राजनीति

रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र ‘टिके प्रथा’ (टीका लगाएर पद बाँड्ने प्रवृत्ति) स्थापित नहोस् भन्नका लागि आफूले चुनावी मैदान रोजेको बताएका छन्।चार जनाबीचको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि प्रतिक्रिया दिँदै झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एउटा प्रयास थियो। नेतृत्वले मेरो त्यो प्रयासलाई स्वीकार गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुभयो, आभारी छु।’ पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्दै उनले नवनिर्वाचित महामन्त्री आचार्यलाई बधाई दिएका छन्। ‘म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधा...
तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी छ । असार ७ गतेदेखि चितवनमा रास्वपाको पहिलो महाधिवेशन उदघाटन भएको थियो । असार ९ गते सम्पन्न गर्ने भनिए पनि प्रतिनिधि चयनमा विवाद र केन्द्रीय सदस्य तथा पदाधिकारी चयन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।महाधिवेशन लम्बिएर खर्च व्यवस्थापनमा कठिनाइ भएपछि आजको लागि व्यवस्थापनले खाना नखुवाउने जनाएको छ । हिजो राति व्यवस्थापनले बिहानको चिया मात्र व्यवस्था गर्ने जानकारी गराएको थियो ।रास्वपा सभापतिमा रवि लामिछाने यसअघि निर्विरोध भइसके पनि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली अझै सार्वजनिक गरिएको छैन ।रास्वपा विधानमा पहिले सभापति र केन्द्रीय सदस्य चयन गरिसकेपछि बल्ल पदाधिकारी चयन गर्ने व्यवस्था छ ।केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यहरुको निर्वाचन...
रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये १५ ले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षको विवादले कोटहीमाई गाउँपालिकाले भने बजेट ल्याउन सकेन । कोटहीमाईमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष बालकृष्ण त्रिपाठी र उपाध्यक्ष सुशीला कुमारी यादव छन् । दुबै जना एकै दलबाट निर्वाचित भए पनि बजेट विनियोजनका विषयमा विवाद सिर्जना भएको छ । यस अघि कोटहीमाईमा वजेटका बेला विवाद हुँदैं आएको थियो । यस पटक पनि उपाध्यक्ष यादवले अध्यक्षकै बराबर आफूलाई बजेट सिलिङ माग गरेपछि सहमती जुट्न नसकेको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जयकुमार सैनीले शुक्रवारसम्म बजेट ल्याउने प्रयास भइरहेको बताए । कोटहीमाई बाहेक जिल्लाका अन्य १५ वटै पालिकाले बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले ब...
युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

Breaking news 2, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंयुक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाका लागि बन्द हुने भएको छ। गाजप्रोम नेफ्टद्वारा सञ्चालित यस प्रशोधन केन्द्रमा पहिलो पटक जुन १६ मा आक्रमण भएको थियो । जसबाट रिफाइनरीको ५३ प्रतिशत क्षमता ओगट्ने एउटा डिस्टिलेसन युनिटमा क्षति पुगेको थियो।त्यसपछि जुन १८ मा भएको दोस्रो आक्रमणले बाँकी ४७ प्रतिशत क्षमता ओगट्ने आधुनिक ‘युरो प्लस’ युनिटमा पनि क्षति पुर्‍याएको बताइन्छ ।यससँग परिचित औद्योगिक स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले बुधबार यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो। मस्को रिफाइनरीमा भएको क्षतिको मर्मत सम्भारका लागि कम्तीमा आधा वर्ष लाग्ने उद्योग सम्बद्ध स्रोतले जनाएको छ।रोयटर्सका अनुसार यस प्रशोधन केन्द्रले सन् २०२४ मा ११.६ मिलियन मेट्रिक टन कच्चा तेल प्रशोधन गरी २.९ मिलियन टन पेट्रो...
बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। "समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर" भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु. २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु. ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु. ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्...
बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित) बाट वडाध्यक्षमा निर्वाचित भएका ढकाल पार्टी छाडेसँगै पदमुक्त भएका हुन् ।निर्वाचन आयोगले एक सूचना जारी गरी दल छाड्ने वडाध्यक्षसहित गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानबहादुर बुढा र पाहल्लीनन्द गाउँपालिका (नवलपरासी) की उपाध्यक्ष फातिमा खातुन पदमुक्त भएको जनाएको छ । ...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् । विशेष अदालतमा बहस गर्दै उनले सरकारले राजनीतिक प्रतिशोधका आधारमा अनुसन्धान अघि बढाएको भनी पूर्वमन्त्री विष्णु पौडेलको पक्राउमा प्रश्न उठाएका हुन् ।सोमबार पक्राउ परेका पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ ।विशेष अदालतमा पौडेलको पक्राउविरुद्ध प्रस्तुत भएका उनले पौडेलमाथि राजनीतिक प्रतिशोधस्वरुप पक्राउ गरिएको जिकिर गरेका हुन् ।उनले बरु मालपानीमाथि अनुसन्धान हुनुपर्ने र त्यसक्रममा मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि अनुसन्धान हुन माग गरेका हुन् ।उनले मालपानीको गाडी प्रयोग गर्ने भनी प्रधानमन्त्री बालेन शाहतिर संकेत गरेका हुन् । शाह सांसद उम्मेदवार ...
किसानदेखि स्टार्टअपसम्मका अर्थमन्त्रीको बजेट भाषणका सहुलियत छैनन् विधेयकमा

