Breaking news 1

संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा थप पाँच वटा रिट निवेदन दर्ता भएका छन् ।सर्वोच्च अदालत प्रशासनले ती सबै निवेदनहरू संवैधानिक इजलासमा सुनुवाइ हुने गरी दर्ता गरेको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यसअघि दर्ता भएका ११ वटा र आइतबार थपिएका पाँच वटा गरी अब कुल १६ वटा रिट निवेदन संवैधानिक इजलासमा एकैसाथ पेश हुनेछन् ।प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारा उल्लेख नगरी गरिएको भन्दै रिट निवेदकले त्यसलाई असंवैधानिक दाबी गरेका छन् । संविधानको धारा ७६ अनुसार मात्र तीन प्रकारका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि त्यस बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाइएको आरोप लगाइएको छ । यससँगै, देशको प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई संविधानले स्पष्ट रूपमा ...
आन्दोलन पश्चात् जाँचबुझ आयोगमा अहिलेसम्म दर्जन उजुरी : तत्कालीन प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाहीको माग

आन्दोलन पश्चात् जाँचबुझ आयोगमा अहिलेसम्म दर्जन उजुरी : तत्कालीन प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाहीको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ२३ र २४ भदौका घटना जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित आयोगमा एक दर्जन उजुरी दर्ता भएका छन् । आयोगका अनुसार निजी क्षेत्रका दुई कम्पनीले क्षतिको विवरणसहित उजुरी दर्ता गराएका छन् ।बाँकी व्यक्तिगत रूपमा दर्ता भएका उजुरी छन् । त्यस्तै आयोगमा क्षतिको विवरण आउनेक्रम जारी छ । जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको घटनामा अधिकांश उजुरी पीडित प्रहरी र सर्वसाधारणका तर्फबाट दर्ता भएका छन् । दुई उजुरी घाइतेका परिवारले दर्ता गराएका छन् । पीडित परिवारले दर्ता गराएको उजुरीमा २३ भदौमा राज्यको दमनका कारण धेरैले ज्यान गुमाएको उल्लेख गरेका छन् । जसमा भ्रष्टाचारको विरोधमा उत्रेका कलिला बालबालिकामाथि राज्यले बर्बरतापूर्वक दमन गरेको उजुरी छ । ‘२३ भदौको जेन–जीहरूको आन्दोलन विशुद्ध सरकारले बन्द गरेको सामाजिक सञ्जाल अनि देशमा व्याप्त भ्रष्टाचारविरुद्ध ...
तिहारमा कस्तो रहला मौसम ?

तिहारमा कस्तो रहला मौसम ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंनेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।यस्तै कात्तिक ४ गते देशका पहाडी भूभागमा आंश...
प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले त्यस्तो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे। अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन स...
राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबार लगायतका क्षेत्रमा दुई महिनासम्म जुलुस, धर्ना, प्रदर्शन गर्न रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ। विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्...
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले दिएको समय आइतबार सकिँदै

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले दिएको समय आइतबार सकिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँडेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम बुझाउन नेपाल विद्युत् प्राधिकरणले दिएको पछिल्लो समय आइतबार सकिँदै छ । उक्त अवधिमा प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा लिई पहिलो किस्तासम्म नतिरे उद्योगहरूको बिजुली फेरि काट्ने तयारी प्राधिकरणको छ । यसैबीच शुक्रबार उद्योगीहरूले आफूहरूले तिर्न बाँकी कुनै बक्यौता नरहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा पत्र बुझाइएको बताएका छन् ।प्राधिकरणले १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने उक्त सूचनामा उल्लेख छ । १३ असोजमा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको हो । उक्त अवधि आगामी आइतबार सकिँदै छ । प्राधिकरणले दिएको अवधि ...
नेपाल विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो

नेपाल विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २११ रन बनाएको थियो । नेपालका लागि आसिफ सेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । आसिफले ६९ रन बनाएका थिए भने ऐरीले ५३ रन बनाएका थिए । त्यस्तै लोकेस बमले आक्रामक १२ बलमा अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाएका थिए । त्यसैगरी कुशल मल्लले १७ रन बनाएका थिए । नेपालले यस प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको छ । यस प्रतियोगिताबाट नेपालसहित ओमान र युएई अर्को बर्ष भारतमा ह...
काम नगर्ने ठेकेदारमाथि कारबाही, २५८ ठेक्का रुग्ण सूचीमा

काम नगर्ने ठेकेदारमाथि कारबाही, २५८ ठेक्का रुग्ण सूचीमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंवर्षौँदेखि अलपत्र पारिएका सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएलगत्तै यस्ता रुग्ण आयोजनाको ठेक्का तोड्न सुरु गरिएको हो ।मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएलगत्तै सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका ठेक्का तोड्न सम्बन्धित निकायले प्रक्रिया सुरु गरेका छन् ।सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय वि...
सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसगरमाथा क्षेत्रबाट विनाशकारी हिमबाभढी आउने जोखिम बढ्दै गएको विज्ञहरुले जनाएका छन् । सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष आएको हिमबाढीको अध्ययनबाट विज्ञहरुले यो निष्कर्ष निकालेका हुन् । अध्ययनबाट सोलुखुम्बुको थामे क्षेत्रमा आएको हिम बाढी (ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) ‘जटिल प्रकारको भू-आकृतिको श्रृंखला’मा जलवायु परिवर्तनले गरेको असरका कारण विनाशकारी बनेको निष्कर्ष निकालिएको छ ।अध्ययनले दुधकोसी नदी बेसिन र सगरमाथा क्षेत्रलाई ‘हिमताल फुट्ने बाढीका लागि अति संवेदनशील क्षेत्र’ भनेर किटान समेत गरेको छ, जहाँ पछिल्ला ५० वर्षभित्र पाँच ठूला हिमताल विष्फोटका कारण विनासकारी बाढीका घटना भइसकेका छन्तीमध्ये थामेको बाढी पनि एक थियो । यसैगरी गत असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पनि हिमताल फुटेकै कारण आएको विज्ञहरु...
निर्वाचन आयोगमा फागुन २१ को निर्वाचन बारे दलहरुसँग छलफल

निर्वाचन आयोगमा फागुन २१ को निर्वाचन बारे दलहरुसँग छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोग बोलाएको आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूसँगको छलफल शुरु भएको छ ।आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधिहरु सहभागी रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन गर्दा नै राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यादेश...