Breaking news 3

नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलपश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड गोली चलाएको हो। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड फायर गरिएको हो। घटनाका क्रममा प्रहरीले १५८ ग्राम खैरो हेरोइन बरामद गरेको ब्यूरो स्रोतले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। ...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समिति परिवारले तीज मिलन तथा दर खाने कार्यक्रम स्थगित गरी कार्यक्रमका लागि छुट्याइएको रकम राहत तथा उद्धार कार्यमा सहयोग गरेको छ।समितिले तीज मिलन तथा दर खाने कार्यक्रमका लागि छुट्याइएको ११ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उत्सवका लागि छुट्याइएको रकम मानवीय सेवामा समर्पण गरिएको संघले जनाएको छ।समितिले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोग गरिएको बताएको छ। “उत्सवभन्दा ठूलो मानवता” भन्ने भावनाका साथ गरिएको उक्त सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि ...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए। उनका अनुसार बाढीमा परी मृत्यु भएका व्यक्तिका शव नदीले बगाएर नवलपरासीका विभिन्न क्षेत्रमा पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा पनि तीन महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ। प्राप्त शवहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको छ। ...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा तत्काल राहत तथा उद्धारका कामलाई प्राथमिकता दिन रकम सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विपद्को यो अवस्थामा स्थानीय सरकारको पहिलो जिम्मेवारी प्रभावित नागरिकको उद्धार र राहत भएकाले उपमहानगरपालिकाले आफ्नोतर्फबाट सहयोगको पहल थालेको बताएका छन्। उनका अनुसार विपद्का बेला सबै पक्ष एकजुट भएर प्रभावित परिवारको साथमा उभिन आवश्यक छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने...
भारतले थप ३७.५ टन राहत सामग्री पठायो

भारतले थप ३७.५ टन राहत सामग्री पठायो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंभारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ । भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो विमान नेपालका लागि उडिसकेको जानकारी दिएका छन् । उनका अनुसार विमानमा ३७.५ टन विपद् उद्धार सामग्री, औषधि तथा खाद्य सामग्री रहेका छन् ।जयशंकरले भारत नेपालका सम्बन्धित अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै नेपालमा जारी राहत तथा उद्धार कार्यलाई भारतले निरन्तर मजबुत सहयोग गर्ने बताएका छन् ।भारतले यसअघि गएराति १० टन मानवीय सहायता तथा आवश्यक औषधि पठाएको थियो । ...
लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो । मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नविन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार लुम्बिनी प्रदेशमा कृयासिल १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज (भदौ ९ गते) एक सूचना जारी गर्दै मुस्लिम आयोगको जानकारी अनुसार यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते परेकाले आज बिदा दिइएको जनाएको छ। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता अनिन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैबिच, गृह मन्त्रालयले मोहम्मद जयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ । ...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत् ६० दिनभित्र विद्यालय/विश्वविद्यालयबाट दलीय विद्यार्थी संचरना हटाउने घोषणा गरिएको हो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्ने उक्त कार्यसूचीमा भनिएको छ। त्यस्तै, विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार निकाल्ने कार्यसूचीमा उल्लेख छ। विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आ...
गाडीको ठक्करबाट गुल्मीका आमाछोरीको मृत्यु

गाडीको ठक्करबाट गुल्मीका आमाछोरीको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । ...
बाँदर धपाउने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु

बाँदर धपाउने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मीबाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो। स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट बाँदर धपाउने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेकी पाण्डे गम्भीर घाइते भएकी थिइन्। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते पाण्डेको तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्‍याएको थियो। गुल्मी अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। ...