किसानदेखि स्टार्टअपसम्मका अर्थमन्त्रीको बजेट भाषणका सहुलियत छैनन् विधेयकमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडाैंसंसद्‌मा आर्थिक विधेयक प्रस्तुत गरेपछि कम्तीमा ७ शीर्षकमा करका दर हेरफेर गरेको भनेर आलोचना खेपिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा दिएका महत्त्वपूर्ण प्रतिबद्धता विधेयकमा राख्दै नराखेको पुष्टि भएको छ । खासगरी किसान, स्टार्टअप उद्यमी, गैरआवासीय नेपाली (एनआरएन) लाई लगानी र उद्यममा सहुलियत दिन बजेटमा गरिएका घोषणा आर्थिक विधेयकमा राख्दै राखिएको छैन ।तिलगंगा अस्पतालको लेन्स उत्पादनमा कर सहुलियत दिन गरिएको भाषण पनि आर्थिक विधेयकमा छैन । विधेयक अर्थात् कानुनमा नभएका सहुलियत कार्यान्वयन हुँदैनन् ।संसद्‌मा टेबुल भइसकेको आर्थिक विधेयक मन्त्रालयको वेबसाइटमा संशोधन गरेको विषयलाई बचाउ गर्दै अर्थमन्त्री वाग्लेले दोहोर्‍याइरहेका छन्, ‘चलचित्र हललाई १० वर्षसम्म आयकर छुट दिने विषय मैले बजेटमा बोलिसकेको थिएँ, आर्थिक विधेयकमा छुटेछ, त्यही भएर थप गरिएको हो ।’महानगर र उपमहानगर ...
महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ : प्रदीप ज्ञवाली

महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ : प्रदीप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने बताएका छन् ।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने भन्दै ज्ञवालीले महाधिवेशनले त्यो तय गर्ने विश्वास व्यक्त गरेका हुन् ।उनले रास्वपाले उत्तरदायी बाटो तय गर्ने विश्वास गर्दै चार बर्षमा हासिल गरेको सफलताबाट सिक्नुपर्ने धेरै विषय रहेको बताए । नेता ज्ञवालीले जनादेश पाएपछि त्यसको सदुपयोग कसरी हुन्छ भन्ने महत्वपूर्ण हुने उल्लेख गरेका थिए । उनले रास्पवाले जनादेशलाई देश र जनताको समृद्धिका लागि प्रयोग गर्ने विश्वास गरे । उनले चुनाव र सिट साधन भएको बताउदै साध्य जनताको हित हुने बताए । नेता ज्ञवालीले सरकारले सय दिन नपुग्दै गरेका केहि निर्णयको जवाफ महाधिवेशनबाट जनतालाई जवाफ दिन आग्रह गरेका थि...
रास्वपा महाधिवेशन आजदेखि चितवनमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने छन् ।भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोह स्थललाई रवि र बालेनको तस्बिरसहित सजाइएको छ ।रास्वपा प्रवक्ता मनिष झाका अनुसार, महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको छ । महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए । महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र ज...