Breaking news 2

पर्यटन विकासका लागि अन्तरप्रदेश सहकार्य आवश्यक: मुख्यमन्त्री

पर्यटन विकासका लागि अन्तरप्रदेश सहकार्य आवश्यक: मुख्यमन्त्री

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। ‘घुमौं सौराहा, चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीच भैरहवामा साेमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र एकअर्काको भावना जोड्ने कडी भएको बताउनुभयो । उहाँले बागमती प्रदेशको चितवन र लुम्बिनी प्रदेशबीच पर्यटन लगायत अन्य क्षेत्रको विकासमा समन्वय र सहकार्य हुँदा दुवै प्रदेशलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । `लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य र छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूबीच समन्वय र सहकार्य बढाउनु जरुरी छ´ उहाँले भन्नुभयो, `चितवन आउने पर्यटकलाई लुम्बिनी, लुम्बिनी आउने पर्यटकलाई चितवन, पोखरा र अन्य गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न सकिन्छ । साझा मञ्चको रूपमा वि...
अवकाशप्राप्त निजामती कर्मचारी तत्कालै राजदूत बन्न नपाउने

अवकाशप्राप्त निजामती कर्मचारी तत्कालै राजदूत बन्न नपाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
अवकाश प्राप्त निजामती सेवाका कर्मचारी तत्कालै राजदूत लगायतका कूटनीतिक जिम्मेवारीमा काम गर्न पाउने समझदारीबाट प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति पछि हटेको छ। समितिमा दफाबार छलफलको चरणमा रहेको संघीय निजामती सेवा विधेयकबाट अवकाश प्राप्त संघीय निजामती सेवाका कर्मचारीलाई कूटनीतिक नियुक्तिमा जान 'कुलिङ पिरियड' लागू नहुने गरी समितिले यसअघि समझदारी जुटाएको थियो। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले संघीय निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई कूटनीतिक नियुक्ति र न्याय सेवाबाट अवकाश पाएका कर्मचारीलाई न्यायाधीश बन्न 'कुलिङ पिरियड' नलाग्ने व्यवस्था गरेको थियो। तर राज्य व्यवस्था समितिले पारित गर्नका लागि समितिमा पेस गरेको मस्यौदा प्रतिवेदनबाट यो व्यवस्था झिकिएको छ। तर समितिले एक वर्षको 'कुलिङ पिरियड' भने र...
भारत र पाकिस्तानबीच आज वार्ता

भारत र पाकिस्तानबीच आज वार्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो । भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो । संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार  बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ । आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे व...
आगामी बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

आगामी बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ अर्थमन्त्री विष्णु पौडेलले २०८३ भित्र नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने कार्ययोजनासहित आगामी बजेटका प्राथमिकता सुनाएका छन्। आइतबार संसद्‍मा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्दै उनले २०८३ भित्र मुलुकलाई सम्पत्ति शुद्धीकरण निवारणको विस्तृत अनुगमन सूचीबाट बाहिर ल्याइने दाबी गरेका हुन्। योसँगै उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू क्रमश: कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री पौडेलले तय गरेको बजेट प्राथमिकतामा गैरबैंकिङ्ग सम्पत्ति व्यवस्थापन र मौद्रिकीकरणका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने उल्लेख छ।  डिजिटल बैंक स्थापना गर्दै पुँजी बजारको संरचनागत सुधार गरी गतिशील ल्याइने उनको भनाइ छ। ‘मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कानुनी, संस्थागत र प्रक्रियागत सुधार गरिनेछ’, बजेटका प्राथमिकतामा भनिएको ...
युद्धविरामपछि पनि पाकिस्तानले विस्फोट गरेको भारतको आरोप

युद्धविरामपछि पनि पाकिस्तानले विस्फोट गरेको भारतको आरोप

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् । मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’ भारतीय सञ्चार माध्यमहरूले युद्धविरामपछि पनि पाकिस्तानतर्फबाट जम्मु–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुरमा गोलीबारी भइरहेकै बताएका छन् । यसैबीच, पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक्समा दिएको वक्तव्यमा भनिएको छ, ‘परराष्ट्रमन्त्री वाङ यीले चुनौतीपूर्ण परिस्थितिमा ...
आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा

आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाण्डौ स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय टोलीको घोषणा गरेको हो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । टोलीमा रोहित र दीपन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल रहेका छन् । विश्वकप लिग–२ लगत्तै स्कल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छनोट भएका छन् । छनोट भएका खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नामावली लिग–२ को खेलहरू समापन भए सँगै सार्वजनिक गरिने क्यानले जनाएको छ । नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म...
रुपन्देहीको बुटवलमा “आफ्ना सन्तति आफ्नै विद्यालय” नमुना प्रस्तुत

रुपन्देहीको बुटवलमा “आफ्ना सन्तति आफ्नै विद्यालय” नमुना प्रस्तुत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १९ स्थित श्री अमर माध्यमिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक कर्मचारीका सन्तति सोही विद्यालयमा भर्ना गरी आफू अध्यापनरत विद्यालयमा गुणस्तरीय शिक्षाको प्रत्याभूति रहेको र आफूले अध्यापन गर्ने विद्यालय र विषयप्रति आफ्नो विश्वास रहेको नमुना प्रस्तुत गरेका छन्। सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले आफ्नो विद्यालय र आफूप्रति विश्वास नभएर आफ्ना सन्तान निजी विद्यालयमा पढाउने गरेका छन् भन्ने आरोपलाई मिथ्या साबित गर्न सम्भवत रुपन्देही जिल्लामै प्रथमपटक अमर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुले स्वस्फुर्त रुपमा आफ्ना सन्तति आफ्नै विद्यालय भन्ने नारा दिएर सम्पूर्ण आफ्ना आफ्ना सन्तानलाई सोही विद्यालयमा भर्ना गरी अध्ययन गर्ने वातावरण सिर्जना गरेका हुन्। विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पूर्णतया अंग्रेजी माध्यममा पढाइ ...
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : सञ्चारमन्त्री गुरुङ

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : सञ्चारमन्त्री गुरुङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु भएको बताएका छन् ।नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए ।  “लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ”, उनले भने ।  लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, “अनलाइनबाट गलत सूचना सम्प्रेषण ...
वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना...
गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा तीन उडान हुने

गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा तीन उडान हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
गुल्मी यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समय यता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए। नेपाल एयरलाइन्सका जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको ट्वविनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो। रेसुंगादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुंगा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन। हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा कतै उत्साह छाएको छ त कतै नियमित हुने हैन कि भन्ने आशंका समेत बढेको छ। निगमको १८ सिट क्षमताको जहाजले...