Breaking news 3

शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत

शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत

Breaking news 3, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई विद्यालयले स्वागत तथा सम्मान गरेका छन्। बुटवलकाे स्कलर्स हाेम बाेर्डिङ्ग सेकेण्डरी स्कुलमा नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ। शुक्रबार विद्यालयका सह प्राचार्य टीकाराम गाैतमले शैक्षिक सफलताकाे कामना संगै खादा तथा टीका लगाई नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नु भयोे । विद्यालयमा कक्षा ४देखि १०सम्म विद्यार्थीकाे चाैतर्फि विकासको लागि विविध कार्यक्रम गर्ने गरि विभिन्न समूहमा सदन विभाजन समेत गरिएको थियाे । विद्यालयका संयाेजक शिक्षकहरु शाेभारानी प्रधान ,अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री , नेत्रप्रसाद भट्टराई ,सावित्रा पन्थी, सिर्जना गाैतम ,दिलकुमारी उपाध्याय लगायतले वाेल्दै विद्यालयले अध्यायन संगै खेलकुद,नाचगान,भाेकल, विज्ञानप्रविधि लगायतका विभामा विद्यार्थीहरुकाे ...
म हारेको मान्छे ……. !

म हारेको मान्छे ……. !

Breaking news 3, पत्रपत्रिका, लेख रचना
हरि पथिक, रुपन्देही म कैंय्यौ पटक हारेको मान्छे पटके दर्जनौं हण्डर ठक्करले घोटिएको मान्छे पचासौं घात प्रतिघातले डामिएको मान्छे जेल नेल हत्कडी र निरंकूश दमन बेहोरेको एक भुक्तभोगी ! फगत एक आस्था हेतु पटक-पटक मरेर पनि अपबाद स्वरुप बाँचिरहेको मान्छे एक आदर्श निंति कैंय्यौं उत्सर्ग गरेको मान्छे समस्टीगत न्याय खातिर जीवनकै आहूती दिन तंतयार मान्छे अदम्य स्वाभिमान रक्षार्थ बलिबेदीमा चढ्न पनि शुरिएको मान्छे निजी भोकभन्दा राष्ट्रिय भोकलाई नै आफ्नो भोक ठानें तर स्वयं कतिपटक आफै ठगिएँ बिश्वाशघाती जालझेलमा फस्न पुगें अनुचित प्रपन्चको परिबन्दमा कैद भएँ यसरी नै निरन्तर हारिरहें हार जीतका यी अभिनयहरूमा अनपेक्षित यो रण मैदानमा यसरी नै म हारिरहें , हारिरहें-हारिरहें ! हारजीतका यी लडाईंहरूमा प्राय: स्वयंलाई नै हराइरहें ! सुकोमल भाबुकता र...
पाल्पामा जिप दुर्घटना ३ जनाको ज्यान गयो

पाल्पामा जिप दुर्घटना ३ जनाको ज्यान गयो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा सोमबार राती जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।  सर्वोत्तम सिमेन्टको खानी नजिकै जिप १५० मिटर तल खस्दा स्थानीय दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको मृत्यु भएको हो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्। उनीहरुको तानसेन मिसन अस्पतालमा उपचार भएको छ । ...
बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्टकोलागि लुम्बिनीमा छलफल

बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्टकोलागि लुम्बिनीमा छलफल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
भैरहवा विगतका बर्षमा झै यस बर्ष पनि लुम्बिनीमा बौद्ध अन्तराष्ट्रिय ट्राभल्स मार्ट (बिआईटिएम) हुने भएको छ । आगामि जेष्ठ ९ , १० र ११ गते दिन काठमान्डौँ र  लुम्बिनीमा आयोजना हुने मार्ट कसरी सन्चालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट ( नाट्टा ) केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।   शनिबार भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रिय अध्यक्ष कुमारमणि थपलियाले विगतका बर्ष भन्दा यस बर्ष अझ व्यवस्थीत गर्नेगरी सरोकारवालासँग छलफल गरिरहेको बताए । अध्यक्ष थपलियाले भने, ‘विगतका बर्षमा लुम्बिनीमा मात्रै हुने बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट यस बर्ष काठमान्डौमा र लुम्बिनमिा गर्न थालिएको हो । सबैको अपनत्व हुनेगरी कार्यक्रम सम्पन्न गर्न हामीले ...
लेखक दिवसमा लघुकथा प्रशिक्षण सम्पन्न

