हिन्द महासागरमा डुङ्गा दुर्घटना हुँदा २सय५० जना बेपत्ता
काठमाडौँबंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन्।संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादेशी नागरिक परेका छन्।बीबीसीका अनुसार माछा मार्न प्रयोग हुने उक्त डुङ्गा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो। तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी यात्रु सवार रहेका कारण डुङ्गा डुबेको जनाइएको छ।
बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार ९ अप्रिलमा उनीहरूको एक जहाजले दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो।
डुङ्गा कहिले दुर्घटनामा परेको भन्ने विषय स्पष्ट नभएको बताइएको छ। रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो। सन् २०१७ मा भएको हिंसापछि उनीहरू ठूलो संख्यामा बंगलादेश पलायन भएका थिए।
म्यानमा...








