Breaking news 1

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे । साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो । ...
काठमाडौं महानगरमा सीप मेला सुरु हुँदै : ३५ सयभन्दा बढीको आवेदन

काठमाडौं महानगरमा सीप मेला सुरु हुँदै : ३५ सयभन्दा बढीको आवेदन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि सुरु गर्ने सीप मेलामा ३५ सय जनाभन्दा बढीको आवेदन परेको छ । ३० दिनसम्म सञ्चालन हुने विभिन्न १० क्षेत्रका ४२ पेशासँग सम्बन्धित तालिमका लागि आइतबारसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन परेको महानगरले जानकारी दिएको छ । महानगरले सीप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेशामा थप गरेर १२ वटा बनाइएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् । यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेशा थप भएको छ । यसमा सौ...
गभर्नर नियुक्ति ढिलाइले ओली र देउवाबीच अविश्वास

गभर्नर नियुक्ति ढिलाइले ओली र देउवाबीच अविश्वास

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन् । गभर्नर नियुक्तिको प्रक्रियालाई चरम राजनीति गरेका दुई दलका शीर्ष नेताहरू दुई महिनादेखि यही विषयमा अल्झिएका छन् । ढिलो गरी चैत ११ मा गभर्नर सिफारिस समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । बरु समिति नै दुई पटक पुनर्गठन भएको छ । पछिल्लो पटक एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने का...
सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनूः प्रधानमन्त्री

सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनूः प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।  सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहप्रति लक्ष्य गर्दै सधैं कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे। कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैं नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए।  कुनै अर्थ र महत्व नै नबुझ्नेहरूको नाम सधैं झुन्ड्याइरहने काम राम्रो नभएको बताए।  प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो! ...
चैतको तुलनामा वैशाखमा घट्यो ४५ अर्ब सार्वजनिक ऋण

चैतको तुलनामा वैशाखमा घट्यो ४५ अर्ब सार्वजनिक ऋण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ गत वैशाखसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । गत चैतको तुलनामा वैशाख मसान्तको तिर्न बाँकी सार्वजनिक ऋण ४४ अर्ब ८६ करोड रुपैयाँले कम हो । चैत मसान्तमा यस्तो ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ थियो । यस अवधिमा सरकारले संकलन गरेको नयाँ ऋणभन्दा पुरानो ऋणको साँवा भुक्तानी धेरै गरिएकाले चैतको तुलनामा वैशाखमा सार्वजनिक ऋण करिब ४५ अर्बले घटेको हो । ‘वैशाखमा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरिएकाले अघिल्लो महिनाको तुलनामा गत वैशाखमा सार्वजनिक ऋण दायित्व घट्न गएको हो,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले पुष्टि गरे । नेपालमा आन्तरिक ऋणको तुलनामा बाह्य ऋणको प्राप्ति कम भएको पनि उनले स्विकारे । आयोजना एवं संस्थानले निर्धारित समयमा काम नसक्दा लक्ष्यअनुसार बाह्य ऋण प्राप्ति हुन नसकेको कोइरालाक...
सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर प्रयोग गर्न पनि चाहन्नौं । त्यसो हुँदा हाम्रो जस्तो विकाशसील देशहरूका निम्ति सफ्ट पावरहरू धेरै महत्वपूर्ण हुन्छ । त्यसभित्र संस्कृति, पर्यटन लगायत हुन्छन्, आफ्ना केही पहिचानहरू पनि पर्छन् । यसभित्र त्यो देशले खेल्न सक्ने भूमिका हुन्छन् । यी विभिन्न कुराले कूटनीतिमा सफ्ट पावरको, सौम्य शक्तिको भूमिका खेल्छन् । एक किसिमले भन्ने हो भने, नेपाल सबैका निम्ति स्वीकार्य देश हो । हाम्रो कसैसँग वैमनश्य छैन, कसैसँग कटुता छैन । जतिबेला म परराष्ट्रमन्त्री थिएँ, त्यसबेला सरकार...
प्रतिनिधिसभामा विपद् व्यवस्थापनका लागि समयमै ध्यान दिन आग्रह

प्रतिनिधिसभामा विपद् व्यवस्थापनका लागि समयमै ध्यान दिन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गरेका छन् । बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद् दामोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गरे । सांसद दीपक गिरीले सगरमाथा संवादले जलव...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचि...
दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाज, सम्पादकिय
पोखरा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ । ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ । पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा भएका हुन् । गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजु...
मदन भण्डारीले ३२ वर्षअघि प्रस्ताव गरेको नेपाली क्रान्तिको कार्यक्रम-जनताको बहुदलीय जनवाद (पूर्णपाठ)

मदन भण्डारीले ३२ वर्षअघि प्रस्ताव गरेको नेपाली क्रान्तिको कार्यक्रम-जनताको बहुदलीय जनवाद (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
मदन भण्डारीको बिचार जवजको यथार्थ दस्तावेज मदन भण्डारी र जीवनराज आश्रितको ३२औं स्मृति दिवसको अवसर पारेर आज २०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनबाट पारित दस्तावेज प्रस्तुत गरिएको छ । नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद १. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिकरूपमा फहराएको आफ्ना लक्ष्यहरूको झन्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमका रूपमा पार्टीले आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ । यसैलाई प्राथमिकता दिनु जरुरी छ । सामन्तवाद र साम्राज्यवादको शोषण-उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास स...