Breaking news 1

सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने, दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने शिक्षा मन्त्री   पुनको चेतावनी

सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने, दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने शिक्षा मन्त्री पुनको चेतावनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंशिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका छन् ।आइतबार एक सूचनामार्फत मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताएका छन् ।‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं,’ पुनले भनेका छन् ।दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ(संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गर...
अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य हुँदैन: प्रधानमन्त्री कार्की

अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य हुँदैन: प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छन्। राष्ट्रिय आर्थिक बहसमा निजी क्षेत्रलाई सम्बोधन गर्दै नाममा लुटतन्त्र स्वीकार्य नहुने बताइन्। इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनु नहुने उनको भनाइ छ।उनले भनिन्, ‘जेनजी आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति हामीलाई अस्वीकार्य छ। उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहन्छु।’गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्यान्डेट दिएको भन्दै अब मुलुक यथास्थितिमा बस्न नसक्ने बताइन्।उनले थपिन्, अब आम युवा, आ...
सरकारले लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन चलाउने

सरकारले लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन चलाउने

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष ‘अपरेसन’ सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।शनिबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै उनले हालसम्म ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका ७१० थान हतियार फिर्ता भइसकेको जानकारी दिए । तर केही हतियार अझै फिर्ता हुन बाँकी रहेको उनले बताए ।उनका अनुसार हालसम्म फरार रहेका १४ हजार ५४९ कैदीमध्ये करिब ६५ प्रतिशत अर्थात् ९ हजार ५२१ जना समातिए वा स्वेच्छाले फिर्ता आएका छन्, तर झन्डै ३५ प्रतिशत अर्थात् ५ हजारभन्दा बढी अझै बाहिर रहेको जानकारी दिए। गृहमन्त्री अर्यालले फरार कैदी र हतियार फिर्ता गराउने अभियानमा नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताए। उनले भने, ‘सुशासन दिन सकेनौँ भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने ठूलो सन्देश अहिले ...
यि दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

यि दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । ...
रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा डबल उम्मेदारी परेको थियो तर शुक्रबार उम्मेदारी फिर्ता लिने समयअगावै डबल उम्मेदारी परेका पदका उम्मेदारहरुले फिर्ता लिएसँगै सबै पदमा निर्विरोध रुपमा नेतृत्व चय भएको निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सबै पदमा एकल उम्मेदारी भएसँगै निर्विरोध नेतृत्व चयन भएको सूचना सार्वजनिक भएको छ यद्यपि शनिबार मात्रै यसको औपचारिक रुपमा निर्वाचन समितिले नवनिर्वाचित उम्मेदारहरुलाई सपथ खुवाउने छ । निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्षमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन...
सांसदका ८७५ स्वकीय सचिव खारेज, संघ र सातै प्रदेश सभाका पदाधिकारी रुष्ट

सांसदका ८७५ स्वकीय सचिव खारेज, संघ र सातै प्रदेश सभाका पदाधिकारी रुष्ट

Breaking news 1, ताजा अपडेट, समाचार
२१ कात्तिक, काठमाडौं। सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ। खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति संघीय संसद् र सातै प्रदेश सभाका पदाधिकारी असन्तुष्ट देखिएका छन्।संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा छ। राष्ट्रियसभा ५९ सदस्यीय छ। प्रतिनिधिसभा २७५ सदस्यीय छ। दुवै सभाको गरेर ३३४ सांसद रहेका छन्। सात वटै प्रदेशमा सांसदहरूको संख्या ५५० छ। संघ र सातै प्रदेशका सभाका सदस्यहरूको कूल संख्या ८८४ छ। यसमध्ये सरकारले सात प्रदेशका सात जना सभामुख र प्रतिनिधिसभाका सभामुखका साथै राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवको सुविधा खोसेको छैन। यो संख्या घटाउँदा ८७५ जना सांसदको स्वकीय सचिवको सुविधा खारेज भएको छ। ...
घरबाट डेराको यात्राः एक अनुभूती

घरबाट डेराको यात्राः एक अनुभूती

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
शंकर पोखरेलमहासचिव,नेकपा एमाले १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैंलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसी सरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरें। पढाइकै क्रममा घर फर्किएको बेला अनेरास्ववियुले नेपालको इतिहास मै पहिलोपटक नेपाल बन्दको आयोजना गरेको थियो। त्यसमा सहभागी हुँदा घोराहीमा गिरफ्तार भएँ। पहिलोपटक प्रहरीको बलप्रयोग र यातनाको सामना गर्नुपर्‍यो — सो क्रममा मेरो बाँया हात भाँचियो। उपचारको अवसर समेत नपाई तुल्सीपुर का...
एमालेका निवर्तमान सांसदको हस्ताक्षर संकलन आज पनि

एमालेका निवर्तमान सांसदको हस्ताक्षर संकलन आज पनि

Breaking news 1, ताजा अपडेट, समाचार
२१ कात्तिक, काठमाडौं।  प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ। नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए। काठमाडौंमा उपलब्ध भएकाहरूको दस्ताखत सुरु गरेको र जारी रहने विघटित प्रतिनिधिसभाका सदस्य हेमराज राइले बिहीबार नै जानकारी दिएका थिए। ...
जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं- सुदन गुरुङ

जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं- सुदन गुरुङ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंहामी नेपालका संस्थापक सुदन गुरुङले जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।सामाजिक सञ्जाल मार्फत गुरुङले ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन भन्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी दिएका हुन् ।साथै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले बाचा अनुसार काम गर्न नसकेको भन्दै पद छोड्न समेत आग्रह गरेका छन् । गुरुङले देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको समेत उल्लेख गरेका छन् । सुदन गुरुङले भनेका छन्: "हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश" तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारब...
आज यि ३ प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यि ३ प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ...