ताजा अपडेट

बुटवलबाट ३ किशोर हराए, अपहरणमा परेको आशंका

बुटवलबाट ३ किशोर हराए, अपहरणमा परेको आशंका

Breaking news 1, ताजा अपडेट, समाचार
रुपन्देही । बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी वेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कबिहीन भएका हुन् । नबिन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ । सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गएपनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए । वेपत्तामध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरुलाई अज्ञातस्थलमा राखिएको जानकारी दिएका छन् । उनको आफूहरुलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस खुलेको म्यासेजमा लेखेपनि त्यसपछि कुनै सम्पर्क भ...
रेसुङ्गा क्याम्पसद्धारा अध्यापक र कर्मचारी कटौती

रेसुङ्गा क्याम्पसद्धारा अध्यापक र कर्मचारी कटौती

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी — गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकटका कारण ९ जना अध्यापक र कर्मचारीलाई हटाएको छ । क्याम्पस सञ्चालक समितिको शनिबार बसेको बैठकले ७ जना अध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो ।समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उपप्राध्यापकहरू ढुण्डिराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे, गोविन्द गौतमलाई अवकास दिएको छ । त्यस्तै कर्मचारीहरूमा लाइब्रेरीयन लोकनाथ गौतम र स्टोर पिताम्बर मरासिनीलाई पनि अवास दिएको छ । त्रिभुवन विश्वविद्यालयको नियम अनुसार १० जनाभन्दा कम विद्यार्थी भएको अवस्थामा कक्षा चलाउन नपाइने भएकाले विद्यार्थी संख्या कम भएका प्राध्यापकलाई अवसका दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । ‘विश्वविद्यालयको नियमअनुसार उहाँहरूको कक्षा चल्न नसक्ने अवस्थामा अनिवार्य अवकास दिइएको हो ’, भलाम...
सुखि नेपाली र समृद्ध नेपाल बनाउन एमालेलाई जिताउन आवस्यक ,एमाले नेता श्रेष्ठ

सुखि नेपाली र समृद्ध नेपाल बनाउन एमालेलाई जिताउन आवस्यक ,एमाले नेता श्रेष्ठ

ताजा अपडेट, समाचार
कृष्ण अन्जानरिमुवानेकपा एमालेले हरेक पटक सरकारमा जाँदा शुरु गरेका जनपक्षीय कामहरुले अत्तालिएर देशी विदेशी तत्वहरको षडयन्त्रले सरकारबाट बाहिरिनु परेको नेकपा एमालेका नेता कमल राज श्रेष्ठले बताउनु भएको छ ।नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीको सँयोजन र रुरुक्षेत्र ६ रिमुवा वडा कमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले नेकपा एमालेको सरकारले आफ्नो सरकार हुँदा विकास निर्माण सामाजिक सुरक्षा लगाएतका यावत विषयमा जनमुखि काम गरेको बताउँदै गठबन्धन सरकार बनेपछि मात्र भागवण्डामा रुमल्लिनु बाहेक कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो ।देशी विदेशी शक्ति हरुको षडयन्त्रका कारण जनादेश लाई एकातिर मिल्क्याएर परमादेशबाट बनेको गठबन्धनको सरकार भन्ने कुरा पाप धुरीबाट कराउँछ भने झैँ प्रमाणित भएको बताउँदै उनले समृद्ध नेपाल र शुखी नेपा...
सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

ताजा अपडेट, समाचार, स्थानीय
२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ ।नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ ।आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा दैनिक १२ लाखभन्दा बढी थान मतपत्र छाप्न सक्ने क्...
भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

खेलकुद, ताजा अपडेट, समाचार
२२ भदौ, काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ । श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम १२ बलमा २१ रन चाहिएको अवस्थामा पनि श्रीलंकाले जित निकाल्न सफल भयो । अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन आवश्यक थियो भने तीन बलमा तीन रन नै चाहिएको थियो । यो अवस्थामा चौथो बलमा श्रीलंकाले एक रन लियो । अब २ बलमा २ रन आवश्यक रह्यो । पाँचौ बलमा श्रीलंकाले २ रन लियो र एक बल बाँकी हुँदै रोमाञ्जित जित निकाल्यो ।श्रीलंकाको जितका लागि कुश...
रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
गुल्मी । आर्थिक रुपमा थला पर्दै गएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस भित्रको वेथिती अन्त्य गर्न क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामी निर्मम बन्ने संकेत देखाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै त्यस्तो संकेत देखाएका हुन् । भलामीले राजनीतिक नियुक्ती जस्तो गरि प्राध्यापक र कर्मचारी भर्ना हुने , सञ्चालक समिति पनि राजनैतिक भागबण्डा मै चुनिने भएकोले क्याम्समा बेतिथी आएको धारणा राखे ।उनले भने– ‘यहाँ भित्रका बेथिती र अनुत्तरदायि प्रबृत्ति देखिएको पाईयो, त्यसको अन्त्य गर्दै क्याम्पसलाई पुरानै लयमा होईन, नयाँढंगबाट सञ्चालन गर्नका लागि हामी निर्मम बन्न तयार छौं र हामी भन््न चाहन्र्छा कि राजनीतिक कोट र जुत्ता गेट बाहिरै निकालेर विद्यार्थी पढाउन क्याम्पस छिर्नुस ।” ७ महिना देखिको प्राध्यापक कर्मचारीहरुको झण्डै डेढ करोड रुँपैयाँ तलव खुवाउन नसकेको कारण देखाउँदै गत साउन २...
वर्गीय मायाले भेट भोनि हाम्रो फेरी ।

