ताजा अपडेट

विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत

विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डौ १७ चैत्र – विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका लागि स्वीकृत गरिएको विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपालमा पुल पूर्वाधारले दुर्गम र सहरी समुदायको जीवनयापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवम् जलवायुजन्य जोखिमले यस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका लागि वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।      ...
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

Breaking news 1, ताजा अपडेट, समाचार
१७ चैत, काठमाडौं । गत शुक्रबार (चैत्र १५) काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो । सो दिनको अराजक गतिविधिबाट निजी सम्पती लगायतका सरकारी सम्पतीमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्यतथ्य छानविन गरी संलग्न जो सुकैलाई पनि कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ...
म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

Breaking news 1, ताजा अपडेट, विदेश, समाचार
म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ । आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ । ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार र थाइल्याण्डमा क्षति गरेको छ । १७ लाखभन्दा धेरै मानिसका घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धारका सामग्री पुर्‍याउने काममा समेत समस्या भएको बीबीसीले जनाएको छ ।    ...
आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ १७ चैत्र – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । हिजो अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए । गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो । मुम्बईको यो लगातार दोस्रो हार हो । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो ख...
मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड वुटवलले ६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शनिबार बुटवलको वडा नम्बर ११ बुद्धनगर मा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ्य शिविरले सहकारीका सदस्य तथा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने र रोग लुकाउँदा पछि बढी जोखिम हुन्छ भन्ने प्रशिक्षणका गराउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो। करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको हुनाले रा...
पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने

पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ १६ चैत्र – नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ । पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गर्ने महासङ्घले जनाएको छ । यस्तै महासङ्घले स्थापना दिवसका अवसरमा आजका लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । ‘स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोध शभाको रूपमा मनाउने’ महासङ्घका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सबै कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न समेत महासङ्घले अनुरोध गरेको छ । ...
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु

हट्यो तीनकुने क्षेत्रको कर्फ्यु

Breaking news 2, ताजा अपडेट, समाचार
१६ चैत, काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो । ...
दुर्गा फरार, रविन्द्र र धवल प्रहरी नियन्त्रणमा

दुर्गा फरार, रविन्द्र र धवल प्रहरी नियन्त्रणमा

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१६ चैत, काठमाडौं । राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका उच्च तहका नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ । प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी राति अबेरसम्म पनि भेटिएका छैनन् ।प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ । ...
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।‘राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ । कर्फ्यु पनि लाग्दैछ’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।५/१० जनाको समूह जम्मा हुने र जत्तातत्ते आगो लगाउँदै हिँड्ने गरेको देखिएको गृहले जनाएको छ । ...
तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

Breaking news 1, ताजा अपडेट, स्थानीय
१५ चैत, काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् । ...