गुल्मीमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना


गुल्मी । चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ ।

हिन्दुहरुको महान पर्व दशैं–तिहारको समयमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्ष स्थापना गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी शंकर पोखरेलले दिएको जानकारी अनुसार जिल्लाको सदरमुकाम रेसुंगा नगरपालिका तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा, मुसिकोट नगरपालिकाको वामी बसपार्क क्षेत्र, रुरुक्षेत्र गाउँपालिकाको रिडी बसपार्क, छत्रकोट गाउँपालिकाको श्रृङ्गा र यातायातका साधन तथा यात्रुहरुको बढी चाप हुने मुख्य स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

सहायता कक्षको शुभारम्भ गर्दै गुल्मीबाट बुटवल छुट्ने बस चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामनासहित बिदाइ गरिएको जानकारी डिएसपी पोखरेलले दिनुभयो ।

नागरिक सहायता कक्षको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रहरीले संचालन गरेको सहायता कक्षबाट जनचेतनामूलक र अन्य सहयोग उपलब्ध हुने भएकोले नागरिकले यात्रा गर्दा अनावश्यक झन्झट भोग्नुपर्ने, लुटिने, कुटिने र यातायातका साधनलाई भाडा बापत चर्को रकम दिनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिनुभयो ।

नागरिकहरुको सहज र सुरक्षित यात्राका लागि प्रहरीले जिल्लामा रहेका यातायात व्यवसायी संघ, संस्थासँग र यात्रु समन्वय गरि सहज वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

यो अवधिमा प्रहरीले ओभरलोड, मादक पदार्थ सेवन र नागरिकले राखेका समस्या तथा गुनासाहरु, नियमानुसार यात्रु ब्यवस्थापन लगायतका ट्राफिक नियमका क्षेत्रलाई कडा निगरानीका साथ कार्यन्वयन गरिने बताउदै डिएसपी पोखरेलले दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्याधिक भिडको मौका छोपेर नगद तथा जिन्सी चोरी हुन सक्ने भएकोले सचेत रहन समेत सबैलाई आग्रह गर्नुभयो ।

यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि प्रहरीले समय समयमा जनचेतनामूलक सन्देश प्रवाहका साथै कक्षबाट चौविसै घण्टा संचालन गरिने ट्राफिक कार्यालय गुल्मीका प्रमुख लिल बहादुर कुँवरले बताउनुभयो ।

छुटाउनुभयो कि ?

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। ...
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...