Breaking news 1

रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीब्र बनाएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल क्षेत्र नं २, केन्द्रीय नेताहरु दधिराम न्यौपाने क्षेत्र नं १, खिमलाल भट्टराई क्षेत्र नं ५, प्रभावशाली नेताहरु बासुदेव घिमिरे क्षेत्र नं ३ र प्रमोद यादव क्षेत्र नं ४ बाट चुनावी मैदानमा पार्टी र आफ्ना योजनासहित पुगेका छन् ।हरेक क्षेत्रमा अधिकांश वडा तहका निर्वाचन कार्यालय संचालन, विभिन्न भातृसंगठनको भेला, विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुको भेला सकेर उनीहरु आन्तरिक तयारीमा लागेका हुन् । सबै क्षेत्रहरुमा निर्वाचन परिचालन कमिटी बनाएर काममा खटाइएको र दैनिक ती कमिटीको योजनामै अब निर्वाचनको पूर्ण तयारीमा लागेको अध्यक्ष यज्ञ गैरे बताउँछन् ।सबैभन्दा धेरै पार्टी सदस्यहरु र नेताहरु रहेको रुपन्देही २ मा पूर्वअर्थमन्त्री रहेका उपाध्यक्ष विष्णुप्रसाद पौड...
मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई

मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंहिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने छेप्काका बासिन्दालाई मतदान गर्न दिनभर लाग्ने गरेको छ । बस्तीबाट मतदान केन्द्र टाढा पर्ने भएकाले छेप्काबासीलाई मतदान गरेर फर्किनै दिनभर लाग्ने गरेको हो । यहाँका मतदातालाई तापरिजा माध्यामिक विद्यालय साइजलमा रहेको केन्द्र तोकिएको छ । विगतदेखि नै आफ्नो मताधिकार प्रयोग गर्न दिनभर पैदल हिँडेर मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेकाे छेप्काका स्थानीय मतदाता नोर्वु लामाले बताए। यो गाउँमा ३० जना हाराहारीमा मतदाता छन् । 'हरेक निर्वाचनमा मतदान गर्न बिहानै हिँडेपछि रातिमात्र घर पुग्न सकिन्छ। बृदबृद्धाले त या अघिल्लो दिनै गएर उतै बस्नु पर्छ नभए मतदान सकेर घर पुग्न सकिँदैन,' लामाले भने । केही बृद्धबृद्धा दिनभर हिँड्न नसक्ने भएकाले मतदान गर्न नजाने गरेको उनले बताए ।छेप्का रेँचीलगायतका गाउँका मतदातालाई समेटेर नजिकमा अर्काे ...
आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँआइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । मार्च ८ सम्म भारत र श्रीलंकामा हुने यस विश्वकपमा २० देशले भाग लिदैछन् ।टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् ।त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुदैछन् । आज पहिलो खेल बिहान सवा ११ बजे समुह ए का पाकिस्तान र नेदरल्याण्डसबीच कोलम्बोमा हुदै छ भने दोस्रो खेल समुह सी का स्कटल्याण्ड र वेस्ट इण्डिजबीच कोलकोतास्थित इडेन गार्डेनमा दिउसो...
साठी जिल्लाको मतपत्र छपाइ,२५ जिल्लाको प्याकिङ समेत सम्पन्न

साठी जिल्लाको मतपत्र छपाइ,२५ जिल्लाको प्याकिङ समेत सम्पन्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ ।यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ । साठी जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको छ तर, प्याकिङको काम भने बाँकी छ ।आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । प्याकिङको काम पनि क्रमशः भइरहेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर...
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। ...
जन्ती बोकेको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

जन्ती बोकेको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंबैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा थप पाँच जनाले बाटोमै ज्यान गुमाएका हुन्।दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। बिहीबार राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १५० मिटर तल खसेको जनाइएको छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
भ्रमित सूचनालाई बन्देज गर्न आयोग र टिकटकबिच सहकार्य

भ्रमित सूचनालाई बन्देज गर्न आयोग र टिकटकबिच सहकार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंभ्रमित सूचनालाई बन्देज गर्न टिकटकसँग निर्वाचन आयोगले सहकार्य गरेको छ । निर्वाचनमा मिथ्या सूचना रोक्न निर्वाचन आयोग र टिकटकबिच सहकार्य गर्ने समझदारी भएको हो ।आयोगपरिसरमा बुधबार आयोजित कार्यक्रममा निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले आयोगसँग समझदारीपत्र आदान–प्रदान गरेको हो ।सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशालासमेत सञ्चालन गरेको थियो । कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय र सरोकारवालाहरूबिच निर्वाचनको गरिमासम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लाटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो । यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवह...
९८ लाख सर्वसाधारण आबद्ध स्वास्थ्य बिमा बन्द हुने अवस्थामा

९८ लाख सर्वसाधारण आबद्ध स्वास्थ्य बिमा बन्द हुने अवस्थामा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँआश्वासन र प्रतिबद्धताको पोको बोकेर उम्मेदवारहरू घरदैलोमा पुगिरहेका बेला स्वास्थ्य बिमा कार्यक्रम भने बन्द हुने अवस्थामा छ । उपचारको १४ अर्ब रुपैयाँ भुक्तान हुन नसकेपछि कार्यक्रम नै संकटमा परेको हो । मुलुककै एक तिहाइ जनसंख्या आबद्ध भएको यो कार्यक्रम टिकाउने र विस्तार गर्ने विषयमा दलहरूले कुनै अवधारणा ल्याएका छैनन् । स्वास्थ्यमन्त्री डा. सुधा शर्माकै भनाइमा पनि बिमा कार्यक्रम बन्द हुने अवस्थामा छ । बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग भनिन्, ‘तत्काल १४ अर्ब बजेट नभए स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन्छ, अर्थ मन्त्रालयले रकम दिन नसक्ने भए कार्यक्रम बन्द गर्न अनुमति दिनुपर्‍यो ।’ उता अर्थ मन्त्रालयले पनि रकम निकासा गर्न नसकिने स्पष्ट सन्देश दिएको छ । ‘यही वर्ष पनि १० अर्ब दिइसकेका छौं, थप बजेट दिन सकिँदैन, बिमा कार्यक्रम सञ्चालनमा सुध...
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या बढी

समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या बढी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् । आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ ।आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो ।आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो । त्यसमा कर्जा सूचना केन्द...
दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्ने कार्यविधि जारी गरेको छ ।आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ सोमबार लागू गरेको हो । कार्यविधिअनुसार उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचार-प्रसारका लागि आ-आफ्नै बेग्लै बैंक खाता खोल्नुपर्नेछ ।प्रचार खर्चसम्बन्धी सबै आर्थिक कारोबार नेपाली मुद्रामा गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै उम्मेदवारले प्राप्त गर्ने स्वैच्छिक आर्थिक सहयोग २५ हजार रुपैयाँभन्दा बढी भए अनिवार्य रूपमा बैंक खातामार्फत नै लिनुपर्ने उल्लेख छ ।कार्यविधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचलित कानुनबमोजिम निर्वाचन प्रचार–प्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको ...