ताजा अपडेट

बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
कृष्ण अन्जान७ भदौ ,बुटवलबुटवल लेडि जेसिज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ ।मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोगवापतको रकम हस्तान्तरण गरेको हो । बुटवल लेडि जेसिजले हरितालिका तिजलाई लक्षित गरेर तिज मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् । ुुउनले तीजमा हुने रमझम र भेटघाटले ...
नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस

नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
६ भदौ ,बुटवल एमसीसी सम्झौता खारेज, तत्कालीन ओलि सरकारसँग विप्लव नेतृत्वको नेकपाले गरेको तीन बुदे सम्झौताको पालना र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ एवं केही दिनअघि मात्र आफ्नो पार्टी महासचिव लगायत  केन्द्रीय नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहित आन्दोलनमा होमिएको नेकपा सहितका ४ दलले आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न स्थानमा मसाल जुलुस गरेका छन् ।सो क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले ठाउँ ठाउँमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । सयौंको संख्यामा रहेका नेता तथा कार्याकर्ताले बुटवलको बेलवासमा मशाल जुलुस तथा नारावाजी सहित भोलिको नेपाल बन्द सफल पार्न आह्वान गरेका थिए । उक्त जुलुसको नेतृत्व बुटवल नगर इन्चार्ज  विरेन्द्र बिकले गरेका थिए । उता रुपन्देहीकै सैनामैना नगरपालिकाको बाँसगढीमा मशाल जुलुस सम्पन्न भएको छ ।...
धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

Breaking news 2, ताजा अपडेट, समाज
रुपन्देही । बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् । यस घटनामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । कुनै धर्मप्रति मानिसहरुलाई आकर्षित गर्ने नाममा भ्रामक प्रचार गर्नु दण्डनीय हुने उनको भनाइ छ । ‘भिडिओ सार्वजनिक भएपछि हामीले अनुसन्धान थालेका छौं, यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ,’ उनले नेपाल प्रेससँग भने ।विवेक सत्याल नामका व्यक्तिले सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेका हुन् । उनले ‘मरेका व्यक्तिलाई पुन: जीवित गराउँदै’ शीर्षक दिएर भिडिओ हालेका छन् । यद्यपि, भिडिओभित्र भने मरेकोलाई ब्युँताइएको दाबी कसैले गरेको छैन भिडिओमा उल्लेख भए अनुसार सो दृष्य...

वार्षिक आय र व्यय विवरण नबुझाउने पार्टी निर्वाचनमा सहभागी हुन पाउँदैन : आयोग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार
काठमाडौँ — निर्वाचन आयोगले वार्षिक आय र व्ययको विवरण नबुझाउने पार्टीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी नगराउने भएको छ । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दल दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दल मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ ।  फाइल तस्बिर । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आय व्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने बताएका छन् । उनले दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरण (अडिट रिपोर्ट) पनि अनिवार्य बुझाउनुपर्ने व्यवस्था रहेको बताए । आयोगमा दर्ता भएका दलहरूले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरूको सूची सार्वजनिक ...
चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध

चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
६ भदौ, बुटवल । ४ मंसिरको निर्वाचनअघि नै प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार-हतार दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिइएको भन्दै सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन् । स्थायी राजधानी दाङ तोकिएपछि राप्ती प्राविधिक शिक्षालय परिसरमा ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा फलामबाट अस्थायी भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले २४ वैशाख २०७८ मा ठेक्का सम्झौता गरेको थियो । पहिलो सम्झौताअनुसार चार महिनामा (०७८ साउनभित्र) भवन बनाइसक्नुपर्नेमा काममा ढिलाइ भएपछि प्रदेश सकारकाले निर्माण कम्पनी नै परिवर्तन गरेर भवन निर्माणलाई छिटो सक्ने गरी अर्को सम्झौता गरेको थियो, जसअनुसार असोज मसान्तभित्र काम स...
झाक्रीद्धारा गुल्मी  २ बाट चुनाब लड्ने घोषणा ,झुटा आश्वासनले गुल्मीका जनता आजित भएको हुदा आफुले जित्ने दावी

