Breaking news 1

हेटौडा बजारमा चल्यो डोजर

हेटौडा बजारमा चल्यो डोजर

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँहेटौंडाको बजार क्षेत्रको सडक विस्तार शनिबार बिहानदेखि शुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौडाले शनिबार बिहानैदेखि बजार क्षेत्रमा डोजर चलाएर सडक क्षेत्रमा परेका संरचना भत्काएको हो ।शुक्रबार सर्वोच्च अदालतले सडक विस्तार कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपनि सो आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानदेखिनै डोजर चलाइएको थियो ।सडक डिभिजनले यसअघि सुचना प्रकाशित गरेर मङ्सिर १९ अर्थात शुक्रबारसम्म अफ्नानो संरचना हटाउन अल्टिमेटम दिएको थियो ।हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो । ...
राजनैतिक दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

राजनैतिक दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ।आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ। निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए। निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाइ नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनि...
जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंलुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । लुम्बिनीले जनकपुरलाई ४ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३३ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४, डिआर्ची शर्टले ३०, जेजे स्मिटले २१, निरोश डिकवेलाले १७ र दिलिपनाथले अविजित १५ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलरसंगीथ कूरेले ३ विकेट लिएका थिए भने मयन यादवले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३२ बनाएको थियो । जनकपुरका लागि संगीथ कूरेले सर्बाधिक अविजित ४५ रन बनाएका थिए भने मयन यादवले २७, आसिफ सेखले २०, संजय कृष्णमुर्थीले १४ र सुभ कंसाकारले ११ रन ...
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवलबुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान भएको छ। सडक विभागको विकास सहयोग कार्यान्वयन महाशाखाले उक्त पुल निर्माणका लागि टेण्डर आव्हान गरेको हो। तिनाउ नदी माथि पुल बनाउनका लागि चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माण पछि २०३८ सालमा बनेको अहिलेको पुल पुरानो र साँघुरो भएपछि नेपाली र विदेशी इन्जिनियरहरूको टोलीले आधुनिक पुलको डिजाइन तयार पारेको छ। तत्कालीन उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पहलमा उक्त पुल आकर्षक डिजाइनमा निर्माणको प्रक्रिया अगाडी बढाएका थिए। अहिलेको पुल समेत नभत्काई संगै बन्ने यो पुल ४२१ मिटर लम्वाई र ४ लेनको बन्ने छ। डिजाइन गर्दा पुलको वारिपारि चेक ड्याम बनाएर तलाउ बनाउने गरी तयार ...
आज १२औं विश्व माटो दिवस मनाइदै

आज १२औं विश्व माटो दिवस मनाइदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँआज १२औं विश्व माटो दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ । ‘स्वस्थ माटो, स्वस्थ गाउँ सहर’ मूल नारासाथ यसपालीको दिवस मनाउन लागि रहेको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात सँगै विश्व माटो दिवस मनाउन थालिएको हो । दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वरा शक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु विश्व माटो दिवसको उद्देश्य रहेको छ । डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको रहेको कृष...
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।यस बर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा 'प्रत्येक योगदानको महत्व' भन्ने रहेको छ । यो विषयवस्तुले सामूहिक कार्यको शक्तिलाई स्वीकार गर्दछ र ठूलो वा सानो, स्वयंसेवाको हरेक कार्यले बलियो र थप जोडिएको संसारमा योगदान पुर्‍याउछ भन्ने अर्थ रहेको छ ।हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ-संस्थाले विविध कार्यक्रम गरेर यो दिवस मनाउने तयारी गरेका छन् । स्वयंसेवाको महत्वका बारे सचेतना मुलक कार्यक्रमसहित समाजमा व्याप्त असमानता हटाउन र दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ ।रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेका हन्, वा कुनै स्वार्थबिना या अझ भनौ अनुभवका लागि विशेषतः सामा...
प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी छन् ।प्रधानमन्त्री कार्कीले शुक्रबार ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरु सहभागी हुने गरि बैठक बोलाएकी हुन् ।बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ ।स्रोतका अनुसार पाँच प्रमुख दललाई मात्र बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् ।प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी छन् । ...
आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा समेत मेला लाग्ने गर्दछ। आज योःमरि पूर्णिमा (योमरी पुन्हि) नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका स...
विराटनगरसँग बदला दिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आसा

विराटनगरसँग बदला दिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आसा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ डि आर्सी सर्टको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ‘प्लेअफ’ नजिक पुगेको छ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार साँझ लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीको ६ अंक भएको छ। अब प्लेअफको स्थान पक्का गर्न जनकपुर बोल्टससँगको खेल जित्नुपर्नेछ। लुम्बिनी र जनकपुरको खेल शुक्रबार हुनेछ। यो हारसँगै विराटनगरको ‘प्लेअफ’को पुग्ने बाटो लम्बिएको छ। अहिलेसम्म ६ खेलमा चार जित र दुई हारसहित आठ अंक जोडेको विराटनगरलाई प्लेअफमा स्थान पक्का गर्न सुदूरपश्चिम रोयल्ससँगको खेल जिन्तुपर्नेछ। विराटनगर र सुदूरपश्चिमको अन्तिम खेल शनिबार हुनेछ। ...
व्यवस्थापन समिति गठन नगरेका पालिकाका विद्यालयको संघीय अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतवानी

व्यवस्थापन समिति गठन नगरेका पालिकाका विद्यालयको संघीय अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतवानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँशिक्षामन्त्री महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरेमा पालिकालाई दिने संघीय अनुदान रोक्का हुने चेतावनी दिएका छन् । मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय संचालन भइरहेको पाइएको बताउदै अहिले त्यस्ता विद्यालयको नाम संकलन गरिरहेको बताएका हुन् । उनले पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको भन्दै अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिने चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन। त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिका हरूको नाम संकलन...