बैंकहरुको सीएसआर खर्चमा राष्ट्र बैंकको कडाइ, खर्च गर्नुअघि सूची बुझाउनुपर्ने
काठमाडौँ
बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था तथा पूर्वाधार विकास बैंकले गर्ने संस्थागत सामाजिक उत्तरदायित्वमा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले यस्तो खर्चसम्बन्धी मार्गदर्शनमा संशोधन गर्दै यसअघिको व्यवस्थामा कडाइ गरेको हो ।
यस अनुसार यस्ता संस्थाहरूले अर्धवार्षिक अवधि सुरु हुनुअघि नै सो अर्धवार्षिकभित्र हुने सीएसआर खर्चको सूची राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै सीएसआरमा छुट्याइएको कम्तीमा ६० प्रतिशत रकम सोही वर्षभित्र खर्च गर्नुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा १० प्रतिशत खर्च गर्नुपर्ने जस्ता यसअघिका व्यवस्थालाई निरन्तरता दिँदै खर्चका लागि प्राथमिकताप्राप्त क्षेत्र विस्तृत बनाइएको छ । यसमा शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता, दीगो विकास लक्ष्य तथा अन्य क्षेत्र निर्धारण गरिएका छन् ।
तर, संस्थाको ब्राण्ड प्रवर्द्धन तथा बज...








