राजनीति

प्रधानमन्त्रीले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

प्रधानमन्त्रीले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आज यहाँ स्थित युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए । ...
लुम्बिनीको नीति तथा कार्यक्रम : सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा

लुम्बिनीको नीति तथा कार्यक्रम : सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्र विन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ । प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ र८४ को नीति तथा कार्यक्रममा प्रशासनिक सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभाको आठौँ अधिवेशनको छैटौँ बैठकमा आर्थिक वर्ष २०८३ र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।यस्ता केही नीति तथा कार्यक्रम मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर आठ बनाइने नीति तथा कार्यक्रमको सबैभन्दा ठूलो प्रशासनिक सुधारअन्तर्गत लुम्बिनी प्रदेश सरकारले हाल कायम रहेका १२ मन्त्रालयलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । आगामी २०८३ साउन १ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा आठ वटा मन्त्रालय मात्र कायम गरिने नीति लिइएको छ । सरकारको काम कारबाहीलाई चुस...
राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंकतार स्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदकहरूको नयाँ राहदानी तयार भएको दूतावासले जानकारी दिएको छ । नेपाली दूतावासले आइतबार सार्वजनिक गरेको सूचना अनुसार राहदानी वितरण प्रक्रिया आइतबार देखि बिहीबार सम्म लिन सकिने बताएको छ । सार्वजनिक बिदा बाहेक बिहान १० बजेदेखि अपराह्न ३ः३० बजेसम्म राहदानी वितरण गरिने दूतावासले जनाएको छ। राहदानी लिन आउँदा सूचीमा नाम रहेका “२७०५ जना सेवाग्राहीलाई आवेदन रसिद तथा सूचिको अन्तिममा उल्लेख गरिएको कोड नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने दूतावासको भनाई छ । साथै सम्बन्धित व्यक्ति उपस्थित भएर राहदानी लिन सकिने दूतावासले स्पष्ट पारेको छ । ...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् ।प्रधानमन्त्री बालेनले पठाएको उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको सिंहदरबार स्रोतले जनाएको छ । “राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालयबाट चिठी गएको छ,” स्रोतले भन्यो, “यसअघि प्रधानमन्त्रीले गर्ने अभ्यास थियो । यसपटक संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।”प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पनि यसबारे राष्ट्रपतिसमक्ष पत्रचार भइसकेको पुष्टि गरिन् । सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो । ...
प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाका विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकले छलफल गरेका छन् । आइतबार (जेठ १०) सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा छलफल गरिएको हो ।कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल भएको हो ।महरले संसदीय मूल्यमान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए । संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबीचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको...
एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

Breaking news 2, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बिहान साढे ११ बजे बस्ने छ । बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् ।गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले धारणा राखेका थिए । उनीहरुले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत ओलीको समर्थन नगरी धारणा राखेको स्रोतले बतायो । महासचिव पोखरेलले घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अ...
प्रतिनिधि सभाको प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम

प्रतिनिधि सभाको प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभाले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ । यस निम्ति काम गर्न प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ । प्रतिनिधिसभामा पेस भएको नियमावलीको नियम १४० मा संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था छ ।जहाँ संविधानको धारा २७४ बमोजिम प्राप्त संविधान संशोधन विधेयक सभामा प्रस्तुत भएको तीस दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रूपमा प्रकाशन गर्ने भनिएको छ ।यसरी प्रकाशन गरिएको विधेयक सात दिनपछि बसेको कुनै बैठकमा प्रस्तुत गर्न सकिनेछ ।उपधारा (१) मा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन ।’ यसबाहेक यस संविधानको अन्य धारामा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै ...
राजमोद्वारा बुटवलमा संविधान संशोधन,गणतन्त्र र राष्ट्रियताको बहस

राजमोद्वारा बुटवलमा संविधान संशोधन,गणतन्त्र र राष्ट्रियताको बहस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेपालको वर्तमान राजनीतिक परिदृश्यमा संविधान संशोधनको बहस चलिरहेका बेला राष्ट्रिय जनमोर्चा (राजमो) ले बुटवलमा संविधान संशोधनको बिषयमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनमोर्चाले संविधान परिमार्जन र संशोधनको बहस तातिरहेका बेला गणतन्त्र र राष्ट्रियता विषयमा शनिवार बुटवलमा सरोकारवाला निकायलाई राखेर अन्तक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा राजनीतिक दलका नेताहरु, संवैधानिक कानुनका विज्ञहरु र विभिन्न निकायका प्रतिनिधिहरुले संविधान संशोधनको आवश्यकता, संघीयताको औचित्य र राष्ट्रियताका विषयमा फरक फरक जिज्ञासाहरु राखेका थिए । अन्तक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्धारा तयार पारिएको अवधारणा पत्रमा संविधानलाई गतिशील दस्तावेजको रुपमा परिभाषित गरेता पनि वर्तमान संघीय ढाँचाले देशलाई कमजोर बनाएको उल्लेख गरिएको छ । अध्यक्ष ...
लुम्बिनी प्रदेशसभा: कृषि,स्थानीय उत्पादन,उद्यम विकास,बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकता

लुम्बिनी प्रदेशसभा: कृषि,स्थानीय उत्पादन,उद्यम विकास,बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दाङलुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरुले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।सदस्यहरुले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको हुनुपर्ने धारणा राखेका थिए । युवाहरुलाई लक्षित गरी रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् ।लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १३५ को उपनियम (३) बमोजिम लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथि छलफल सञ्चालन गरिएको थियो । सभामुखले छलफलका लागि तीन घण्टा अर्थात १८० मिन...
विकास,सम्बृद्धि र सुशासनमा उल्लेख्य काम भएका छन् : बुनपा ८का वडाध्यक्ष पंगेनी

विकास,सम्बृद्धि र सुशासनमा उल्लेख्य काम भएका छन् : बुनपा ८का वडाध्यक्ष पंगेनी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ८ ले पछिल्लो चार वर्षमा सम्पन्न गरेका विकास निर्माण तथा सेवा प्रवाहबारे सार्वजनिक गरेको छ ।कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले २०७९ जेठ ९ गते पदभार ग्रहण गरेएता शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत, खानेपानी, खेलकुद, रोजगार तथा राजश्व संकलनका क्षेत्रमा वडावासीको माग अनुसार काम गरिएको बताएका छन्। वडाध्यक्ष पंगेनीका अनुसार वडा कार्यालय भवन १० महिनामै निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा सहयोग गरेको भन्दै पूर्व वडाध्यक्ष भीम बहादुर श्रेष्ठ प्रति उनले आभार व्यक्त गरे ।पूर्वाधार विकासतर्फ जे.वि हरित पार्क निर्माण, विभिन्न टोलमा सडक पिच मर्मत, खुला व्यायामशाला निर्माण तथा सञ्चालन, जनता माध्यमिक विद्यालय परिसरमा ब्लक टायल बिछ्याउने काम सम्पन्न गरिएको उनले जानकारी दिए । साथै सडक बोर्डको सहयोगमा सडक मर्मत तथा मि...