काठमाडौं
नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
३१ असार २०८२, मंगलवार३१ असार २०८२, मंगलवार३१ असार २०८२, मंगलवार by संचार पत्रNo Comments
बाँके
बाँकेको कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई पत्रकारका रूपमा चिनाउने मनबहादुर सहकारी र रुकुम बाँफेकोट नगरपालिका–१० की सपना पुन छन् ।
लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर–११ स्थित न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालि को शाखा कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनबहादुर सहकारी कपिलवस्तु शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर–११ मा बसोबास गर्दै आएका छन् । उनले सञ्चालन गरेको कार्यालयकै कार्यकक्षबाट ५१ थान हजारका नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।
साथै नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको छ । बाँके प्रहरीले दिएको जानकारीअनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्...
३० असार २०८२, सोमबार३० असार २०८२, सोमबार३० असार २०८२, सोमबार by संचार पत्रNo Comments
काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए ।सो अस्पतालको ४३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए ।
उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे ।प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बत...
३० असार २०८२, सोमबार३० असार २०८२, सोमबार३० असार २०८२, सोमबार by संचार पत्रNo Comments
३० असार, काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ ।
विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न महासंघले माग गरेको छ । अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी महासंघले दिएको छ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको...
२९ असार २०८२, आईतवार२९ असार २०८२, आईतवार२९ असार २०८२, आईतवार by संचार पत्रNo Comments
नेपालको इतिहासका विभिन्न कालखण्डसँगै पृथ्वीनारायण शाहले एकीकरण गरेपश्चात मुलुकले एक खालको पहिचान बनायो। विक्रम सम्वत १८७३ सालमा सुगौली सन्धि नहुँदासम्म करिब ७२ वर्षसम्म नेपालमा एकीकरण अभियान चलेको थियो। वि.सं .१८२५ देखि २०६५ साल सम्म २३८ वर्षसम्म नेपालमा शाहवंशले शासन गरे ।त्यस कालमा राजालाई संविधानभन्दा माथि राखियो ,संविधानभन्दा माथि राजा हुनाले केहीले राम्रो गरे कतिले नराम्रो गरे तर त्याे कानुन रुपमा अगाडि बढ्न सकेन।
५० काे दशक मुलुक द्वन्द्वमै बित्यो । २०६२/ ६३ को जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चात संविधान निर्माणका लागि दुई संविधानसभा निर्वाचन, दुईवटा प्रदेश ,प्रतिनिधि सभा निर्वाचन र दुईवटा स्थानीय निर्वाचन भए।
तत्पश्चात १७...
२९ असार २०८२, आईतवार२९ असार २०८२, आईतवार२९ असार २०८२, आईतवार by संचार पत्रNo Comments
दाङ – काठमाण्डौबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा अनियन्त्रित भएर सडकमा पल्टिँदा २६ जना घाइते भएका छन् ।
आज बिहान ४ बजेतिर लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ वेलनदीमा पल्टिएको हो ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरुको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल थियो
...
२८ असार २०८२, शनिबार२८ असार २०८२, शनिबार२८ असार २०८२, शनिबार by संचार पत्रNo Comments
काठमाण्डौ – माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा गएको मङ्गलवार आएको बाढीमा परेर ज्यान जानेको सङ्ख्या ११ जना पुगेको छ ।
त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै ज्यान जानेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ । अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन सकेको छैन ।
प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ ।
बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४...
२७ असार २०८२, शुक्रबार२७ असार २०८२, शुक्रबार२७ असार २०८२, शुक्रबार by संचार पत्रNo Comments
काठमाण्डौ – आज बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ ।
बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ ।
अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चि...
२६ असार २०८२, बिहीबार२६ असार २०८२, बिहीबार२६ असार २०८२, बिहीबार by संचार पत्रNo Comments
२६ असार, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा...
२५ असार २०८२, बुधबार२५ असार २०८२, बुधबार२५ असार २०८२, बुधबार by संचार पत्रNo Comments
काठमाडौँ
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधित स्वरूपमा प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्दै विधेयकलाई अघि बढाएको हो।
मंगलबार राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले दिए। जवाफपछि सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो।
अब सभामुख घिमिरेले संशोधित विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन्। राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विधेयक राजपत्रमा प्रकाशित हुनेछ र त्यसपछि मात्र कानूनको रूप लिनेछ।
...