जेनजी आन्दोलनमा असईको हत्या आरोपी पक्राउ
काठमाडौँ
जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन रामको हत्या आरोपी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो।
किराना पसल सञ्चालक समेत रहेका पौडेलले आन्दोलनकारीलाई उस्काएर लाठीले हानेर असई रामको हत्या गराएका थिए। उनले भीडलाई उस्काएर सडकमै कुटीकुटी हत्या गरेको आरोप छ।यसअघि काभ्रेपलान्चोका २६ वर्षीय युवराज क्यापछाकी पक्राउ परेका थिए। दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाएको छ। सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरुको पहिचान गरिसकेको छ।
आन्दोलनका क्रममा ३ जना प्रहरीको हत्या भएको थियो। ती मध्ये २ जना महाराजगनज वृत्तका प्रहरी हुन्। महाराजगञ्ज वृत्तमा असई मिलन र...








