काठमाडौंप्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
...
१२ कार्तिक २०८२, मंगलवार१२ कार्तिक २०८२, मंगलवार१२ कार्तिक २०८२, मंगलवार by संचार पत्रNo Comments
काठमाडौँ२३ र २४ भदौमा प्रहरीतर्फ भएको क्षतिबारे छानबिन गर्न बनेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बुझाएको प्रतिवेदनअनुसार, जेन-जी आन्दोलनको दुई दिनमा देशभर ४ हजार २४ ‘लाइभ एम्युनेसन’ (धातुका गोली) प्रहार भएको भेटिएको छ ।
प्रहरीको प्रारम्भिक प्रतिवेदनमा २ हजार ६ सय ४२ धातुका गोली प्रहार भएको उल्लेख थियो । तर, अन्तिम प्रतिवेदन तयार हुँदा देशभर झण्डै दोब्बर संख्यामा धातुको गोली प्रहार भएको पाइएको हो । ‘त्यसबेला प्रारम्भिक विवरण मात्र संकलन भएको थियो, भण्डारमा भएको गोलीगठ्ठासँग भिडाएर पूर्ण विवरण लिनै बाँकी थियो,’ समिति स्रोतले भन्यो, ‘सबै विवरण संकलन भएपछि उल्लेख गरेर प्रतिवेदन बुझाएका छौं ।’
प्रहरी उच्च स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले मात्र ५५३, काठमाडौं उपत...
१२ कार्तिक २०८२, मंगलवार१२ कार्तिक २०८२, मंगलवार१२ कार्तिक २०८२, मंगलवार by संचार पत्रNo Comments
काठमाडौंअन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो ।
सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो ।उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरकेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए ।अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ ।
...
१२ कार्तिक २०८२, मंगलवार१२ कार्तिक २०८२, मंगलवार१२ कार्तिक २०८२, मंगलवार by संचार पत्रNo Comments
रूपन्देहीसूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु त...
११ कार्तिक २०८२, सोमबार११ कार्तिक २०८२, सोमबार११ कार्तिक २०८२, सोमबार by संचार पत्रNo Comments
काठमाडौँकार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ ।बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने प...
१० कार्तिक २०८२, आईतवार१० कार्तिक २०८२, आईतवार१० कार्तिक २०८२, आईतवार by संचार पत्रNo Comments
काठमाडौंअब सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको छ ।
सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२ कार्यान्वयनमा ल्याएसँगै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको हो ।‘सार्वजनिक संस्थानको नियमनकारी तथा सञ्चालन सम्बन्धी कार्य अलग गरिने छ,’ उक्त नीतिको कार्यनीतिमा छ ।सार्वजनिक संस्थानको व्यवस्थापन तथा कार्य सम्पादनमा संस्थागत स्वायत्तता सुनिश्चितता गर्ने उद्देश्य नयाँ नीतिले राखेको छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण सहित संस्थानले नियमनकारी र सेवा प्रदायक दुवै भूमिका एउटै निकायले निर्वाह गरिरहेका छन् ।लामो समयदेखि यस्तो भूमिका अलग गर्ने नीति सरकारको रहे पनि कर्मचारीको असहयोगका कारण सरकारले कार्यान्वयन भने गर्न सकेको छैन ।नयाँ नीतिमा सार्वजनिक संस्थान सञ्चालक समितिलाई नीति निर्माण तथा व्यावसायिक उद्देश्य प्...
१० कार्तिक २०८२, आईतवार१० कार्तिक २०८२, आईतवार१० कार्तिक २०८२, आईतवार by संचार पत्रNo Comments
काठमाडौंमन्त्रिपरिषद्मा आज थपिने मन्त्रीहरूको शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको छ ।
आइतबार थपिने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।श्रेष्ठलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तय भएकोमा अहिले उनको जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन् ।
विस्तृतमा मन्त्री बन्न लागेकाहरु यी चार जनाडा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रो...
१० कार्तिक २०८२, आईतवार१० कार्तिक २०८२, आईतवार१० कार्तिक २०८२, आईतवार by संचार पत्रNo Comments
काठमाण्डौ
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज विहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् ।
नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् । टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृङ्खलाका लागि टोलि घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृङ्खलामा नेपालले अमेरिका र युएईसँग समान २–२ खेल खेल्नेछ । यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेको छ । त्यसपछि टोलि ओमानबाटै दुबई पुगेको हो ।नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीवार घरेलु टोली युएईसँग खेल्नेछ ...
९ कार्तिक २०८२, शनिबार९ कार्तिक २०८२, शनिबार९ कार्तिक २०८२, शनिबार by संचार पत्रNo Comments
काठमान्डौ
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सबै पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन अनुरोध गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सम्भावित प्रदर्शनका सन्दर्भमा संयम र जिम्मेवारीका साथ व्यवहार गर्न सबैलाई आह्वान गरे ।उनले विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सुरक्षा निकायले वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गरिसकेको बताए ।गृहमन्त्री अर्यालले भने, “सुरक्षा अवस्थाबारे हामीले विस्तृत समीक्षा गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरिरहेका छन् भन्ने जानकारीहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार र संयमित ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक विषयहरूको समाधानका लागि सरकार संवादको ढोका खुला राखेको छ ।...
९ कार्तिक २०८२, शनिबार९ कार्तिक २०८२, शनिबार९ कार्तिक २०८२, शनिबार by संचार पत्रNo Comments
काठमाडौंनेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्दैछ ।दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो ।एकदिवसीय मान्यता पाएपछि नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० को फेब्रुअरीमा टियु क्रिकेट मैदानमा भएको थियो, जुन खेल नेपालले ३५ रनले जितेको थियो । त्यस्तै दोस्रो खेल फेब्रुअरी, १२, २०२० मा टियु मैदानमै भएको थियो, जुन नेपालले ८ विकेटले जितेको थियो । त्यस्तै चौथो खेल २०२१ को सेप्टेम्बर १३ मा ओमानको अल अमेरत मैदानमा भएको थियो, जुन खेल...