Breaking news 2

रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल

रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीसोमबार छठ पर्वलाई भव्य रूपमा मनाउनका लागि गैडहवा गाउँपालिका–६ सन्तघाट किनारमा तयारी अन्तिम चरणमा पुगेको छ।गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार, सन्तघाट रुपन्देहीकै ठुलो छठ घाटका रूपमा परिचित हुँदै आएको छ। हाम्रो मधेशमा छठ पर्व आस्थाको ठूलो पर्व हो। यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन हामी सबै मिलेर लागिरहेका छौं अध्यक्ष पौडेलले बताए। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यो नै संसारको एक मात्र पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यही कारणले यो पर्व श्रद्धा, आस्था र शुद्धताको प्रतीक मानिन्छ। यस वर्ष सन्तघाटमा हजारौँ बेदी निर्माण भएका छन्। समितिका अनुसार करिब २० हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। स्थानीय बासिन्दाका साथै छिमेकी गाउँपालिका र आसपासका जिल्लाबाट समेत भक्तजन आउने अनुमान गरिएको छ। सन्तघाट वरिप...
छठ पर्वको दोस्रो दिन, आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन, आज खरना मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
बुटवलआदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सौझकारक अर्थात् ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ ।छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार र हाँडील...
माइतीघर कुनै एक पक्षको नभई सबैको आवाज उठाउने थलो हो – एमाले महासचिव पोखरेल

माइतीघर कुनै एक पक्षको नभई सबैको आवाज उठाउने थलो हो – एमाले महासचिव पोखरेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमान्डौ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षीय रूपमा प्रयोग गरिएको आरोप लगाएका छन् । उनले जनआवाज अभिव्यक्त गर्ने, राज्यप्रति असन्तुष्टि प्रकट गर्ने र फरक मत राख्ने सबै नागरिकको साझा स्थानको रूपमा रहेको माइतीघर मण्डलालाई अब केही व्यक्तिहरूको स्वार्थमा सीमित पारिएको दाबी गरेका हुन् । उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको बताएका छन् ।उनले भनेका छन्, “माइतीघर मण्डला सबैको आवाज उठाउने थलो हो, कुनै एक पक्षका लागि मात्रै होइन । अन्यलाई त्यहाँ अभिव्यक्ति दिन नदिनु कानुनी सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रताको उपहास हो ।” सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै महासचिव पोखरेलले माइतीघर मण्डलाको साझा पहिचानलाई राजनीतिक रूपमा विभाजित गर्न खोजिनु लो...
बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कालिकापथमा सडकको विचभागमा रहेका पुर्व पश्चिम १३२ केभि हाइटेन्शन लाइनका सडकनै अवरोध गरेका विद्यूतीय पोल हटाई मोनो पोल जडान शुरु गरिएको छ। बुटवल क्षेत्रमा वि.सं. २०२२ सालमा सप्पन्न भएको उक्त विद्यूतीय प्रसारण तत्काल सोही क्षेत्रमा खेतको जमिन भएकोले पोलको एरियामा करिब ९ मीटर ब्यासको कम्पाउड भित्र २३ मिटर अग्लो फोल्डिङ टावर बनाईएको थियो । पछी तेही लाइनमा तल बाटो बन्यो बाटो पछी ५१ फिटमा बिस्तार हुदा सबै ठाउमा बाटो पुग्यो ।तर टावर भएको ठाउमा दुबै तर्फ १५-१७ फिट भन्दा बढी ठाउँ नहुदा यात्रा गर्न कठिन थियो। जसको कारण दुर्घटना हुने गरेको थियो । समस्या सामाधान गर्न निबर्तमान अर्थमन्त्री तथा यसै क्षेत्रको सभासद बिष्णु पौडेलले बजेट विनियोजन गरे।नपाल विद्युत प्राधिकरणले टेन्डर मार्फत काम गरि पहिले नै मोनो पोल ल्याई फाउन्डेसन तयार गरि राखिएको थियो । जुन आज बाट राख्न शुरु गरिएको...
चुनावलाई चाहिने ४ सय सवारी साधन उपलब्ध गराउन चीन र भारत दुवै तयार

