बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्टकोलागि लुम्बिनीमा छलफल


भैरहवा

विगतका बर्षमा झै यस बर्ष पनि लुम्बिनीमा बौद्ध अन्तराष्ट्रिय ट्राभल्स मार्ट (बिआईटिएम) हुने भएको छ । आगामि जेष्ठ ९ , १० र ११ गते दिन काठमान्डौँ र  लुम्बिनीमा आयोजना हुने मार्ट कसरी सन्चालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट ( नाट्टा ) केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।  

शनिबार भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रिय अध्यक्ष कुमारमणि थपलियाले विगतका बर्ष भन्दा यस बर्ष अझ व्यवस्थीत गर्नेगरी सरोकारवालासँग छलफल गरिरहेको बताए । अध्यक्ष थपलियाले भने, ‘विगतका बर्षमा लुम्बिनीमा मात्रै हुने बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट यस बर्ष काठमान्डौमा र लुम्बिनमिा गर्न थालिएको हो । सबैको अपनत्व हुनेगरी कार्यक्रम सम्पन्न गर्न हामीले सरोकारवालासँग छलफल गरिरहेका छौं । ’

अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त स्वदेशी तथा विदेशी ट्राभल्सहरुको सहभागिता रहने मार्ट नेपालको पर्यटन प्रबद्र्धनमा विशेष योगदान दिने तेस्रो बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्टका संयोजक जिस्वा तुलाधार श्रेष्ठले बताईन् । संयोजक श्रेष्ठले भनिन, ‘बिआईटिएमले बुद्धिस्ट टूर गन्तब्यसँगै नेपालका अन्य पर्यटकीय गन्तब्यलाई पनि प्रमोशन गर्नेगरी कार्यक्रम तय गर्दैछौं । ’ संयोजक श्रेष्ठले लुम्बिनी क्षेत्रका पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्य र सक्रियातामा तेस्रो बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट गर्ने तयारी गरेको बताईन् । 

छलफलमा पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका सदस्य राजेश महतराले लुम्बिनीका पर्यटकीय गन्तब्यको प्रचार प्रसारमा बिआईटिएमको कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

सो कार्यक्रममा पर्यटन व्यवसायी लक्कीसिंहले बिआइटिएममा बुद्धिस्ट ट्राभल्सको विज्ञहरुबीच प्यानल छलफल समेत गराउनुपर्ने सुझाब दिए । उक्त छलफलमा बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्टलाई विगतको कमिकमजोरीलाई हटाउँदै सबैको एकताबद्धता सहित आम नागरिकको समेत सहभागितामा कार्यक्रम गर्दा राम्रो हुने नाट्टा लुम्बिनीका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्माले बताए ।

बुद्धिस्ट साईडहरुमा विदेशी ट्राभल्सहरुको सहभागितामा फार्म ट्रिप,  विज्ञहरुबीच प्यानल डिसकसन अनि लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तब्यको प्रचार गर्नेगरी नाट्टाको अगुवाईमा हुने बिआइटिएम उपलब्धीमूलक गराउन सबैको सहकार्य जरुरी रहेको  नाट्टा लुम्बिनीका पुर्व अध्यक्ष सागर अधिकारीले बताए । 

छलफलमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचर्यले लुम्बिनी क्षेत्रमा हुने बिआइटिएमले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान नहुदा व्यवसायीमा सृजना भएको निराशालाई चिर्न मद्धत पुराउने विश्वास व्यक्त गरे । अध्यक्ष आचर्यले बिआइटिएमले पर्यटन उद्योगको पुनरुत्थानमा पनि सहयोग पुराउने हुनाले सबै उद्योगी व्यवसायी कार्यक्रम सफल बनाउन लागि पर्ने बताए । 

लुम्बिनीमा आयोजना हुने बिआईटिएम सफल गराउन प्रदेश स्तरीय समिती पनि गठन गरिएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । यसअघि  पहिलो र  दोस्रो बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...