Breaking news 2

विपद्को पुर्वतयारीमा जुट्न मुख्यमन्त्रीकाे आह्वान, मनसुनबाट लुम्बिनी बढी प्रभाबित हुने

विपद्को पुर्वतयारीमा जुट्न मुख्यमन्त्रीकाे आह्वान, मनसुनबाट लुम्बिनी बढी प्रभाबित हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गरेका छन् । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन । त्यसैले हामी जहिल्यै पनि तयारी अवस्थामा रहनु पर्छ,´ मुख्यमन्त्री आचार्यले भने,अहिले गरिने पूर्वतयारीले विपदबाट हुने क्षतिलाई घटाउँछ । मानिसलाई नयाँ जीवन दिन सघाउँछ ।´ उनले विपद् प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि चाहिने सामग्रीको अभाव हुन नदिन सरकारले ध्यान दिने स्पष्ट पारे । स्थानीय स्रोत साधनको उपयोग गर्दै आधुनिक उपकरण र सामग्री व्यवस्थापनमा सरक...
अमेरिकाद्वारा दिइएको टीपीएस सुविधा खारेज, नेपाल फर्कन दुई महिनाकाे समय  ताेकीयाे

अमेरिकाद्वारा दिइएको टीपीएस सुविधा खारेज, नेपाल फर्कन दुई महिनाकाे समय  ताेकीयाे

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँ संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । यो खारेज भएसँगै अमेरिकामा टीपीएसका आधारमा बसोबास गर्दै आएका करिब ७ हजार नेपाली अब स्वदेश फर्किनुपर्ने छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको वर्तमान अवस्थाबारे समीक्षा तथा अन्य सरकारी निकायसंगकाे परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा बताइएकाे छ । ‘डिपार्टमेन्ट अफ होमल्याण्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष निकालेकी छन्’, सूचनामा भनिएको छ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११  बजे अन्त्य हुने जनाइएको छ । यो समय सीमा भित्रै टीपीएस मान्यताका आधारमा अमेरिकामा बसीरहेका नेपालीले  स्वदेश फर्किनुपर्नेछ । ‘यदि त...
मुक्तिनाथसम्म केबलकार चल्ने, ८१ किमी लामो हुने

मुक्तिनाथसम्म केबलकार चल्ने, ८१ किमी लामो हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
काठमाडौँ, २२ जेठ लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेसनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केबलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो । ५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण, स्वामित्व करण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो ।  बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको सर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केबलकार सञ्चालनमा आएमा स्थानीय स...
आरसीबीको जितमा खुसी मनाउने क्रममा रंगशालामा भागदौड, कम्तीमा १० को मृत्यु

आरसीबीको जितमा खुसी मनाउने क्रममा रंगशालामा भागदौड, कम्तीमा १० को मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो । सोही जितको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला भागदौड मच्चिएको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेका तस्वीर सार्वजनिक भएका छन् । कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जालमार्फत घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् । ‘आरसीबीको जितमा खुसीयाली साट्न तथा साक्षी बन्न समर्थकहरू जम्मा भएका थिए । तर, अन्यनत दुःखद र त्रासदीपूर्ण घटना हुन पुग्यो,’ उनले लेखेका छन्, ‘आरसीबीको जितप्रति गर्व छ । तर, कुनै पनि जित कसैको जिन्दगीभन्दा ठूलो हुन सक्...
भैरहवामा भाटभटेनीको थप लगानी, सेज भित्र १५० करोडमा अत्याधुनिक गार्मेन्ट उद्योग बनाउँदै

भैरहवामा भाटभटेनीको थप लगानी, सेज भित्र १५० करोडमा अत्याधुनिक गार्मेन्ट उद्योग बनाउँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा नेपालकै चर्चित व्यावसायिक घराना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ तथा उमेश श्रेष्ठसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन ल्याउने गरी बुधबार भूमि पूजन तथा शिलान्यास  गरेका छन् ।  भैरहवा सेज भित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधबार भूमि पूजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिनका लागि उद्योग स्थापना गर्न लागिएको जानकारी दिए । ९ महिना भित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको उनले बताए ।  नेपाली बजारका साथै युरोपेली मुलुक तथा अमेरिकामा तयारी पोसाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले बताएका छन् । उद्योग स्थापना भई सञ्च...
गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तर्गत सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द भएको छ । मालिका गाउँपालिकाले सूचना निकालेर सिलादी–घमिर–अर्खाबाङ सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको हुँदा एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको जनाएको छ । गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाले काम सम्पन्न नहुँदासम्म आजदेखि यही २७ गतेसम्म यो सडकमा गाडी चलाउन रोकेको हो । सडक बन्द भएपछि वैकल्पिक सडकको रुपमा मालिका गाउँपालिका–६ फुलवारी र ७ को अर्चेङ हुँदै बरारुखको सडक प्रयोग गर्न आग्रह गरिएको छ । ...
सेयर बजारमा गिरावट, नेप्से ३५ अंकले घट्यो

सेयर बजारमा गिरावट, नेप्से ३५ अंकले घट्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं मंगलबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घट्दै २६५८.९३ मा अडिएको छ, जुन १.३२ प्रतिशतको गिरावट हो। बजारमा देखिएको यो गिरावटसँगै कुल कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको ९ अर्ब २२ करोडको तुलनामा आजको कारोबार ६ अर्ब ६७ करोडमा सीमित रह्यो। आज सबै सेक्टरका सूचकहरू ओरालो लागे। बैंकिङ क्षेत्र सबैभन्दा धेरै प्रभावित रहँदै २.३४ प्रतिशतले घट्यो। विगत दुई सातामा तीव्र रूपमा बढेको बैंकिङ सूचकमा आज नाफा बुक गर्ने प्रवृत्तिका कारण गिरावट आएको बताइएको छ। अन्य घट्ने सूचकहरूमा विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, जीवन बीमा ०.७४, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८ र व्यापार समूह १.३७ प्रतिशतले घटेका छन्। यद्यपि केही कम्पनीहरूमा उल्लेखनीय वृद्धि पनि देखियो। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य ...
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभावले आज यी प्रदेशमा हुनेछ वर्षा

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभावले आज यी प्रदेशमा हुनेछ वर्षा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो  देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक...
यातायात व्यवसायीहरुको माग बारे छलफल गर्न कार्यदल गठन ,काम सुरु

यातायात व्यवसायीहरुको माग बारे छलफल गर्न कार्यदल गठन ,काम सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले आन्दोलनरत व्यवसायीहरुको माग बारे छफल तथा वार्ताका लागि कार्यदल गठन गरेको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट प्रनिधिहरु सहभागी रहेका छन् । त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् ...
देशैभरि सार्वजनिक यातायात ठप्प हुँदा सडक सुनसान, यात्रुहरु अलपत्र

देशैभरि सार्वजनिक यातायात ठप्प हुँदा सडक सुनसान, यात्रुहरु अलपत्र

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ। समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण सोमाबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो। काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि सार्वजनिक यातायात चलेका छैनन्। निजी सवारी साधन भने सञ्चालनमा छन्। समितिले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको थियो। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। गण्डकी प्रदेश सरकारले...