थप चार मन्त्रीहरूको शपथ आज


काठमाडौं
मन्त्रिपरिषद्मा आज थपिने मन्त्रीहरूको शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको छ ।

आइतबार थपिने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
श्रेष्ठलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तय भएकोमा अहिले उनको जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन् ।

विस्तृतमा मन्त्री बन्न लागेकाहरु यी चार जना
डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उनले पदबाट राजीनामा समेत दिएकी थिइन् । तर उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की पछि हटेकी थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गरेकी छन् ।

यसैगरी गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।

खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।

खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।

बब्लु गुप्ता सामाजिक कार्यक्रममा सक्रिय छन् । उनले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...