शंकरनगर खानेपानी संस्थाको साधारण सभा सम्पन्न


बुटवल

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिबार तिलोत्तमा रूपन्देहीमा सम्पन्न भएको छ। साधारण सभामा सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांडले जलस्रोतको विश्वमै दोस्रो धनी देश नेपाल रहेकोले अबको अभियान पानीबाट समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनुपर्ने बताए। तिनै तहका सरकारको सहकार्यबाट पानीलाई महत्व दिदैं अगाडि बढ्नुपर्ने बताए ।अहिले विविध कारणले पानीका स्रोतहरु क्रमश घट्दै गएको र यसको संरक्षणका लागि वृक्षारोपण ,तलाउ निर्माण, सोक्ताकाे उचित व्यवस्थापन जस्ता स्रोतहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

वक्ताहरूको भनाइलाई सम्बोधन गर्दै उनले तिलोत्तमा नगरभित्रका खानेपानी संस्थाहरूको महसुलमा एकरुपता ल्याउने ,खानेपानी संस्थाहरुको कार्यक्षेत्र निर्धारण गर्ने र नयाँ संस्था सुचारु गर्नुभन्दा स्थापित संस्थाहरुलाई टेवा दिंदा आर्थिक भार कम हुने हुनाले आफूले योजना बनाएको बताए ।देशकै उत्कृष्ट खानेपानी संस्था हुन सफल भएकोमा संस्थामा आबद्ध सबैलाई बधाई तथा शुभकामना दिए। उनले नेपालमा ५६ वर्षपछिको ठूलो वर्षा भएकोले यसबाट प्रभावितहरुलाई साथ सहयोग गर्नुपर्ने र आगामी समयमा पनि यस्ता विपत्ति आउन सक्ने हुनाले तिलोत्तमा नगरले आपतकालीन सेवा केन्द्र स्थापना गरेको बताए ।

खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ रुपन्देहीका अध्यक्ष धुर्वकुमार धितालले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था नमुनाको रूपमा अगाडि बढेको र यसलाई अगाडि बढाउन महासङ्घ जिल्ला शाखाले सक्दो साथ सहयोग गरिरहेको बताए । उनले अहिले खानेपानी संस्थाहरूको महसुलमा एकरुपता ल्याउन प्रयास गरिरहेको बताए ।नागरिकले खानेपानी संरक्षणका लागि वृक्षारोपण ,पोखरी निर्माण ,साेक्ताको उचित व्यवस्थापन जस्ता कुराहरूमा गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तिलोत्तमा नगर अध्यक्ष हरिलाल पाण्डेले नगरपालिकाले खानेपानी संस्थाहरूको कार्यक्षेत्र निर्धारण गरेमा विवाद नआउने बताए । नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेले नगरभित्रका खानेपानी संस्थाको महसुलमा एकरुपता ल्याउनुपर्ने वताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगर अध्यक्ष बेलप्रसाद शर्मा ,राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर अध्यक्ष राधिका श्रीष, राष्ट्रिय प्रजातन्त्र पार्टी तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डे ,नेकपा एकीकृत समाजवादी पार्टी तिलोत्तमा नगर सचिव विजय दाहाल, तिलोत्तमा नगर वार्ड नं २ का वडाध्यक्ष डिल्लीराज भट्टराई, आनन्दवन सामुदायिक वन तथा उपभोक्ता समूहका अध्यक्ष किशोर सुवेदी ,शङ्खनगर सामुदायिक वन तथा उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेत , खानेपानीका पुरुष पार्षदहरूको प्रतिनिधि मनिराम भट्टराई ,महिला पार्षदहरूको प्रतिनिधिबाट संगीता गाैतमले वाेल्दै संस्था उत्कृष्ट रहेको र थप प्रगति गर्न शुभकामना दिँदै ,वर्षाले देशभर बनाएको विपत्तिमा मलहमपट्टि वन्न सबैलाई आग्रह गरे ।

खानेपानी संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा संस्थाका महत्वपूर्ण कामहरू भवन निर्माण, २५ औँ रजत महोत्सव भव्य रुपमा सम्पन्न गरेको ,हरियाली पार्क निर्माण ,राजमार्गमा बायो शौचालय निर्माण ,नयाँ उपभोक्तालाई निःशुल्क खानेपानी मिटर वितरण, संस्थाको वेबसाइट निर्माण लगायतका धेरै कामहरु सम्पन्न गरेर अगाडि बढेको बताए।

संस्थाका उपाध्यक्ष केशवप्रसाद शर्मा तिवारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा खानेपानी र संस्थाको विषयमा प्रकृति बस्यालले उत्कृष्ट गीत प्रदर्शन गरेकी थिइन् साथै उनलाई संस्थाले सम्मान पनि गरेकाे थियाे। संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेकाे थियाे । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कमला ज्ञवालीले गरेकी थिइन्।

छुटाउनुभयो कि ?

देशका धेरैजसो ठाउँमा वर्षा

देशका धेरैजसो ठाउँमा वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।  पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा...
विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिसमक्ष प...
रास्वपाको प्रदेश अधिवेशन आजदेखि

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

काठमाण्डौ - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महा...
स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

गुल्मीगुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानं ८ मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालय स्थापना भएको पाँच बर्षमै अस्तित्...