झाक्रीद्धारा गुल्मी २ बाट चुनाब लड्ने घोषणा ,झुटा आश्वासनले गुल्मीका जनता आजित भएको हुदा आफुले जित्ने दावी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, स्थानीय
५ भदौ, गुल्मी । नेपाल एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेकी छन् ।आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने बताइन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस्’, उनले भनिन् ।झुटा आश्वासनले गुल्मीका जनता आजित भएकाले विकल्प खोजेको भन्दै उनले त्यसको छिनोफानो मंसिर ४ को निर्वाचनले गर्ने बताइन् । एमालेतर्फ संकेत गर्दै उनले ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा’ भएपछि छटपटी बढेको सुनाइन् ।गुल्मी २ का बहालवाला सांसद गोकर्ण विष्ट नेकपा एमालेका सचिव हुन् । पछिल्लो चार वटा चुनाव लडेका विष्ट पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाहेक...
साउनमा दैनिक ५ करोड ९३ लाखको बिजुली भारत निर्यात

साउनमा दैनिक ५ करोड ९३ लाखको बिजुली भारत निर्यात

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिना साउनमा नेपाल विद्युत् प्राधिकरणले औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले चालु आवको साउन महिनामा कुल १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरेको हो । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत्‌ गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्...
एमालेद्धारा अग्रज योद्वाहरु सम्मानित

एमालेद्धारा अग्रज योद्वाहरु सम्मानित

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान, गुल्मी । नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन अग्रजहरुकाे याेगदान प्रमुख रहेकाे आईतबार गुल्मीकाे थाेर्गामा आयाेजित कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन ।नेकपा एमाले रुरुक्षेत्र ३ वडा कमिटिले आयाेजना गरेकाे जेष्ठ कम्युनिस्ट कार्यकर्ताहरुका सम्मान र अभिनन्दन कार्यक्रममा बाेल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दिनेश पन्थीले नेपालमा वामपन्थीहरुकाे विरासत कायम गर्न अग्रज हरुकाे ठुलाे याेगदान रहेकाे बताए । यसरी अग्रजहरुलाई सम्मान र अभिनन्दन गरेर एमाले वडा कमिटीले उदाहरणीय काम गरेकाे र अरु ठाउले पनि सिक्नु पर्ने उनले धारणा राखे ।कार्यक्रममा बाेल्दै नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य कमल राज श्रेष्ठले निरंकुश कालरात्रिमा आफ्नो घरमा आश्रय दिने, लुकाउनेसँगै खान बस्न दिएर वामपन्थी आन्दोलनलाई मलजल गरेका अग्रजहरु सम्मानका पात्र भएकाे बताए । कार्यक्रममा थाेर्गाका पाक...
जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ भदौ, बुटबल ।साविक गुल्मीको अर्खले गाविस वार्ड न २ बाल्काटे र अत्तरकाडा सेरोफेरो बाट रुपन्देहिमा विभिन्न पेशा व्याबसाय गरि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने छिमेकी दाजुभाई तथा दिदीबहिनीहरूको भेला सम्पन्न भएको छ । भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफु बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन, भातृत्व लाई अझै नजिक ल्याउन ,सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित बाल्काटे अत्तरकाडा सेरोफेरोमा जन्मिएका व्याक्तिहरु जम्मघटभै छलफल भएको छ । जन्मभूमि प्रतिको माया र कर्तव्यलाई अगाडि बढाउँदै बेलाबेला भेटघाट गर्ने सानो सानो सहयोग संकलन गर्ने र दुखसुखमा हातेमालो गरेर अगाडि बढ्ने उदेश्य सहित भेला आयोजना गरिएको बताइएको छ । जन्म भुमी प्रतिको लगाव ,एकताको आधार भन्ने भनाइलाई सार्थक तुल्याउन भाद्र ४ गते शनिबार बसेको समाजको भेलाले विभिन्न निर्णयहरु गरेको छ ।ब...
गुल्मीमा एक महिलाको कंकाल फेला

गुल्मीमा एक महिलाको कंकाल फेला

Breaking news 1, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ। इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए। आज बिहान १० बजे गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए। अन्दाजी ६० वर्षीया महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुँवरले जानकारी दिए । शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान हुन नसकेको जनाएको छ । अहिले घटनास्थलमा हस्तिचौर प्रहरी चौकीका प्रहरीले अनुसन्धान गरिरहेका छन्। ...