नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

रूपन्देही

रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल नयाँ वर्षको शुभकामना साटासाट गर्न संघका पदाधिकारी सहित रुपन्देहीका विद्युतीय व्यवसायीहरूका पसल-पसलमा पुगेका छन्।

अध्यक्ष खरालले नववर्ष २०८२ ले एकता ,सद्भाव ,व्यावसायिक सफलता ,शुस्वास्थ्य एवं देशमा स्थिरता र समृद्धि हासिलगर्न हरेक व्यक्ति- व्यक्तिबाट सकारात्मक चिन्तन, बोली र व्यवहार आवश्यक रहेकोले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै भेटघाट गरिरहेका छन् ।

अध्यक्ष खरालले सबै व्यवसायीसँग दुःखसुख साटासाट गर्ने शुभकामना आदानप्रदान गरी भातृत्व बढाउने र व्यवसायीहरूलाई नजिकबाट पहिचान गर्ने उद्देश्यले भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन्।

अध्यक्ष खराल संगै वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह , महासचिव विष्णु भण्डारी लगायतका पदाधिकारीहरू पसल पसलमा पुगेर शुभकामना साथै भित्ते तथा टेबल पात्रो वितरण गरेका हुन्।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...