प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो
असार १७ बुटवल,
एलोपेथिक औषधिको तीव्र विकास र आधुनिक स्वास्थ्य संस्थातर्फ धाउनेको सख्या बढे पनि नागरिकहरू पुनः आफ्नो जरा र प्रकृतिमा फर्कन थालेका छन्। आयुर्वेदिक जडीबुटीप्रति जनताको विश्वास र आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै प्राकृतिक उपचारको महत्वलाई पुनर्जनन गरिरहेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका अगाडि रहेको हाटबजार नजिकै ४८ वर्षीय दिलमणी राम्जालीले विगत २० वर्षदेखि निरन्तर रूपमा आयुर्वेदिक जडीबुटी बेच्दै आउनुभएको छ। बागलुङको ढोरपाटन नगरपालिका-४, निसिखोलाबाट बुटवल झरेर उहाँले आफ्ना ५ सन्तानको पढाइ, लालनपालन र परिवारको जीविकोपार्जनको जिम्मा यही पेसाबाट कुशलतापूर्वक पूरा गर्नुभएको छ।उहाँको सानो तर विविधतायुक्त पसलमा कालिकाफल, पाखनबेद, सिखरी तहरा, बिलाजोर, चिप्लेकिरा, अलेरी, ठूलोखोती, गुद, हरो, बरो, अमला, सतुवा, जेठी मधु, बोजो,...








