अमेरिकी र रुसी राष्ट्रपति अलास्कामा भेट्न तयार


अलास्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार अलास्कामा बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। यो दुई नेताबिच ६ वर्षपछि हुने पहिलो भेट हो।

ट्रम्पले आफ्नो चुनावी वाचा अनुसार युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने तयारी गरेका हुन्। उनले यस भेटबाट युद्धविरामको मार्ग खोल्ने आशा व्यक्त गरेका छन् । यद्यपि उनले यो सफल हुने सम्भावना ‘२५ प्रतिशत मात्र’ रहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भने वार्ताबाट बाहिर राखिएको छ। जेलेन्स्कीले आफूलाई बाइपास गरेर हुने कुनै पनि निर्णय ‘निरर्थक’ हुने चेतावनी दिएका छन्। यो भेट अमेरिकी सैन्य बेसमा हुने भएको छ, जसमा केही घण्टा मात्र समय दिइएको छ।

यसअघि ट्रम्पले रुसलाई एक साताभित्र युद्धविराममा सहमत हुन वा कडा प्रतिबन्धको सामना गर्न चेतावनी दिएका थिए। तर पुटिन र उनका अधिकारीहरूले आफ्नो अडान दोहोर्याउँदै युद्ध केवल तब अन्त्य हुने बताएका छन् जब रुसले डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्झियामा पूर्ण नियन्त्रण पाउनेछ र युक्रेनले नाटोमा नजाने प्रतिबद्धता जनाउनेछ।

वार्तापूर्व ट्रम्पको भनाइ कहिले धम्कीपूर्ण, कहिले सावधानीपूर्ण, त कहिले सकारात्मक देखिएको छ। उनले आवश्यक परे ‘अत्यन्त गम्भीर परिणाम’ हुने चेतावनीसमेत दिएका छन्। अर्को तर्फ, उनले ‘क्षेत्र अदल(बदल’ सम्भावनाबारे सङ्केत गर्दा युक्रेन चिन्तित बनेको छ।

रुस भने वार्तासम्बन्धी अड्कलबाजीमा मौन छ। ट्रम्पले भने आफ्नो पुटिनसँगको व्यक्तिगत सम्बन्ध र व्यवसायिक शैलीले सम्झौता सम्भव बनाउन सक्छ भन्ने विश्वास राखेका छन्। यस भेटलाई ट्रम्पको दोस्रो कार्यकालको अन्तर्राष्ट्रिय छवि र युक्रेन युद्ध अन्त्य गर्ने वाचामा भएको प्रगतिको प्रमुख परीक्षा मानिएको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...