Breaking news 1

नेपालमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल

नेपालमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेपालमा पहिलो पटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जनकपुरकी २५ वर्षीया ‘ट्रान्सजेन्डर’ व्यक्तिमा पुरुषको तन्तुलाई उपयोग गरेर महिलाको जनेन्द्रिय निर्माण गरिएको डा. जयमान श्रेष्ठले बताए । प्लास्टिक सर्जरी विभाग प्रमुख डा. श्रेष्ठका अनुसार शल्यक्रिया गरेको एक सातामै ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसके पनि साधारण अवस्थामा आउन भने ४ देखि ६ महिनासम्म लाग्नेछ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले यो सफलतासँगै अब नेपालमै सस्तो शुल्कमा लिंग परिवर्तनजस्तो जटिल शल्यक्रियासमेत गर्न सकिने अवस्था बनेको बताए । ‘लिंग परिवर्तनजस्तो जटिल र संवेदनशील शल्यक्रिया नेपालमा पहिलो पटक सफल भएको छ,’ उनी भन्छन्, ‘यस्तो शल्यक्रिया विदेशमा निकै महँगो हुने हुन्छ तर नेपालमा सुलभ मूल्यमै गर्न सकिने भएकाले ट्रान्सजेन्डर समुदायलाई अब सहज हुनेछ ।’ य...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।  प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएक...
रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्। मर्जले युद्ध रोक्नका लागि रूसी राष्ट्रपति पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले अहिलेलाई छाडिदिनुपर्ने बताएका हुन्। 'मैले नकारात्मक रूपमा भनेको होइन। तर यी दुई देशलाई केही समय लड्न दिनु उपयुक्त हुन्छ,' ओभल अफिसमा मर्जसहितको छलफलमा ट्रम्पले भने। उनले दुई देशबीचको युद्धलाई केटाकेटीको झगडासँग पनि तुलना गरे। 'केटाकेटी झगडा गर्दा कहिलेकाँही उनीहरूलाई केही समय लड्न दिनुपर्छ। दुवैले कष्ट भोगेपछि मात्रै उनीहरूलाई छुट्याउन सकिन्छ, नत्र सकिँदैन,' ट्रम्पले भने। हक्की र अन्य खेलमा पनि रेफ्रीले खेलाडीलाई केही समय लड्न दिएर मात्र छु...
गुल्मी र गुल्मेलीको पहिचान

गुल्मी र गुल्मेलीको पहिचान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, गुल्मी नेपालको मध्यपश्चिम भागमा पर्ने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येको हरेक हिसाबले अग्रभागमा आउने पहाडी जिल्ला हो गुल्मी। तत्कालीन ७९ गाविसलाई संघीयता पश्चात परिमार्जन गरी १२ स्थानीय तहमा व्यवस्थित गरिएको छ। जिल्लामा दुई रेसुङ्गा र मुसिकोट नगरपालिका रहेका छन् भने अन्य १० गाउँपालिकाहरूमा रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका ,कालीगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका ,सत्यवती गाउँपालिका ,मालिका गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मदाने गाउँपालिका र इस्मा गाउँपालिका रहेका छन्। जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाको तम्घासमा अवस्थित छ। प्रत्येक पालिकाका आआफ्नै विशेषता र पालिकावासीको आफ्नै पहिचानबाट सिंगो गुल्मी जिल्लाको गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ। जिल्ला र जिल्लावासीका धेरै पहिचान छन्। सबै पहिचानहरू १ हजार शब्द...
अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्। स्थानीय समयअनुसार बिहीबार राति १०स्४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए। त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्। प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ। विस्तृत जानकारी आइसकेको छैन। ...
गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै रहने प्रतिपक्षको निर्णय

गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै रहने प्रतिपक्षको निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा अवरुद्ध राख्ने निर्णय गरेको छ। शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा छलफल भएको थियो। बैठकमा सहभागी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालखबरसँग कुरा गर्दै गृहमन्त्रीमाथि छानबिन हुनु अत्यावश्यक रहेको भन्दै संसद् सञ्चालनमा अवरोध यथावत् राख्ने निर्णय भएको जानकारी दिए। खनालका अनुसार बैठकमा नेपाली कांग्रेससहित अन्य दलहरूसँग पनि यसबारे थप छलफल गर्ने सहमति भएको छ। भिजिट भिसाको दुरुपयोग र त्यसमा देखिएको सम्भावित सत्ता संलग्नतालाई लिएर प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउँदै आएको छ। यसै सन्दर्भमा उनीहरूले जिम्मेवार तहबाट छानबिनको माग गर्द...
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै 

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति गठनको मागसहित सदन अवरोध गर...
माधव नेपाललाई शम्भु थापाको सुझाव: अन्य विकल्प छैन, अदालत गएर बयान दिनुस्

माधव नेपाललाई शम्भु थापाको सुझाव: अन्य विकल्प छैन, अदालत गएर बयान दिनुस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दाको विषयमा कानुन व्यवसायीसँग परामर्श लिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै रौतहटबाट काठमाडौँ फर्किएका नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग परामर्श गरेका हुन्। नेपालले उनीहरूसँग आफूविरुद्धको मुद्दामा अब के हुन्छ भनेर जिज्ञासा राखेका थिए। जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने, ‘अब अरु विकल्प छैन। मुद्दा अदालत पुगिसक्यो। अभियोग पत्र लिएर अध्ययन गर्नुस् र बयानका लागि अदालत जानुस्।’ छलफलमा पार्टीका केही शीर्ष नेताहरू पनि सहभागी थिए। कानुनव्यवसायीसँग छलफललगत्तै अहिले नेकपा एकीकृत समाजवादी पार्टीको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गरिरहेका छन्। पतञ्जली योगपीठ तथा आयुर्वेद कम...
प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाउनुभएको सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद्को गतिरोध अन्त्य गर्नेबारे सहमति जुटाउन सभामुखले बैठक बोलाउनुभएको भए पनि सहमति नभएको हो । प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राखेका छन् ।नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्रीको राजीनामा दिनैपर्ने अडान कायम राखेपछि सहमति हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि अझै शुरू भएको छैन । हिजो पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् भने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न  ...
यातायात व्यवसायीको आन्दोलन फिर्ता, निर्वाधरुपमा सार्वजनिक गाडी चल्ने

यातायात व्यवसायीको आन्दोलन फिर्ता, निर्वाधरुपमा सार्वजनिक गाडी चल्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं यातायात व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् । यससँगै अब गाडी चल्ने भएका छन्। गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले स्पेस फोरके टेलिभिजनलाई जानकारी दिएका छन् । ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’ स्वारले स्पेस फोरके टेलिभिजनसँगको कुराकानीका क्रममा भने । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायील...