Breaking news 1

आज संविधान दिवस मनाईदै ,

आज संविधान दिवस मनाईदै ,

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको हो । विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थ...
चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको अद्यावधिक (चुच्चे) नक्सा हटाइएको भन्दै सामाजिक सञ्जालमा अहिले विभिन्न पोस्टहरू भाइरल भइरहेका छन् । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षबाट नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न उठाएकी छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी छन्, “यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर, पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्य अचम्म लाग्यो तपाईंको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।”अर्यालले संसदबाट राष्ट्रिय सहमतिमा पारित उक्त नक्सा नेपालको संविधानको अनुसूचीमा अङ्कित, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकताको दस्तावेज भएको दाबी गरेकी छन् । ...
आज यि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज यि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्...
संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंविषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस औपचारिकरुपमा नै मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो ।प्रधानमन्त्री नै संविधान दिवस मुल समारोह समितिको अध्यक्ष रहने परिपाटी अनुसार यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकले संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनायो । यसअघि जस्तै मुल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुडिखेलमा बिशेष समारोह आयोजना गरिने गृह मन्त्रालयका सहसचिव एवम आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए । तिवारीका अनुसार समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्...
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँआज जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइदै छ ।सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो । मृतक सबैलाई सरकारले सहिद घोषणा गरिसकेको छ । यस आन्दोलनका क्रममा आन्दोलनकारी ५९ जना, कैदी बन्दी १० जना र प्रहरी ३ जनाको मृत्यु भएको सरकारी आँकडा रहेको छ ।आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको छ ।सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरी १५ लाख दिने निर्णय गरिएको छ । त्यसै गरी आन्दोलनमा साहदत्त प्राप्त गरेकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने घोषणा गरेको छ । ...
भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने : प्रधानमन्त्री कार्की

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने : प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन् । आन्दोलनको म्यान्डेट नै भएकाले यस्तो आयोग आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।उनका अनुसार, आयोगले अनुसन्धान गरेर आगामी सरकारले कारबाही अघि बढाउन सक्ने नीति तथा कानुनी आधार तयार गरिदिनेछ । “कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाहीसम्म पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर, हामी बाटो चाहिँ बनाउँछौं,” प्रधानमन्त्री कार्कीले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा भनिन् । त्यस्तै, जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरिने जानकारी पनि उनले दिइन् । प्रारम्भमा आयोगलाई एक महिनाको समय दिइनेछ, तर आवश्यक परेमा थप १५ दिनको अवधि प्रदान गरिनेछ । प्रधानमन्त्रीका अनुसार, मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने सैद्धा...
आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी, मधेस र बागमती प्रदेशको केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभ...
फागुन २१ मा हुने निर्वाचनको छलफलमा जुट्यो निर्वाचन आयोग

फागुन २१ मा हुने निर्वाचनको छलफलमा जुट्यो निर्वाचन आयोग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं निर्वाचन आयोग आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको छ । हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराएको छैन । तथापि, आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा भने आयोगले छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।‘निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वत: जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरे भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेका छन् । यो घोषणापछि निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचन रद्द...
नवनियुक्त मन्त्रीहरुको शपथ साढे ११ बजे

नवनियुक्त मन्त्रीहरुको शपथ साढे ११ बजे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणको समय आज बिहान साढे ११ बजेलाई तय गरिएको हो ।गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि बताइएको छ । ...
प्रमुख नेताहरू घरबारविहीन, पार्टी कार्यालय खरानी

प्रमुख नेताहरू घरबारविहीन, पार्टी कार्यालय खरानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं भदौ २३ मा जेन–जी आन्दोलनकारीमाथि भएको सरकारी दमनको प्रतिशोधमा देशभर फैलिएको उग्र प्रदर्शनले राजनीतिक नेतृत्व र संरचना तहसनहस बनाएको छ। प्रदर्शनकारीको आक्रोशको मुख्य निसाना सरकारी भवनहरू मात्र नभई प्रमुख राजनीतिक दलहरूका शीर्ष नेता र पार्टी कार्यालयहरू पनि बने। भदौ २४ गते राजधानी काठमाडौंसहित देशभर एकैसाथ भएको आगजनी र तोडफोडमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूका घर र पार्टी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा घर पूर्ण रूपमा नष्ट भएको छ। देउवा र उनकी श्रीमती, निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, दुवै गम्भीर घाइते छन् र हाल उपचाररत छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका काठमाडौं र झापास्थित घरहरू पूर्ण रूपमा ध्वस्त...