Breaking news 1

सेयर बजार २६२० अंकमा कायम, हाइड्रोपावरमा उच्च कारोबार

सेयर बजार २६२० अंकमा कायम, हाइड्रोपावरमा उच्च कारोबार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं बुधबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३.४४ अंक घटेको छ । सो गिरावटपछि २६२० मा कायम भएको छ । बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ । अरु बेला पनि यो सेक्टरका कम्पनीको उच्च कारोबार हुने गरेको छ । तर आइतबार भने करिब ५९ प्रतिशत हिस्सा यहीं एउटा सेक्टरले ओगट्यो । ५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भयो । कुल कारोबारमा यो ५८.९ प्रतिशत हो । उच्च कारोबारका बाबजुत यो सेक्टर आज ०.०९ प्रतिशत घट्यो । हाइड्रोपावरका अलवा फाइनान्स १.३०, लगानी ०.८६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.२५, व्यापार ०.८४ तथा अन्य ०.०२ प्रतिशत घटे । बैंकिङ ०.१०, विकास बैंक ०.०६, होटल तथा पर्यटन ०.०४, उत्पादन ०.६२ तथा निर्जीवन बीमा ०...
कक्षा १२ को परीक्षा सुरु, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा सुरु, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरे ।  परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए।    परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार...
भोलिदेखि कक्षा १२ को परीक्षा सञ्चालन, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

भोलिदेखि कक्षा १२ को परीक्षा सञ्चालन, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ/मुस्ताङमा १/१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन्&nbs...
आज विश्व प्रेस स्वतन्त्रता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उ...
सरकारको नीति तथा कार्यक्रम: संविधान संशोधनको प्रक्रिया अघि बढाउने

सरकारको नीति तथा कार्यक्रम: संविधान संशोधनको प्रक्रिया अघि बढाउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ। ‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेत्वमा सरकार बनाउँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख गरिएको थियो। तर, सरकार बनेको लामो समयसम्म पनि यसमा काम नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो। त्यस्तै नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण गर्ने र यसविरुद्धका गतिविधिको प्रतिवाद गर्ने समेत उल्लेख गरिएको छ। ‘संविधान र संघीय लोकतान्त्रिक ...
सूचना तथा सञ्चार प्रविधिमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

सूचना तथा सञ्चार प्रविधिमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे ।  उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए ।  “हाम्रो मुलुक उर्बर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविशवासका साथ काम गरौँ । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ,”, प्रधानमन्त्री ओलीले भने, ” शिक...
राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।  संघीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ। संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।  यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक तयारी, परिसर क्षेत्रमा सजावट, प्रवेश पासको व्यवस्थालगायत कार्यहरु सम्पन्न भएका छन् । राष्ट्...
प्रधानमन्त्रीद्वारा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ ,भने -आम नागरिकसम्म अवसर पुग्नुपर्छ

प्रधानमन्त्रीद्वारा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ ,भने -आम नागरिकसम्म अवसर पुग्नुपर्छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् । एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए । “श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पु¥याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्...
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
 बुटवल आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।  यस पटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको हो । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सात जना मजदुरक...
सरकार र शिक्षक महासंघबीच सहमति,आन्दोलन स्थगित

सरकार र शिक्षक महासंघबीच सहमति,आन्दोलन स्थगित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ सरकार र २९ दिन आन्दोलनरत नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । उक्त सहमतिलाई मन्त्रिपरिषद्‌को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए ।  मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको मन्त्री पन्तले जानकारी दिए । त्यस्तै सत्तारुढ कांग्रेस एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट केही मागहरु सम...