ताजा अपडेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागू औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागू औषधसहित आज पक्राउ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागू औषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए । चोरीको मोटरसाइकलको पार्टपुर्जा अन्य मोटरसाइकलमा...
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट फागुन २२ मा साधरण तारेख दिएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए ।संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।त्यसपछि नेकपा एमालेका सांसद र नेपाली काँग्रेसले फरक फरक रिट दायर गरेका थिए । उनीहरुले दायर गरेको रिटमा लिखित जवाफ मागेको थियो । सबै रिटमा विपक्षी बनाइएकाहरुबा६ लिखित जवाफ पेस भएपनि सर्वोच्च अदालतले साधरण तारेख मात्रै दिएको छ । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ कहिले हुन्छ अझै टुंगो लागेको छैन ।प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री ...
एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न सूर्य अङ्कित झण्डा जलाएको घटनाको निन्दा गरेको छ ।एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै देश जलाउनेहरुले नै झण्डा जलाएको बताउदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताबाट गरिएको व्यबहारले झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको बताएका छन् ।उनले भनेका भन्छन्- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा नेकपा (एमाले) को चुनाव चिन्ह 'सूर्य' अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लाखौ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुऱ्याउने गरी 'सूर्य' चिन्ह अंकित झण्डामा आ...
नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक: मैत्री समाज

नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक: मैत्री समाज

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
रुपन्देहीनेपाल–चीन मैत्री समाज, लुम्बिनीले चिनियाँ नयाँ वर्ष २०२६ (घोडा वर्ष) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विहीबार समाजको कार्यालय पुगताभूमि जेतवन विहार भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि चुङ हुवा बौद्ध विहार लुम्बिनीका टप म्यानेजमेन्ट मोङ्क पेनले नेपाल र चीनको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यो सम्बन्ध कहिल्यै नमेटिने बताउनुभयो । उहाँले नेपालमा सबै मानिसहरूलाई भेट्दा आफ्नै दाजुभाइलाई भेटेको जस्तो लाग्ने बताउनुभयो । लुम्बिनीमा रहेको चुङ हुवा बौद्ध विहारबारे जानकारी दिँदै यसले पनि सामीप्यता बढाएको उहाँले बताउनुभयो ।त्यस्तै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष मनिष कुमार जोशीले चिनियाँ नयाँ वर्षको अवसरमा चीन सरकार र जनताको प्रगतिको कामना गर्नुभयो । समाज अहिले जनस्तरमा नेपाल र चीनबीचको सम्बन्धलाई फैलाउने उद्देश्यका साथ अघि बढेको ...
मतदाताको समस्या सुन्दै घरदैलोमै केन्द्रित छन् चुन्नप्रसाद पौडेल

मतदाताको समस्या सुन्दै घरदैलोमै केन्द्रित छन् चुन्नप्रसाद पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवलआसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलोमा पुगेका उम्मेदवारलाई जनताले आफ्ना साना–साना समस्याहरु सुनाएका छन् । उनीहरुले आफ्नो टोलको बाटोघाटो,टोलमा बत्ति, सरसफाइ, रोजगारी सिर्जना, सुकुम्बासी समस्या समाधान लगायतका समस्याहरु समाधानको प्रतिबद्धता खोजेका छन् ।नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओली यतिबेला टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । अभियानको चौथो दिन बिहिबार सैनामैना नगरपालिका वडा नम्बर ४ र २ का विभिन्न टोलमा घरदैलो कार्यक्रमका क्रममा जनताले गुनासो सुनाउदै समस्याहरुको समाधान गर्न आग्रह गरेका हुन् । घरदैलो अभियान पहिलो चरणमा मुर्गिया बजारबाट सुरु भएको थियो ।त्यहाँबाट पुकारबाल्टी हुँदै अस्नैयाडाँडा, राधाकृष्ण टोल, प्रगति टोल, शान्तिटोल, सिसौडाँडा, रन्यौरा, झारबैरा हुँदै...
रुपन्देही २मा विश्वदीपको घरदैलो, बदलिदै प्रचारशैली

रुपन्देही २मा विश्वदीपको घरदैलो, बदलिदै प्रचारशैली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवलरुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग भेटघाट एवं घरदैलो गरेका छन ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन । त्यस क्रममा मतदाताले उनलाई उत्साहित भएर निर्वाचनमा लाग्न आग्रह गरेका छन । उम्मेदवारसहित नेता कार्यकर्ताहरु झण्डा व्यानर बोकेर गीत संगीत गुञ्ज्याउँदै टोल टोलमा पुग्दा मतदाताले चासोपूर्वक विश्वदीपको उम्मेदवारीबारे जिज्ञासा राखेका थिए ।मतदातासंगको भेटमा उम्मेदवार पाण्डेले कुनै शंशय र धक नमानी आफूलाई मतदान गर्न आग्रह गर्दै जेनजीको भावना र पाको पुस्ताको अनुभव र सुझावलाई ग्रहण गरेर रुपन्देहीको विकासको खाका कोर्न आफू तयार रहेको बताएका थिए। चुनावी घरदैलो अभियानलाई निरन्तरता दिँदै आएका उनले आम मतदाताको भरोसा र विश्वास ट...
मतदाता शिक्षा प्रदानका लागि टिकटक प्रतियोगिता : उत्कृष्ट भिडियोलाई ५० हजारसम्म पुरस्कार

मतदाता शिक्षा प्रदानका लागि टिकटक प्रतियोगिता : उत्कृष्ट भिडियोलाई ५० हजारसम्म पुरस्कार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौंतपाईं टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आएको टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान दिन सक्ने महत्त्वपूर्ण अवसर छ ।निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सकिने छ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सकिन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । मतदातामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ ।यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको हो । निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्दैछ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लाग...
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् २५ प्रतिवद्धता

एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् २५ प्रतिवद्धता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरे ।एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ । विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ ।घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ सङ्कल्प सार्वजनिक गरिएको छ । अध्यक्ष ओलीले भत्काउने र जलाउने नभई बनाउने सङ्कल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुल...
मतदातालाई विष्णु पौडेलको हस्तलिखित प्रतिवद्धता : विकास-समृद्धिलाई तीव्रता दिने

मतदातालाई विष्णु पौडेलको हस्तलिखित प्रतिवद्धता : विकास-समृद्धिलाई तीव्रता दिने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलप्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदातालाई हस्तलिखित पत्रबाटै सम्बोधन गर्दै विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता जनाएका छन् । निर्वाचन क्षेत्रका मतदातालाई उनले आफ्नो तर्फबाट लिखित पत्र नै दिएर प्रचार अभियान थालेको एमाले नेता युवराज घिमिरेले जानकारी दिए । घरदैलो अभियानकै क्रममा मतदाताको नाम लेखेर उनले लिखित अपिलमार्फत विगतका उपलब्धि, वर्तमान जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा सार्वजनिक गरेर पारदर्शीता देखाउन खोजेको हुन् ।निर्वाचन परिचालन कमिटीले यसको समन्वय गरेर सम्बन्धित व्यक्तिको नामै लेखेर पुराउने अभियान थालेको घिमिरेले जानकारी दिए । पत्रमा पौडेलले सम्पूर्ण मतदाता तथा परिवारजनप्रति सम्मान व्यक्त गर्दै स्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको कामना गरेका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि...
सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र निवौचनको तयारी सम्बन्धमा छलफल हुने बताइएको छ । छलफलमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमाण्ड पोस्ट) सहितको ४ बटै सुरक्षा निकायका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिती रहेको छ । बैठक जुम माध्यम बाट सन्चालन भएको छ । ...