लेखक दिवसमा लघुकथा प्रशिक्षण सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
उद्धव देवकोटा, बुटबल तेस्रो लेखक दिवसको अवसरमा नेपाली लेखक संघ,रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयामहरु विषयक एक दिने प्रशिक्षणमूलक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित श्री गीर्वाण मा.वि.को सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ आख्यानकार वनमाली निराकार र केन्द्रिय सचिव निर्मल ढुंगानाले गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष सरस्वती बश्यालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा लेखक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै वर्तमानमा व्यस्त दैनिकीको माझमा एक बसाईमा पढेर सकिने र पाठक वा श्रोतामाझ तीब्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गैरहेकोले प्रशस्त अध्ययन र अभ्यास गरेमात्रै अब्बल कथा जन्मिने बताउनुभयो। प्रमुख अतिथीद्वयले आ-आफ्ना कथा वाचन गरेर समुद्घाटन गर...
 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । सूचना प्रविधिको बिकाससँगै पत्रकारहरुको क्षमता बिकास तथा प्रविधिमैत्री ज्ञान र सीपलाई समेत जोडर पत्रकारिता पेशालाई व्यवसायीक बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । विश्वव्यापी कोरोना महामारीपछि सञ्चारगृह तथा त्यसमा कार्यरत पत्रकारहरुले ठूलो आर्थिक चुनौतीको सामना गर्न परिरहेको बताउँदै यसको समाधानका लागि फरक सोच र योजनाकासाथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुले आर्थिक चुनौतीसँगै पेशागत सुरक्षाका लागि संघर्ष गरिरहनु पर्ने बाध्यता रहेको उल्लेख गरिन् । श्...
रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
रूपन्देही रूपन्देही विद्युतीय व्यवसायी संघले शनिबार संघका सदस्यहरूबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ। संघले सदस्यहरूबीच भाइचारा स्थापित गर्ने ,मनोरञ्जन र स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गरेको हाे। व्यवसायसँगै सामाजिक काममा अग्रसर हुँदै आएको विद्युतीय व्यवसायीहरूको साझा संस्था रूपन्देही विद्युतीय व्यवसायी संघमा ६गाउँनगर संघ रहेका छन्। फुटसलमा संघमा आबद्ध धेरै व्यवसायी तथा सदस्यहरू सहभागी हुने संघका कार्यवाहक अध्यक्ष केशवकुमार सिंहले जानकारी दिए। रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित युनिक फुटसलमा शनिबार बिहान ८ बजे देखि फुटसल टुर्नामेन्ट सुरु हुने खेल संयोजक चिरञ्जीवी गैरेले जानकारी दिए। ...
बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहांले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहांले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजनरहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अपिल समेत गर्नु भयो । सो अवसरमा ग्लोबल बैक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैक र हस्पिटलका विचमा भएको उपचार स...
रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैमाथि गोली हाने

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैमाथि गोली हाने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल दाङको तुलसीपुरमा एकजना पुरुषले आफैंलाई गोली हानेका छन्। तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुर निवासी अन्दाजी ८३ वर्षका नारायण आचार्यले आफैलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार गोली प्रहारबाट उनको मृत्यु भएको छ। आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए। घटनाबारे प्रहरीले दिउसो २ बजे तिर खबर पाएको थियो। घटनास्थलमा पुग्दा प्रहरीले हतियार कोठाभित्रै फेला पारेको जनाएको छ। ...
नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल नयाँ वर्षको शुभकामना साटासाट गर्न संघका पदाधिकारी सहित रुपन्देहीका विद्युतीय व्यवसायीहरूका पसल-पसलमा पुगेका छन्। अध्यक्ष खरालले नववर्ष २०८२ ले एकता ,सद्भाव ,व्यावसायिक सफलता ,शुस्वास्थ्य एवं देशमा स्थिरता र समृद्धि हासिलगर्न हरेक व्यक्ति- व्यक्तिबाट सकारात्मक चिन्तन, बोली र व्यवहार आवश्यक रहेकोले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै भेटघाट गरिरहेका छन् । अध्यक्ष खरालले सबै व्यवसायीसँग दुःखसुख साटासाट गर्ने शुभकामना आदानप्रदान गरी भातृत्व बढाउने र व्यवसायीहरूलाई नजिकबाट पहिचान गर्ने उद्देश्यले भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन्। अध्यक्ष खराल संगै वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह , महासचिव विष्णु भण्डारी लगायतका पदाधिकारीहरू पसल पसलमा पुगेर शुभकामना साथै भित्ते तथा टेबल पात्रो वितरण गरेका हु...