जम्मु-कश्मीरमा आतंकवादी अक्रमण, १ नेपाली सहित २७ जनाकाे मृत्यु
जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एकजना नेपाली पनि परेका छन्। भारतिय संचार माध्यम दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा जनाइए अनुसार उनको ठेगाना नेपाल मात्र उल्लेख छ। हाल सम्म उनकाे नेपालकाे ठेगाना थाह भएकाे छैन ।
जम्मु-कश्मीरमा २०१९ को पुलवामा आक्रमणपछि मंगलबार सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। हमलामा एक नेपालीसहित २७ जना मारिएका हुन्। हाल सम्म् १ नेपाली सहित १६ जनाकाे नाम पुष्टि भएकाे छ । तिनमा नेपालका एक पर्यटक, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतिय संचार माध्यमहरूले जनाएका छन। हमला मंगलबार दिउँसो २:४५ बजे जम्मु-कश्मिरकाे पहलगामको बैसरन उपत्यकामा भएको हो। मिडिया रिपोर्टअनुसार आतंककारीहर...








