ताजा अपडेट

गुल्मीमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

गुल्मीमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी । चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ । हिन्दुहरुको महान पर्व दशैं–तिहारको समयमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्ष स्थापना गरेका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी शंकर पोखरेलले दिएको जानकारी अनुसार जिल्लाको सदरमुकाम रेसुंगा नगरपालिका तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा, मुसिकोट नगरपालिकाको वामी बसपार्क क्षेत्र, रुरुक्षेत्र गाउँपालिकाको रिडी बसपार्क, छत्रकोट गाउँपालिकाको श्रृङ्गा र यातायातका साधन तथा यात्रुहरुको बढी चाप हुने मुख्य स्थानमा नागरिक सहाय...
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ। नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो। भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए। भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए। त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले बताए। उनका अनुसार आगामी कात्तिक मसान्...
दुई महिनामा दुई अर्बको गलैंचा निर्यात

दुई महिनामा दुई अर्बको गलैंचा निर्यात

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै करिब २ अर्ब रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । दुई महिनामा १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँको ७० हजार ९६४ स्क्वायर मिटर गलैंचा निर्यात भएको भन्सार विभागको तथ्यांक छ । रकमका आधारमा यो गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ५.४ प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ ।  तर परिमाणका आधारमा भने गलैंचा निर्यात २.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँको ७३ हजार ९७ मिटर गलैंचा निर्यात भएको विभागको तथ्यांक छ । सरकारको नीतिका कारण गलैंचा निर्यात घटेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ ।सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटबाट गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि यह...
दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कुष्माण्डाले शरणमा आएक...
बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल । दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति  आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ ।  दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन । अहिले सो क्षेत्रमा सफाईको काम भईरहेको छ । पानीको सहज निकास नहुदा यस अघि पनि अमरपथमा लेदो सहितको भल पसेको थियो । ...
दाउन्ने सडक एकतर्फी खुल्यो

दाउन्ने सडक एकतर्फी खुल्यो

Breaking news 2, ताजा अपडेट, समाचार
 शुक्रबार साँझदेखि अवरुद्ध रहेको दाउन्ने सडकएकतर्फी संचालन भएको छ ।जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि अवरुद्ध रहेको सडक विहान साढे ९ बजेदेखि देखि एकतर्फी सुचारी भएको हो । प्रहरीले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताएको छ । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ । शुक्रबार साझँ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारीको ठुलो जाम लागेको छ । एकतर्फी मात्र सडक संचालन भएकोले रोकिएको जाम खुल्न घन्टौं लाग्ने देखिएको छ ।  यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो ...
वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा : नेकपा बहुमत

वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा : नेकपा बहुमत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 बुटवल धर्मेन्द्र वास्तोला नेतृत्वको ने.क.पा(बहुमत) ले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै हाल देशमा भैरहेका हरेक प्रकारका अनियमितता र बेतिथीको बिरोध गर्दै राज्यले त्यसतर्फ ध्यान दिन नसकेको आरोप लगाएको छ । नेकपा (बहुमत) पुर्वी लुम्बिनी कमाण्डर पश्चिम कमाण्डले पत्रकार सम्मेलन गर्दै मिटरब्याजी र लघुबित्तको लुट र ज्याजती बिरुद्ध राज्यले उचित निर्णय नलिय  आफ्नो पार्टीले “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा” गर्दै प्रतिरोधमा उत्रने बताएको छ । पत्रकार सम्मेलन कार्यक्रममा आफ्नो पार्टीको धारणा राख्दै नेकपा (बहुमत) लुम्बिनी पुर्वी कमाण्ड इन्चार्ज बिनोद मरासीनीले ब्युरो भित्रका सबै जिल्लामा भ्रष्टाचार, अनियमितता,महङ्गी लगायतको बिषयमा ध्यानाकर्षण गर्दै...
११ करोड ४३ लाख रुपैयाँ बराबरको ८ किलो सुनसहित २ जना पक्राउ

११ करोड ४३ लाख रुपैयाँ बराबरको ८ किलो सुनसहित २ जना पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 जिल्ला  प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौंडा-१५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरु सवार वाग्मती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको हो । सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक खड्...
शंकरनगर खानेपानी संस्थाको साधारण सभा सम्पन्न

शंकरनगर खानेपानी संस्थाको साधारण सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिबार तिलोत्तमा रूपन्देहीमा सम्पन्न भएको छ। साधारण सभामा सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांडले जलस्रोतको विश्वमै दोस्रो धनी देश नेपाल रहेकोले अबको अभियान पानीबाट समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनुपर्ने बताए। तिनै तहका सरकारको सहकार्यबाट पानीलाई महत्व दिदैं अगाडि बढ्नुपर्ने बताए ।अहिले विविध कारणले पानीका स्रोतहरु क्रमश घट्दै गएको र यसको संरक्षणका लागि वृक्षारोपण ,तलाउ निर्माण, सोक्ताकाे उचित व्यवस्थापन जस्ता स्रोतहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताए । वक्ताहरूको भनाइलाई सम्बोधन गर्दै उनले तिलोत्तमा नगरभित्रका खानेपानी संस्थाहरूको महसुलमा एकरुपता ल्याउने ,खानेपानी संस्थाहरुको कार्यक्षेत्र निर्धारण गर्ने र नयाँ संस्था सुचारु गर्नुभन्दा स्थापित संस्थाहरुलाई टेवा दिंदा आर्थिक...
दसैँको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

दसैँको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्त...