आफ्नो हक प्रयोग गर्दा अरुको अधिकार खोसिनुहुन्न : अध्यक्ष बस्नेत
काठमाडौं
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए, नभएको तर्फ गम्भीर हुन सबैलाई सुझाव दिनुभएको छ ।
आइतवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट नागरिकका संविधानले सुनिश्चित गरेका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाउनुभयो ।‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ । आफ्नो हक प्रयोगले अरु मानिसको अधिकारलाई हनन् गर्नु हुँदैन । तर, पछिल्ला दिनहरुमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुल्चिने गरी अफवाह फैलाउने काम भएका छन् । सञ्चारमाध्यमहरुले यसतर्फ चनाखो हुनुपर्छ, उहाँले भन्नुभयो ।
नयाँ खुलेका अनलाइन र युट्युव च्यानलहरुलाई अभिमुखिकरण दिने क्रममा उहाँले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भिन्नता छुट्याएर सञ्चारकर्मीले काम गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल मात्र चला...







