रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी दर्ता
बुटवलफागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपले उम्मेदवारी दर्ता गराएका छन् ।एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्वस्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् । उम्मेदवारी दर्तापछि पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरे ।
निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीका अनुसार राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष...