चुनावलाई चाहिने ४ सय सवारी साधन उपलब्ध गराउन चीन र भारत दुवै तयार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले आगामी निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू चीन र भारतबाट बराबरी संख्यामा सहयोग स्वरूप लिने भएको छ। दुवै मुलुकले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू सहयोगका लागि आफू तयार रहेको बताएपछि बराबरी संख्यामा लिने योजना नेपालले बनाएको हो। ‘जेन–जी’ आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले भारतीय राजदूत नवीन श्रीवास्तवसँग ३१ भदौमा गरेको शिष्टाचार भेटका क्रममा अन्तरिम सरकारको प्राथमिकता निर्धारित समयमै निर्वाचन गराउनु रहेको बताएकी थिइन्। नेपालका लागि चिनियाँ राजदूत छन सङले २ असोजमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए। त्यसक्रममा पनि प्रधानमन्त्री कार्कीले आफ्ू नेतृत्वको सरकारको प्राथमिकता निर्वाचन नै रहेको उल्लेख गरेकी थिइन्। एक दिनको अन्तरालमा भएका भेटमा भारतीय राजदूत श्रीवास्तव र चिनियाँ राजदूत छन दुवैले निर्वाचनका लागि आवश्यक स...
ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
रेसुङ्गा नगरपालिका वडा नं. ६, ठुलाचेक्मीका संस्कृतिप्रेमी युवाहरूले तिहारको अवसरमा आयोजित भैलो कार्यक्रमले परम्परा र सामाजिक उत्तरदायित्वको सुन्दर सङ्गम प्रस्तुत गरेको छ। परम्परागत संस्कृतिको जगेर्ना र स्थानीय मरासिनी कुलायन मन्दिरको संरक्षण गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले गाउँबस्तीमा उत्साह र एकताको सन्देश फैलाएको छ।विभिन्न टोलका करिब एक दर्जन स्थानमा सञ्चालित भैलोबाट एक लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ। सङ्कलित रकमको केही प्रतिशत मन्दिरको संरक्षण र व्यवस्थापनका लागि दान गरिने आयोजक प्रतिनिधि कृष्ण मरासिनीले बताउनुभयो। करिब ५० जना युवाहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यो भैलो कार्यक्रमले पछिल्लो पुस्ताको संस्कृतिप्रति समर्पण र सामाजिक जागरूकतालाई उजागर गरेको छ।आधुनिकताको प्रभावमा परम्परा र संस्कृति लोप हुँदै गएको चिन्ताबीच ठुलाचेक्मीका युवाहरूको यो प्रयास प्रशंसनीय ...
टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं संघीय संसद् सचिवालयका छ जना अधिकारीहरू दुई छुट्टाछुट्टै टोली बनाएर स्विट्जरल्याण्डको जेनेभा भ्रमणमा गएको विषय अर्थ मन्त्रालयको जानकारीमा आएको छ । गत असोज ३० गते राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५१औं सम्मेलनमा सहभागी हुन जेनेभा गएका थिए । उनीसँगै राष्ट्रिय सभाका सदस्य गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि सो भ्रमण टोलीमा सहभागी रहेका थिए । सोही कार्यक्रममा भाग लिन सचिवालयका कर्मचारीहरूको अर्को टोली पनि गठन गरिएको थियो । उक्त टोलीमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सचिव डा. रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्र रहेका छन् । दुवै टोली जेनेभा प्रस्थान गर्नु अघि सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले विज्ञप्ति जारी गर्दै भ्रमण सम्बन्धी जानकारी दिएका थिए । उक्त विज्ञप्तिमा राष्ट्रिय सभाका अध्यक्ष दाहाल र सदस्...
बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौँआर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३ सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्र...
जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका

जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झना गर्दै काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ। जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको कार्यक्रम गरिएको हो।कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।
आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १४ पैसा र बिक्रीदर १०० रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपै...