समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ
नेपालको अर्थतन्त्र कोरोना महामारी पश्चात क्रमिक ओरालो लागेको छ। यो अवस्थामा एकले अर्कोलाई दोषारोपण गर्ने नभई आफ्नो स्थानबाट प्रयास गर्नु आवश्यक छ। जसमा सरकारको बढी दायित्व हुन आउँछ ।सरकारले उपयुक्त नीति, नियम निर्माण गरी नागरिकलाई दिशा निर्देश गर्नुपर्छ । सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउनुपर्छ ।
हामीले यो अवस्था सुधार गर्न अल्पकालीन यी योजना बनाएका छौं र दीर्घकालीन योजनाहरू यी छन् भनि विश्वासमा लिएर अगाडि बढ्न आवश्यक छ। समाजवाद उन्मुख संविधान बमोजिम हामी गास ,बास ,कपास ,स्वास्थ्य, शिक्षा र रोजगार सुनिश्चित गरिदिन्छाैं, आफ्नो अवस्था अनुसार राजस्व संकलन गर्नुहोस् भनि आश्वस्त पार्न सक्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई हामी तपाईहरुको व्यवसायमा अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गर्छौं। व्यवसायीले राज्यले अनुमति दिएको २० प्रतिषत मुनाफामा उपभोक्तासम्म पुर्याउनुपर्छ भन्ने नियमसँगै...








