गुल्मीमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना


गुल्मी । चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ ।

हिन्दुहरुको महान पर्व दशैं–तिहारको समयमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्ष स्थापना गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी शंकर पोखरेलले दिएको जानकारी अनुसार जिल्लाको सदरमुकाम रेसुंगा नगरपालिका तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा, मुसिकोट नगरपालिकाको वामी बसपार्क क्षेत्र, रुरुक्षेत्र गाउँपालिकाको रिडी बसपार्क, छत्रकोट गाउँपालिकाको श्रृङ्गा र यातायातका साधन तथा यात्रुहरुको बढी चाप हुने मुख्य स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

सहायता कक्षको शुभारम्भ गर्दै गुल्मीबाट बुटवल छुट्ने बस चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामनासहित बिदाइ गरिएको जानकारी डिएसपी पोखरेलले दिनुभयो ।

नागरिक सहायता कक्षको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रहरीले संचालन गरेको सहायता कक्षबाट जनचेतनामूलक र अन्य सहयोग उपलब्ध हुने भएकोले नागरिकले यात्रा गर्दा अनावश्यक झन्झट भोग्नुपर्ने, लुटिने, कुटिने र यातायातका साधनलाई भाडा बापत चर्को रकम दिनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिनुभयो ।

नागरिकहरुको सहज र सुरक्षित यात्राका लागि प्रहरीले जिल्लामा रहेका यातायात व्यवसायी संघ, संस्थासँग र यात्रु समन्वय गरि सहज वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

यो अवधिमा प्रहरीले ओभरलोड, मादक पदार्थ सेवन र नागरिकले राखेका समस्या तथा गुनासाहरु, नियमानुसार यात्रु ब्यवस्थापन लगायतका ट्राफिक नियमका क्षेत्रलाई कडा निगरानीका साथ कार्यन्वयन गरिने बताउदै डिएसपी पोखरेलले दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्याधिक भिडको मौका छोपेर नगद तथा जिन्सी चोरी हुन सक्ने भएकोले सचेत रहन समेत सबैलाई आग्रह गर्नुभयो ।

यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि प्रहरीले समय समयमा जनचेतनामूलक सन्देश प्रवाहका साथै कक्षबाट चौविसै घण्टा संचालन गरिने ट्राफिक कार्यालय गुल्मीका प्रमुख लिल बहादुर कुँवरले बताउनुभयो ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...