दिपावली र छठ लक्षित गर्दै बुटवलमा यि स्थानबाट फुलमाला बिक्री हुने
बुटवलदिपावली र छठ पर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिकाले नगरका ११ स्थानबाट फुल तथा माला बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ।बुटवल उपमहानगरपालिकाको आयोजनामा स्थानीय फुल उत्पादक कृषकहरूसँगको छलफलपछि यस वर्षको दिपावली र छठमा बुटवलमै उत्पादन भएका फुलमालाको बिक्री वितरण नगरका विभिन्न स्थानबाट हुने व्यवस्था गरिएको कृषि अधिकृत सन्तोष जिसीले जानकारी दिनुभयो ।प्लास्टिकजन्य फुलमालाको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोगलाई निरुत्साहित गरिएको उपमहानगरपालिकाले जनाएको छ।नगर प्रमुख खेलराज पाण्डेयका अनुसार स्थानीय स्तरमा उत्पादन भएका स्वदेशी फुलमालाको प्रयोग बढाउने र उत्पादक कृषक तथा व्यवसायीलाई प्रोत्साहन दिने उद्देश्यले बिक्रीका लागि स्थान तोकिएको हो।
यसले नगरभित्रका फुल उत्पादकलाई आर्थिक बल पुग्नेछ र स्थानीय उत्पादनप्रति नागरिकक...








