निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?
बुटवलअविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ । लगातारको वर्षाले प्रदेशका मुख्य राजमार्ग, सहायक मार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन तथा मौसम पूर्वानुमानअनुसार भारी वर्षाको जोखिम बढिरहेका बेला लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार अविरल परिरहेकाे बर्षासंगै अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा र प्युठानका विभिन्न सडक खण्ड प्रभावित भएका छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार सडक अवरुद्ध भएका १० स्थानमध्ये नौ स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको एउटा सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
सन्...