वर्गीय मायाले भेट भोनि हाम्रो फेरी ।

ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जान ,गुल्मी नेकपा एमाले गुल्मीको पार्टी कार्यालय तम्घासमा साेमवार बिहानै देखि चहल पहल छ ।त्यसाे त एमाले पार्टी कार्यालय तम्घासमा यसै पनि चहल पहल भई रहन्छ तर याे चहलपहलकाे प्रयाेजन बेग्लै छ । अघिल्लाे दिननै एमाले गुल्मीका शिर्ष नेताहरु तम्घास पुगि सकेका थिए भने उम्मेदवार चयनका विषयमा एमालेले जिल्ला कमिटीकाे बैठक आयाेजना गरेकाले एमाले कार्यकर्ताहरुकाे चहल पहल नहुने कुरे भएन । अझ त्यसैमा पनि एमालेबाट बिभाजन भएर गएका हस्तिहरु सँघिय र प्रादेशिक निर्वाचनकाे चहल पहल बढिरहँदा एमालेलेमै फर्किने तयारीले एमाले गुल्मी उत्साहित हुनु स्वाभाविक थियाे । यसै बिच पार्टी कार्यालयमा आयाेजित विशेष समारोहका बिच नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको सनसनी पुर्ण कार्यक्रम शुरुभयाे । एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्...
गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस

गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
sanchar patra १९ भदौ, गुल्मी । नेकपा एमालेले गुल्मी क्षेत्र नम्बर–१ मा प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको रिडीमा बसेको भेलाले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए । ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका छन् । उनी ०७० सालमा भने नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँग पराजित भएका थिए । गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले क्षेत्र नम्बर–२ को भेलाले गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । सिफारिस भएकामध्ये बिष्ट ३ पटकसम्म निर्वाचित सांसद हुन् । बिष्ट ०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन...
गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभा र्निवाचनका लागि नेकपा एमाले बाट ज्ञवाली सर्वसहमत सिफारिस

गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभा र्निवाचनका लागि नेकपा एमाले बाट ज्ञवाली सर्वसहमत सिफारिस

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान१९ भदौ, रिडीबजार गुल्मीमंसिर चारमा संघिय र प्रदेश निर्वाचनलाई लक्षित गरि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले निर्वाचन क्षेत्र समन्वय कमिटी बैठक गुल्मी जिल्लामा आयोजना गरेको छ ।भाद्र १८ गते गुल्मी निर्वाचन क्षेत्र न २ को समन्वय समिति बैठक सम्पन्न गरि क्षेत्र न १ को निर्वाचन क्षेत्र समन्वय कमिटीले बैठक भाद्र १९ गते रुरुक्षेत्रको रिडीबजारमा आयोजना गरेको छ ।निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र १ को बैठकमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप कुमारी ज्ञवालीले गठबन्धनको भयको मनोविज्ञानबाट मुक्त हुँदै निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन ।उनले परमादेश बाट कसरी एमालेलाई सत्ताबाट हटाईयो भन्ने कुरा पापधुरीबाट कराउँछ भनेझै सर्वोच्च अदालत जस्तो ठाउँमा सेटिँग गरिएको कुरा बाहिर आएको नेता प्रदिप ज्ञवालीले बताए ।गठबन्धनले जित्दा देश दुर्घटनामा जाने हुँदा राष्ट्रिय स्वाभिमान कायम ...
३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, स्थानीय
१८ भदौ, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकका कारण बिहीबार विहान ९ बजे उड्नुपर्ने यति एयरलाइन्सको विमान आधा घण्टा ढिला साढे नौ बजे गन्तव्यतर्फ जान पायो । अवतरण हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान थियो । २ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ । यो अन्तर्राष्ट्रिय विमानस्थलको साख त्यही जजिराका साप्ताहिक ३ उडानले थेगेको छ । त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । जमिनको मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी लागतको यो विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र र अगाडि पार्किङ क्षेत्रमा कमिला दौडने गरेको भैरहवाका व्यवसायीहरु बताउँछन् । ...