टप इन्ड टी-२० सिरिजमा आज नेपाल मेलवर्न स्टार्ससँग खेल्दै
काठमाडौंअस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार विहान ७: १५ बजेदेखि शुरु हुदैछ ।
यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टप इन्ड टी-२० सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलिया पठाएको छ ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् । आलम...








