विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
काठमाडौँ
ओमानमा जारी आइसिसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुदै छन् ।नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध खेल्दै छ । यो खेल आज नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि सुरु हुदैछ ।
नेपाल र युएईबिचको खेललाई एसोसियट देशहरूको क्लासिको पनि भन्ने गरिन्छ । दुवै देश टी-२० क्रिकेटमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् भने दुवैले ५-५ खेल जितेका छन् । समूह चरणमा दुवै आ-आफ्नो समूहमा विजेता बनेर सुपर सिक्समा २-२ अङ्क लिएर आएका छन् । दुवै देशले यो खेल जितेर आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छन् ।त्यस्तै सुपर सिक्समा आज ओमान र कतार बिच बिहान ११: ४५ बजेदेखि खेल हुदैछ भने सामाओ र जापानबिच राति ८: ४५ बजेदेखि खेल हुदैछ ।
छनौट प्रतियोगितामा सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोज...








