोली चल्नुपर्ने दाबी गरे । देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने उनको जिकिर थियो ।
‘तपाईँहरूको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली च...
१९ भाद्र २०८३, शुक्रबार१९ भाद्र २०८३, शुक्रबार१९ भाद्र २०८३, शुक्रबार by संचार पत्रNo Comments
बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
ललितपुरको बालकुमारीमा तीन दिन चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो ।निष्कासित हुनेहरूमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् । लुम्बिनीका चार सांसदहरूले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएपछि कारबाही गरिएको हो ।कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने जसपा नेपालले जनाएको छ ।यस्तै, कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पनि पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टी...
१७ भाद्र २०८३, बुधबार१७ भाद्र २०८३, बुधबार१७ भाद्र २०८३, बुधबार by संचार पत्रNo Comments
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटेकोशी बाढीले सिंगो नेपालमाथि परेको साझा बज्रपात भएको बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । उनले भने, 'संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं ।'
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीले तीन जिल्ला मात्र प्रभावित नबनी सिंगो देश नै पीडित बनेको बताए । 'यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र हैन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,' उनले भने, 'तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन ।'सरकारले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रधानमन्त्रीको ...
१७ भाद्र २०८३, बुधबार१७ भाद्र २०८३, बुधबार१७ भाद्र २०८३, बुधबार by संचार पत्रNo Comments
काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नेछन् ।विशेष प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ । साथै, उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन ए...
१३ भाद्र २०८३, शनिबार१३ भाद्र २०८३, शनिबार१३ भाद्र २०८३, शनिबार by संचार पत्रNo Comments
बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए ।
यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ । यसबीच रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोमा परी लुम्बिनी प्रदेशबाट पुगेका १ सय ८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ ।
कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सं...